अर्थ

रोजगारिका लागि पुन: कोरियामा जान चाहनेका लागि आवेदन खुल्यो

काठमाडौं, १७ फागुन । दक्षिण कोरियामा रोजगारिका लागी भाषा परिक्षा आवेदन खुला गरिएको छ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष बैधानिक रुपमा काम गरेर फर्किएर फेरि कोरिया जान चाहने युवाका लागि आजदेखि आवेदन खुल्ने भएको हाे । बैदेशिक रोजगार विभाग अन्र्तगतको रोजगार अनुमती प्रणाली इपीएस शाखा मार्फत आज, भोली र पर्सी गरी तिन दिनमा आवेदन […]

२०७५ फाल्गुन १७ गते, शुक्रबार

सुन प्रति तोला ६२ हजार ४ सय

काठमाडौँ, १६ फागुन । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज छापावाल सुन प्रति तोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । छापावाल सुन सोमबार प्रति तोला ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो भने मंगलबार प्रति तोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार प्रति तोला ६२ हजार […]

२०७५ फाल्गुन १६ गते, बिहीबार

कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब

काठमाडौं, १६ फागुन । प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको छ। आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश सरकारले रकम उपलब्ध गराएको हो । प्रदेश ३को राजधानीबाहेकका स्थानमा कर्मचारीले कम्तीमा पाँच दिन भ्रमण गर्नैपर्ने नियम सरकारले बनाएको छ। भ्रमण गरेको तस्विर र प्रतिवेदन सम्बन्धित कर्मचारीले पेश गर्नुपर्ने प्रावधान […]

२०७५ फाल्गुन १६ गते, बिहीबार

चालीस हजार अण्डा नष्ट

काठमाडौँ, १४ फागुन । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको […]

२०७५ फाल्गुन १४ गते, मंगलवार

सम्झौता विपरीत बालुवा उत्खनन्

काठमाडौं, ११ फागुन । दुवाकोट कन्स्ट्रक्सन एवं शालीनदी निर्माण सेवा प्रा।लि। ले तेमाल गाउँपालिकास्थित सुनकोसी र चिउरी नदीको बगरमा सम्झौता विपरीत बालुवा उत्खनन् गरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । मापदण्ड विपरीत नदीजन्य बस्तु उत्खनन् गर्दा सामुदायिक धरोहर लगायत ६२ घर धुरी जोखिममा रहेको भन्दै निर्माण कम्पनीविरुद्ध स्थानीयवासी विरोधमा उत्रिएका हुन् । उता, दुवाकोट कन्स्ट्रक्सनका […]

२०७५ फाल्गुन ११ गते, शनिबार

मापदण्डविपरित खोटो संकलन , वन सखाप

काठमाडौं, १० फागुन । डडेल्धुराको सल्लेरी वनमा विगत १२ वर्षदेखि एकलौटी रुपमा खोटो संकलन गरिरहेको दिब्या रोजिनले खोटो संकलनसम्बन्धी निर्देशिका र मापदण्डविपरित वनबाट खोटो संकलन गर्दै आएपछि सल्लेरी वन सखाप हुँदै गएको छ । कम्तिमा ३६ ईन्च गोलाई रहेको सल्लाको रुखबाट मात्र खोटो संकलन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कम गोलाई भएका साना रुखबाटसमेत अदक्ष […]

२०७५ फाल्गुन १० गते, शुक्रबार

कालीमाटी तरकारी बजारका अबैद्य स्टल कायमै

काठमाडौं, ९ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कालीमाटी तरकारी बजारमा अवैद्यरुपमा सञ्चालनमा रहेका ५७ स्टल खारेजीको घोषणा गरे पनि अहिले सम्म कार्यान्वनयमा आउन सकेको छैन । विचौलीयाको विगविगिले आक्रान्त पारेको कालीमाटी तरकारी बजारमा एउटै स्टल पाँच जनालाईसम्म भाडामा लगाइएको छ । कालीमाटी तरकारी बजारमा गत जेठ महिनामा कृषि तथा पशुपन्छी विकाश […]

२०७५ फाल्गुन ९ गते, बिहीबार

सुन प्रति तोला ६३ हजार ३ सय

काठमाडौँ, ८ फागुन । नेपाल सुनचांदी ब्यबसायी महासंघले आज छापावाल सुनको मूल्य प्रति तोला ६३ हजार ३ सय पुगेको जनाएको छ । आइतबार तोलामा ४ सयले बढेको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाले बढेर १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको थियो । बुधबार […]

२०७५ फाल्गुन ८ गते, बुधबार

किसान महासङ्घद्वारा माफियालाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का संयोजक राजु कार्कीले उखु किसानहरूका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । संयोजक कार्कीले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरि किसानका माग पूरा गर्न आह्वान गरेका छन साथै उनले किसानको माग पुरा नगर्ने माफियाहरुलाई कारबाहीको चेतावनी समेत दिएका छन् । संयोजक कार्कीले भनेका छन्, […]

२०७५ फाल्गुन ७ गते, मंगलवार

सुन तोलाको ६२ हजार ७ सय

काठमाडौँ, ६ फागुन । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन १ तोलाको ६२ हजार ७ सय रुपैयामा कारोबार भैरहेको छ । यो मूल्य अहिले सम्मकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात मूल्य घटेर ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको […]

२०७५ फाल्गुन ६ गते, सोमबार