अर्थ

खाद्य संस्थानले खसी–बोका बिक्री गर्ने

काठमाडौं, १५ असोज । नेपाल खाद्य संस्थानले आगामी सोमबारदेखि खसी–बोका बिक्री गर्ने भएको छ । संस्थानले यस वर्षको दसैंमा तीन हजार खसी–बोका बिक्री गर्ने जनाएको छ । दसैंका लागि मुस्ताङ, लाहान, हेटौंडा र दाङबाट खसी–बोका ल्याउने संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए । उनले शनिबार खसी–बोका काठमाडौं ल्याइए आइतबार र नभए आइतबार रातिसम्म आइपुगे सोमबारदेखि बिक्री […]

२०७३ आश्विन १५ गते, शनिबार

औषधि विभागका कर्मचारी लागूऔषध कारोबारमा संलग्न

काठमाडौँ, १४ असोज । लागूऔषध कारोबारमा औषधि व्यवस्था विभागका कर्मचारीको संलग्नता रहेको तथ्य फेला परेपछि यस विषयमा नयाँ बहस सुरु भएको छ । लागूऔषध नियन्त्रण ब्युरोले बुधबार बिजुलीबजारस्थित विभागको कार्यालयभित्र स्टिलको दराजबाट २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने तराजु बरामद गरेको थियो । यसअघि लागूऔषधको कच्चा पदार्थ स्युडो आयातमा विभागका कर्मचारीकै संलग्नता रहेको पाइएको […]

२०७३ आश्विन १४ गते, शुक्रबार

३२ वर्षदेखि अनुमतिबिना कोकाकोला कम्पनी सञ्चालनमा

काठमाडौँ, १३ असोज । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका […]

२०७३ आश्विन १३ गते, बिहीबार

विदेशी पाइलटलार्इ १६ लाख तलब, नेपालीलार्इ २ लाख !

काठमाडौं, १३ असोज । राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किललेसवा २ लाख रुपैयाँसम्म पारिश्रमिक हात पार्छन् । निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् । सधैं तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ– निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख […]

२०७३ आश्विन १३ गते, बिहीबार

‘ठग्न पाउँ भन्दै आन्दोलन !’

काठमाडौं, १२ असोज । वैशाखमा बा१ज १९०८ नम्बरको टयाक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएमएस पठाए । त्यसको केही दिनपछि सोही टयाक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुन: एक यात्रुले एसएमएस पठाए । एउटै टयाक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्‍यो । बा२ज १८२६ नम्बरको टयाक्सी चालकले […]

२०७३ आश्विन १२ गते, बुधबार

२५ प्रतिशत रेमिट्यान्स ऋण तिर्न प्रयोग

काठमाडौ, ११ असोज । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.३ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका ३ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३ प्रतिशत रकम ऋण तिर्न लागि प्रयोग हुने गरेको देखाएको छ । “रोजगारीमा […]

२०७३ आश्विन ११ गते, मंगलवार

‘कानुनी अस्पष्ता’ को फाइदा उठाउँदै पूर्वकर्मचारी

काठमाडौं, ११ असोज । विभिन्न आयोजनामा परामर्शदाताका रुपमा कार्यरत सरकारका पूर्वकर्मचारीले ‘कानुनी अस्पष्ता’ को फाइदा उठाउँदै राज्यकोषबाट दोहोरो सुविधा लिइरहेको खुलेको छ । कानुनी व्यवस्था स्पष्ट नभएको मौकामा मुलुकभर कार्यरत हजारभन्दा बढी यस्ता परामर्शदाताले पेन्सन र तलब दुवै लिँदा बर्सेनि राज्यको करिब ४० करोड रुपैयाँ खेर गइरहेको छ । मासिक पेन्सन ३० हजार र दसैंभत्तासमेत […]

२०७३ आश्विन ११ गते, मंगलवार

फर्जी बिल बनाएर रु ४० लाख ठगी !

काठमाडौंँ , १० असोज । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ […]

२०७३ आश्विन १० गते, सोमबार

नेवानिले ठुला जहाज किन्ने

काठमाडौ, १० असोज । नेपाल वायुसेवा निगमले ठुला जहाज (वाइड बडी) खरिदका लागि अन्तर्राष्ट्रिय टेन्डर जारी गर्ने भएको छ । नेपाल वायुसेवा निगम सञ्चालक बोर्डले निगमलाई वाइड वडी खरिदका लागि टेन्डर जारी गर्न अनुमति दिएसँगै प्रक्रिया सुरु गरेको छ । आज टेण्डर आह्वान हुने बताइएको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बोर्डको बैठकले निगमलाई वाइडवडी […]

२०७३ आश्विन १० गते, सोमबार

गोरखापत्रमा न्युनतम पारिश्रमिक लागु हुने

काठमाडौं, ७ असोज । सरकार नियन्त्रित एकमात्र दैनिक पत्रिका गोरखापत्रमा कार्यरत सबै श्रमजिवीहरुलाई साउन १ गतेदेखिकै न्युनतम पारिश्रमिक उपलब्ध गराइने संस्थानका सहायक महाप्रबन्धक गोपालप्रसाद भट्टराईले प्रतिवद्धता जनाएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्युरो समन्वय समितिको ज्ञापनपत्र बुभ्mदै गोरखापत्र संस्थानका सहायक महाप्रबन्धक भट्टराईले महाप्रबन्धक शुशिल कोइराला पनि यसमा सकारात्मक रहेको आफूले बताएको जनाए […]

२०७३ आश्विन ७ गते, शुक्रबार