आईतवार ७ बैशाख २०८२
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश खिलराज रेग्मीले इजलासमा बस्ने नैतिक अधिकार गुमाएको दाबी गरेको छ । पूर्व पदाधिकारीहरुसहित मंगलबार बसेको बारको आकस्मिक बैठकले प्रधानमन्त्री बन्न चार दलले गरेको प्रस्ताव स्वीकार गरेसँगै रेग्मीले इजलासमा बसेर न्याय सम्पादन गर्न नसक्ने दाबी गरेको हो ।
२०६९ फाल्गुन १६ गते, बुधबारप्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन जुटेका शिर्ष तीन दलका नेताहरुको तयारी असफल भएको छ । रेग्मीले दलहरुबाटै आफ्नो नेतृत्वमा गठन हुन लागेको चुनावी सरकारको बिरोध हुन थालेको, सर्वोच्चमा रिट परेको, बारका पदाधिकारीले बिरोध गरेकोलगायत कारण देखाउादै चुनावी सरकारको नेतृत्वमा अनिच्छा प्रकट गरिरहेका छन् ।
२०६९ फाल्गुन १३ गते, आईतवारनेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताएका छन । सम्वाद डबलीले गरेको साक्षात्कारमा अध्यक्ष ‘किरण’ले न्यायापालिकाको प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने र निर्दलिय व्यवस्था शुरु हुने दावी गरे। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार […]
२०६९ फाल्गुन ९ गते, बुधबार‘कथित चार दलले तयार पारेको ९ बुँदे सहमतिले संकट हल गर्दैन, झन् चर्काउँछ’-शीतलनिवास अगाडि विरोधसभासहित राष्ट्रपतिलाई विरोध पत्र बुझाएपछि माओवादी महासचिव रामबहादुर थापा बादलले भने-’यस्तो चुनावमा हामी भाग लिन्नौं ।बाहृय शक्तिहरुले गराएको सहमति मान्य हुन्न ।’ राष्ट्रपतिले संविधान संरक्षकको भूनिका खेल्न नसकेको र चार दलको षड्यन्त्रमा परेको ६ दलको आरोप छ
२०६९ फाल्गुन ९ गते, बुधबारनेकपा माओवादीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने सहमति गरेको विरोधमा आज दिउसो ठीक २ बजे लैनचउरमा भेला भएर राष्ट्रपतिलाई विरोध पत्र बुझाउने तय भएको जनाएको छ ।दिउसो -र्याली सहित गएर विरोध पत्र बुझाउने र बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने माओवादीले बताएको छ ।
२०६९ फाल्गुन ९ गते, बुधबारहाम्रो पार्टीद्वारा आज फागुन ८ गते आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई शान्तिपूर्ण र शान्दार ढंगले पूर्णरुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यातायात व्यवसायी,उद्योगी/व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, सुकुम्बासी, पत्रकार, मानवअधिकारवादीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।- रामबहादुर थापा ‘बादल’, महासचिव ,नेकपा-माओवादी
२०६९ फाल्गुन ८ गते, मंगलवार