अर्थ

फुटपाथमा व्यापार गर्न निषेध !

काठमाडौं, २३ बैशाख । काठमाडाैं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिने भएको छ । यसअघि फुटपाथमा साँझ ५ बजेपछि व्यापार गर्न पाइन्थ्याे । तर अब महानगरले फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको जनाएकाे छ । ‘शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको तथा पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था अाएको’ भन्दै महानगरपालिकाले साँझको समयमा चल्दै अाएकाे […]

२०७५ बैशाख २३ गते, आईतवार

कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट

काठमाडौं, २२ बैशाख । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ । बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा गएराति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् । अागजनिबाट कम्पनीको कार्यालयका मेसिन, जेनेरेटर र डाेजरहरुमा क्षति भएको बताइएको छ ।

२०७५ बैशाख २२ गते, शनिबार

पेट्रोल र डिजेलको मूल्य वृद्धि

काठमाडौं, २० बैशाख । पछिल्लो ४५ दिनमा पेट्रोल र डिजेलको मूल्य तीन पटक बढेको छ । बुधबार बसेको आयल निगम संचालक समितको बैठकले पुन मूल्य बढाए पछि उपभोक्ता मारमा परेका छन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुने गरी पेट्रोलमा दुई, डिजेल र मट्टितेलमा तीन रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले थाहाखबरलाई बताए […]

२०७५ बैशाख २० गते, बिहीबार

सुन तस्करविरुद्ध मुद्दा दायर

काठमाडौं, १९ वैशाख । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका २८ जनासहित ६२ जना विरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ । प्रहरीले छानबिन सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले यो प्रकरणमा संलग्न भनिएका ६२ जना विरुद्ध आज मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको हो । तस्करीको ३३ […]

२०७५ बैशाख १९ गते, बुधबार

नागढुंगा-धुलिखेल मेट्रो रेलको सम्भाब्यता अध्ययन हुँदै

काठमाडौं, १६ बैशाख । सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाब्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । बैठकले सम्भाब्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत […]

२०७५ बैशाख १६ गते, आईतवार

रनवे विस्तार कार्य रोकियो

काठमाडौं, १२ बैशाख । चिनियाँ कम्पनीले त्रिभुवन बिमानस्थलको रनवे विस्तारको काम काम रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पटकपटक काम सुरु गर्न पत्राचार गरेपनि चाइना सान्छी कन्स्ट्रक्सन् इन्जिनिरिङ ग्रुप अफ कम्पनीले सुनुवाइ नगरेपछि यो काम रोकिएको छ। निर्माणको काम गत नोभेम्बरमै सुरु हुनुपर्ने भएपनि पाँच महिना बित्दासमेत निर्माण सुरु गरेको छैन । बारम्बार आग्रह […]

२०७५ बैशाख १२ गते, बुधबार

भूकम्पपछिको पुनःनिर्माणमा सुस्तता

काठमाडौं, ११ वैशाख । भूकम्पपछिको पुनःनिर्माणका लागि कुल रकम रु सात खर्ब ६ अर्ब आवश्यक पर्ने भनिएपनि हालसम्म करिब रु एक खर्ब २० अर्बमात्र खर्च भएको छ । पटक–पटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो । ‘भूकम्पपछिको विपद् व्यवस्थापन […]

२०७५ बैशाख ११ गते, मंगलवार

चेरी फेशनवेयरको ठगीधन्दा !

काठमाडौं, ९ वैशाख । ललितपुर कुमारी पाटीस्थित चेरी लेडिज फेशन वेयर (chhery ladies fashion wear) ले सरकार र ग्राहकलाई ठगी गर्दै आइरहेको पीडित उपभोक्ताले बताएका छन् । कुमारी पाटीस्थित चेरी लेडिज फेसन वेयर (chhery ladies fashion wear) ले आफ्नो पसलबाट बिक्री गरेका कुनै पनि लुगा, ब्यागलगायतका सामानको बिक्री बिल दिने गरेको छैन । उक्त पसलमा […]

२०७५ बैशाख ९ गते, आईतवार

नक्कली सुन देखाएर लाखौ ठगी

काठमाडौं, ६ वैशाख । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली सुन बेच्ने दुईजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । नक्कली सुन देखाइ २८ लाख ६० हजार रुपैयाँ ठगी गर्ने दुईजनालाई प्रहरीले काठमाडौंको नागार्जुनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका अजय तामाङ र सोही ठाउँ बस्ने विष्णु मोक्तान रहेका छन् […]

२०७५ बैशाख ६ गते, बिहीबार

मिटर नचलाउने ट्याक्सीमाथि कारबाही

काठमाडौं, ६ वैशाख। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । ‘पहिले दैनिक १५÷२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले […]

२०७५ बैशाख ६ गते, बिहीबार