भारतबाट आएको बिजुली काठमाडौंमा
काठमाडौं, पुस १८ । भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारणलाइन मंगलबारदेखि सन्चालनमा आउने भएको छ । हेटौंडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौं ल्याउन सहज हुने भएको छ । आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौंको मातातीर्थसम्मको प्रसारणलाइन […]
२०७३ पुष १८ गते, सोमबार