अर्थ

ढोरपाटनमा सिकारयाम सुरु

काठमाडौं, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर […]

२०७३ आश्विन २९ गते, शनिबार

भीओआईपी मुद्दा: अर्बौं अपचलन, कानुनी आधार अस्पष्ट

काठमाडौ, २९ असोज । अघिल्लो आर्थिक वर्षमा कल बाइपाससँग जोडिएका १० मुद्दा अदालतमा विचाराधीन थिए । ती मुद्दामा ७४ जना आरोपित थिए । उनीहरूमाथिको कुल बिगो ६ अर्ब ४० करोड रुपैयाँ थियो । तर, सानो लगानीमा हुने ठूलो आर्थिक अनियमितताको मुद्दामा अनुसन्धान भने प्रभावकारी हुन सकेको छैन । करिब आधाजसो विदेशी आरोपितहरू फरार भएका छन् […]

२०७३ आश्विन २९ गते, शनिबार

सुन प्रतितोला छपन्न हजार

काठमाडौं, २८ असोज । नेपाल सुनचाँदी व्यवसायी सङ्घले दसैंको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको जनाएको छ । दसैंको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ । सङ्घका अनुसार घटस्थापनापछि पटक पटक […]

२०७३ आश्विन २८ गते, शुक्रबार

नक्कली नोट छाप्ने प्रहरीको फन्दामा

काठमाडौ, २८ असोज । प्रहरीले रुकुम गोतामकोट ९ का ३४ वर्षिय जुनवहादुर वोहोरालाई नक्कली नोट छाप्ने काममा संलग्न भएको भन्दै पक्राउ गरेको छ । सदरमुकाम मुसिकोट खलंगाको पातुखोलामा होटल संचालन गर्दै आएका वोहोरालाई प्रहरीले पक्राउ गरेको हो । बोहोराका छोराले १ हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शंकाको आधारमा […]

२०७३ आश्विन २८ गते, शुक्रबार

भोकमरीको अवस्था सुध्रिंदै

काठमाडौ, २७ असोज । ग्लोबल हंगर इन्डेक्स प्रतिवेदन २०१६ ले नेपालमा भोकमरीको अवस्थामा सुधार हुँदै गएको देखाएको छ । इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले प्रत्येक वर्ष यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । यो प्रतिवेदनमा नेपालको अवस्था दक्षिण एसियाली देशहरु मध्येमा राम्रो भएको छ । कुल एक सय १८ देश रहेको सूचकांकमा नेपाल ७२औं स्थानमा […]

२०७३ आश्विन २७ गते, बिहीबार

अलैंचीको मूल्य ह्वात्तै घट्यो

काठमाडौ, २६ असोज । अलैंचीको मूल्यमा ठूलो गिरावट आएको छ । रोग–किराको प्रकोपले समस्यामा परेका कृषक मूल्य घटेपछि थप समस्यामा परेका छन् । अलैंची बिक्री गरेरै दसैं–तिहारका लागि खर्चको जोहो गर्नुपर्ने समयमा मूल्यमा आएको उतार–चढावका कारण अलैंची उत्पादक कृषक समस्यामा परेका हुन् । एकातिर रोग–किराको कारण अलैंची बगानै नस्ट हंँदा कृषक समस्यामा परेका छन् भने […]

२०७३ आश्विन २६ गते, बुधबार

तरकारी बजार भारतीयको भरमा

काठमाडौं , असोज २४ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगेपनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय रहेको छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ । यहाँ तरकारी पाल्पा, […]

२०७३ आश्विन २४ गते, सोमबार

सेनाको निःशुल्क बस सेवा सुरु

काठमाडौं, २४ असोज । नेपाली सेनाले आजदेखि राजधानीमा सर्वसाधारणका लागि निःशुल्क बससेवा सन्चालन गर्दैछ । चाडपर्वको अवसरमा सार्वजनिक यातायात सन्चालन कम हुँदा सर्वसाधारण मर्कामा परेपछि सेनाले बडादसैंको महानवमी, दशमी र एकादशीका दिन विभिन्न ८ ओटा रुटमा बस सन्चालन गर्न लागेको हो । सेनाले आफ्नै सकल दर्जा (सैनिक र सैनिक परिवार)का लागि पनि लामो दुरीको सवारी–साधन […]

२०७३ आश्विन २४ गते, सोमबार

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

काठमाडौं, २३ असोज । दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन् । दसँैमा घर पोत्न प्रयोग हुने कमेरो (घरको भित्र पोत्न प्रयोग हुने सेतो माटो) माटो रु एक लाखसम्मको बिक्री हुने गरे पनि यस वर्ष भने रु एक हजारको कमेरो पनि बिक्री नभएको यहाँका […]

२०७३ आश्विन २३ गते, आईतवार

वैकल्पिक ऊर्जाप्रति आर्कषण बढ्दै

काठमाडौं, २३ असोज । कञ्चनपुर जिल्लामा सौर्यऊर्जा, गोबर ग्यास र सुधारिएको चुलोप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । बेला बेलामा विद्युत् भार कटौती हुने र खाना पकाउने ग्यास अभावबाट छुटकारा पाउन वैकल्पिक ऊर्जाप्रति सर्वसाधारणको आर्कषण बढ्दै गएको हो । सरकारी अनुदान र गैरसरकारी क्षेत्रबाट सहयोग पाएपछि कञ्चनपुरमा सुधारिएको चुलो र गोबर ग्यास तथा सौर्यऊर्जा जडान […]

२०७३ आश्विन २३ गते, आईतवार