अर्थ

बिश्वकै महंगो हिरा

काठमाडौं,२३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५६ दशमलव ६ कैरेटको छ । सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी […]

२०७३ चैत्र २३ गते, बुधबार

इँटाको मूल्य घट्यो

काठमाडौं,२२ चैत । धनगढीमा इँटाको माग घटेर खपत हुन नसकेपछि मूल्यमा कमी आएको छ । यससँगै इँटा व्यवसायी मारमा परेका छन् । दुई वर्षअघि प्रतिहजारको रु १३ हजार मूल्य पर्ने इँटा अहिले मूल्य घटेर रु नौ हजारमा बिक्री गर्नुपरेको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाह बताए । “भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको […]

२०७३ चैत्र २२ गते, मंगलवार

‘यूरो-४’ पेट्रोल विक्री सुरु

काठमाडौं, २२ चैत । नेपाल आयल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल बेच्न थालेको छ । यसअघि सोमबार काठमाडौं उपत्यकामा यो तेल बेचिएको थियो । निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल बिक्री थालेको हो । यसअघि नेपालमा यूरो थ्री गुणस्तरको पेट्रोल बिक्री भईरहेको थियो । नयाँ मापदण्डको […]

२०७३ चैत्र २२ गते, मंगलवार

भित्रियो बीएस–४ मापदण्डको तेल

काठमाडौ, २१ चैत । नेपाली उपभोक्ताले सोमबारदेखि पहिलोपटक बीएस–४ मापदण्डको तेल खरिद गर्न पाउने भएका छन् । नेपाल आयल निगमले बीएस–३ मादण्डको तेल आयात गर्दै आएकोमा यसलाई विस्थापित गरी आइतबार बीएस–४ गुणस्तरको तेल भित्राइसकेकाले अब उपभोक्ताले सोही गुणस्तरको तेल खरिद गर्न पाउने भएका हुन् । बीएस–३ को तुलनामा बीएस–४ मापदण्डको तेललाई उच्च गुणस्तरको इन्धनका रूपमा […]

२०७३ चैत्र २१ गते, सोमबार

नलसिङगाडमा २७ करोड भ्रष्टाचार

काठमाडौं, २१ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजनाका कार्यकारी निर्देशकसहित ६ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाको विस्तृत् सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा आयोजना […]

२०७३ चैत्र २१ गते, सोमबार

सगरमाथाको उचाई नाप्न १० करोड खर्च लाग्ने अनुमान

काठमाडौं, १७ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ । २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफैं पहल अघि बढाएको हो । नापी विभागले सगरमाथाको उचाई नेपाल आफैंले नाप्न सक्ने जनाएको छ । त्यसका लागि नापीले चरणबद्ध रूपमा विभिन्न […]

२०७३ चैत्र १७ गते, बिहीबार

यातायात कार्यालयबाटै सवारी लाइसेन्स बिक्री !

काठमाडौं, १७ चैत । भेरी अञ्चल यातायात कार्यालयका तत्कालिन प्रमुख पवन सुवेदीले सेटिङमा १० हजारभन्दा बढी सवारी लाइसेन्स बिक्री गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो ।२०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन […]

२०७३ चैत्र १७ गते, बिहीबार

लुटेरा प्रहरी हवल्दार पक्राउ

काठमाडौं, १६ चैत । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए […]

२०७३ चैत्र १६ गते, बुधबार

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द

काठमाडौं, १५ चैत । आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु भएको छ । यसअघि दैनिक ४ घण्टा सवारी रोकेर काम गरिँदै आएको भए पनि स्तरोन्नतिको काम चाँडो सक्न भन्दै आजदेखि ६ घण्टा सवारी रोकेर काम गर्न थालिएको हो । यसरी दैनिक ६ घण्टा यातायात रोकेर काम गर्न थालेपछि दैनिक […]

२०७३ चैत्र १५ गते, मंगलवार

विद्युत् चुहावटमा संलग्न २० जना पक्राउ

काठमाडौं, १४ चैत । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार उनीहरुलाई […]

२०७३ चैत्र १४ गते, सोमबार