अर्थ

नक्कली भारु लिन जाँदा युनुस अन्सारीसहित ६ जना पक्राउ

काठमाडौं, १० जेठ । नेपाल प्रहरीले करोडौंको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुसमियाँ अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जानेक्रममा उनीहरुलाई शुक्रबार बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

तातोपानी नाका खुल्दै

काठमाडौं, १० जेठ । विनाशकारी भूकम्पले क्षति पुर्‍याएको तातोपानी नाका आगामी सातादेखि खुल्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले तातोपानी नाका अर्को हप्ता खुल्ने बताएकी हुन् । धेरै खतरा र चुनौतीका बाबजुद् निर्माणकार्य सम्पन्न भएकाले अर्को हप्ता तातोपानी नाका खुल्ने उनको भनाइ छ । सुरुमा तातोपानी नाकाबाट मालवाहक सवारी–साधन आवत–जावत गर्ने दूतावासले […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

६ हजार ट्याक्सीको मिटर भाडा समायोजन

काठमाडौं, ८ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका […]

२०७६ जेष्ठ ८ गते, बुधबार

डलरको भाउ घट्यो

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ […]

२०७६ जेष्ठ ७ गते, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संरचनामा नयाँ भाडादर निर्धारण गर्न निर्देशन

काठमाडौं, ५ जेठ । सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र संचालित संरचनामा नयाँ भाडादर निर्धारण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। करार सम्झौता सकिएका सबै संरचनाहरु दुई महिनाभित्र हटाई नयाँ बोलकबोल्मार्फत भाडामा लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। करार समय सकिइसकेका पसललगायत भाडामा लगाइएका सबै संरचनाको दुई महिनाभित्र बोलकबोल गराई नयाँ […]

२०७६ जेष्ठ ५ गते, आईतवार

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

काठमाडौं, ४ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १ – १ रुपैयाँ मूल्य घटाइएकाे छ । काठमाण्डौको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

सुन प्रति तोला ६० हजार २ सय

काठमाडौं, ३ जेठ । बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ । बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको […]

२०७६ जेष्ठ ३ गते, शुक्रबार

२०० केजी गाँजासहित दुईजना पक्राउ

काठमाडौं, २ जेठ । सर्लाहीमा प्रहरीले २०० केजी गाँजासहित बुधबार राति दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सनोजराज घिमिरे र वीरगन्ज महानगरपालिका–१८, भीस्वा घर भइ लालबन्दी बस्ने २२ वर्षीय सिधु सिंह छन् । उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए । इलाका प्रहरी […]

२०७६ जेष्ठ २ गते, बिहीबार

भृकुटीमण्डपका भवन कब्जा गर्नेद्वारा भाडा तिर्न अटेर

काठमाडौं, २ जेठ । समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डप क्षेत्रभित्र कार्यालय सञ्चालन गर्ने विभिन्न संघ–संस्थाले पटक–पटक ताकेता गर्दा पनि बक्यौता चुक्ता गर्न नमानेपछि कानूनी निरुपण खोज्ने तयारी गरेको छ । ४१ भन्दा बढी व्यापारी तथा संघ–संस्थाले परिषद्लाई करिब ५ करोड रुपैयाँ तिर्न बाँकी छ । अधिकांशले क्षमता हुँदा–हुँदै पनि राजनीतिक संरक्षणमा अटेरी गरेर बक्यौता नतिरेको […]

२०७६ जेष्ठ २ गते, बिहीबार

विद्यालयको जग्गा व्यक्तिको कब्जामा

काठमाडौँ, १ जेठ । वेलहिया माध्यामिक विद्यालयको सरकारी जग्गा हडपिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वेलहियामा २०५३ सालमा स्थापित उक्त विद्यालयको १२ कठ्ठा ४ धुर जग्गा भूमाफियाले हडपेका हुन् । विद्यालयको जग्गा सिद्धार्थ नगरपालिका वडा नं. ३ वस्ने ज्ञानीश्वरी श्रेष्ठको नाममा रजिष्टे«शन पास गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्रीले जानकारी दिए […]

२०७६ जेष्ठ १ गते, बुधबार