अर्थ

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा

काठमाडौं, १३ भदौ । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ । आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा […]

२०७३ भाद्र १३ गते, सोमबार

सुख्खाग्रस्त क्षेत्र घोषणाको माग

काठमाडौँ, १२ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयमा बोल्ने सांसदले भूकम्पपछिको पुनःनिर्माण, बाढी पहिरोबाट क्षति पुगेका जिल्लामा राहत र पुनःस्थापना, स्थानीय तहको पुनःसंरचनालगायतका विषयमा सदनको ध्यानाकर्षण गराए । निजी विद्यालय र बैंकमा काम गर्ने तल्लो तहका कर्मचारी अत्यन्त न्यून तलबमा काम गर्न बाध्य भएको परिस्थितिबारे संसद्लाई जानकारी गराउँदै उनहरुले कपिलवस्तुलगायतका जिल्लामा पानी कम परेर […]

२०७३ भाद्र १२ गते, आईतवार

प्राईम बैंकको हकप्रद सेयर खुल्ला

काठमाडौं, १२ भदौ । प्राईम कर्मसियल बैकको हकप्रद खुल्ला गरेको छ । प्राईम कर्मसियलले एक अर्ब २३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । बैंकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी तीन अर्ब ७० करोड ५२ लाख ६२ हजार तीन सय रुपैयाँको तीन बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित […]

२०७३ भाद्र १२ गते, आईतवार

बढी भाडा लिँदा पनि सहन बाध्य

काठमाडौ , ११ भदौ । ललितपुर ठेचोकी सम्झना महर्जनले तीन किमीभन्दा कम दूरीमा माइक्रोबस चढ्दा समेत रु १० तिर्ने गर्नुभएको छ । सरकारले पछिल्लो पटक लागू गरेको भाडा दर अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुट सहित न्यूनतम भाडा रु आठ तोकिएको छ । सार्वजनिक सवारीले भने विद्यार्थीसँग न्यूनतम रु १० लिँदै आएका छन् । हरिसिद्धिका सन्तोष […]

२०७३ भाद्र ११ गते, शनिबार

व्यापार प्रवद्र्धन मेला सुरु

काठमाडौँ, १० भदौ । ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला आजदेखि सुरु भएको छ । ‘विजनेश एन्ड प्रोफेसनल बिमेन’ सुनाकोठीको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो मेला आयोजक संस्थाको अध्यक्ष अम्बिका श्रेष्ठले बताउनुभयो । आर्थिक रुपमा सशक्त नभई परिवारलाई अगाडि बढाउन गाह्रो हुने […]

२०७३ भाद्र १० गते, शुक्रबार

विदेश अध्ययन गर्न गएका कर्मचारी उतै बेपत्ता

काठमाडौ, १० भदौ । सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ। सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको छ। विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम […]

२०७३ भाद्र १० गते, शुक्रबार

हेवा–ए जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, ९ भदौ । पाँचथरमा निर्माणाधीन १४ दशमलव ९ मेगावाट क्षमताको ‘हेवा ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम ९९ प्रतिशत पूरा भएको जनाएको छ । निर्माण शुरू भएको ५ वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले बताए । आयोजनाबाट यही […]

२०७३ भाद्र ९ गते, बिहीबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु

काठमाडौं, ९ भदौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्य सुरु गर्न थालेको छ । गत वैशाख १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन । कम्पनीले यही सेप्टेम्बर १ (भदौ १६) गतेदेखि २०३२ सालमा अधिग्रहण […]

२०७३ भाद्र ९ गते, बिहीबार

दानपेटिका चोरी !

काठमाडौ, ९ भदौ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ । ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । […]

२०७३ भाद्र ९ गते, बिहीबार

कोरला नाका पुनः सञ्चालन

काठमाडौ, ७ भदौ । चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएको हो । मेला सुरु भएसँगै केही दिनका लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानीय व्यापारी र चीनको तिब्बत्का व्यापारीबीच वर्षको दुई पटक कोरला नाका खुलाइ व्यापार मेला सञ्चालन […]

२०७३ भाद्र ७ गते, मंगलवार