अर्थ

मोटरसाइकल तथा स्कुटरबाट प्रदूषण कर असुल्ने तयारी

काठमाडौं, ४ जेठ । यातायात व्यवस्था विभागले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने प्रस्ताव गरेको छ । उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदूषण कर संकलन गर्ने प्रस्ताव भौतिक पूर्वाधार […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं , ३ जेठ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले बुधबार साँझ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । निगमले प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको […]

२०७५ जेष्ठ ३ गते, बिहीबार

सम्पर्कहीन विमान बाजुराको बगरमा भेटियो

काठमाडौं, २ जेठ। सुर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कहीन भएको मकालु एयरको विमान बाजुरामा भेटिएको छ । विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । महाप्रबन्धक क्षेत्रीले विमानमा रहेका चालक दलका […]

२०७५ जेष्ठ २ गते, बुधबार

बहुमुल्य पत्थरको चोरी निकासी तिब्र

काठमाडौं, १ जेठ । जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर […]

२०७५ जेष्ठ १ गते, मंगलवार

प्रतिबन्धित भारतीय नोट सटही कार्यान्वयन हुनेमा अाशंका

काठमाडौं, ३१ बैशाख । नेपालमा रहेका प्रतिबन्धित ५ सय र १ हजार भारतीय रूपैयाका नोट सटहीका लागि भारतीय पक्षले फेरि पनि समय लाग्ने भन्दै केही महिनापछि समस्या समाधान हुने अास्वासन दिएका छन् । प्रतिबन्धित नाेट साट्न कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले केही समय मागेको सरकारी अधिकारीहरूले बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको […]

२०७५ बैशाख ३१ गते, सोमबार

सुन तोलाको ५९ हजार तीन सय

काठमाडौं, ३० वैशाख । सुन तोलाको ५९ हजार तीन सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन तोलामा १ सयले नै बृद्धि भएर ५९ हजार २ सयमा कारोबार […]

२०७५ बैशाख ३० गते, आईतवार

भाटभटेनी सुपर मार्केटमा बम विस्फोट

काठमाडौँ, ३० बैशाख । चितवनको भरतपुरस्थित रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ । आj विहान ३ः४५ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । विवादित व्यवसायी मिनबहादुर गुरुङको सुपर मार्केटले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै […]

२०७५ बैशाख ३० गते, आईतवार

भारतीय अवरोध : पानीट्यांकी नाकामा रोकियो एघार ट्रक नेपाली चिया

काठमाडौं, २७ वैशाख । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए […]

२०७५ बैशाख २७ गते, बिहीबार

फुटपाथमा व्यापार गर्न निषेध !

काठमाडौं, २३ बैशाख । काठमाडाैं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने भएको छ । यसअघि फुटपाथमा साँझ ५ बजेपछि व्यापार गर्न पाइन्थ्याे । तर अब महानगरले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएकाे छ । ‘शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको तथा पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था अाएको’ भन्दै महानगरपालिकाले साँझको समयमा चल्दै अाएकाे […]

२०७५ बैशाख २३ गते, आईतवार

कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट

काठमाडौं, २२ बैशाख । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ । बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा गएराति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् । अागजनिबाट कम्पनीको कार्यालयका मेसिन, जेनेरेटर र डाेजरहरुमा क्षति भएको बताइएको छ ।

२०७५ बैशाख २२ गते, शनिबार