सुन प्रतितोला ७८ हजार ३०० रुपैयाँ
काठमाडौं, २० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ७८ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ फाल्गुन २० गते, मंगलवार