अर्थ

‘एनसेलसँग लाभकर असुल गर ‘

काठमाडौँ, जेठ १७ गते । संसद्को सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग तथा अन्य सरोकारवाला निकायलाई दूरसञ्चार सेवा प्रदायक एनसेल खरिद बिक्रीको बाँकी लाभकर तत्काल असुल गर्न निर्देशन दिएको छ । स्वामित्व हस्तान्तरण भइसकेको अवस्थामा पनि लाभकर अन्योल कायम रहेको भन्दै समितिले कर असुल नेपालकै क्षेत्राधिकार भएकाले तत्काल असुल गर्न निर्देशन दिएको हो […]

२०७३ जेष्ठ १७ गते, सोमबार

तत्काल पेट्रोलियम पदार्थको मूल्य बढ्दैन : निगम

काठमाडौं, १७ जेठ । नेपाल आयल निगमले सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाए पनि तत्काल मूल्य नबढ्ने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लगाउने उल्लेख छ । यो रकम बुढी गण्डकी जलविद्युत आयोजना निर्माणमा खर्च गरिने भनिएको छ । तर आयल […]

२०७३ जेष्ठ १७ गते, सोमबार

बजेटको विशेषता बारे जानकारी दिन पत्रकार सम्मेलन

काठमाडौ, १६ जेठ । हिजो सरकारले ल्याएको बजेटमा भएको मुख्य मुख्य विशेषताका बारेमा आज अर्थ मन्त्रालयले जानकारी गराउने भएको छ । हिजो अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजारको बजेट प्रस्तुत गरेका थिए । आर्थिक वृद्धिदर लक्ष्य ६ दशमलव ५ प्रतिशत वृद्धिदरको लक्ष्य राखिएको छ । बजेटले सामाजिक […]

२०७३ जेष्ठ १६ गते, आईतवार

आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक ( मुख्य विशेषताहरुसहित )

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । व्यवस्थापिका–सांसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजनमध्ये चालुतर्फ रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पूँजीगततर्फ रु […]

२०७३ जेष्ठ १५ गते, शनिबार

आज बजेट भाषण

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आज संसदमा आगामी वर्षका लागि बजेट घोषणा गर्दै छन् । यो वर्ष १० खर्ब बराबरको बजेट आउने बुझिएको छ । अघिल्ला वर्ष जस्तै यो वर्ष पनि राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा बढेर बजेट आउने भएको छ । आयोगले ९ खर्बको बजेटको सिलिङ तोकेको छ । तर, बजेटको आकार […]

२०७३ जेष्ठ १५ गते, शनिबार

सुन तोलाको ५४ हजार ४ सय

काठमाडौं , १४ जेठ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ५५ हजार रुपैयाँ रहेको छापावाल सुन आज ६ सयले घट्दै ५४ हजार ४ सय रुपैयाँ कायम भएको छ । चाँदी पनि यस दिन प्रतितोला १० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

प्रत्येक नेपालीलाई २१ हजार ऋण !

काठमाडौं , १४ जेठ । सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण रहेको जनाएको छ । नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि तीन खर्ब ७४ अर्ब पुगेको छ । गत वर्ष […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

आर्थिक सर्वेक्षण सार्वजनिक गरिदै

काठमाडौ, १३ जेठ । सरकारले चालु आर्थिक वर्ष २०७२- ७३ को मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण आज संसदमा पेस गर्दैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता […]

२०७३ जेष्ठ १३ गते, बिहीबार

चक्काजाम गरिए कडा कारबाही

काठमाडौं, १२ जेठ । सरकारले यातायात व्यवसायीहरुलाई चक्काजाम नगर्न आग्रह गरेको छ । सरकारी आग्रहलाई बेवास्ता गर्दै चक्काजाम गरिए त्यसविरुद्ध कडा कदम चाल्ने उसले चेतावनी दिएको छ । नियम उल्लंघन गरेको अवस्थामा लिने शुल्क बढाएको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा चक्काजाम गर्ने तयारी भएपछि सरकारले यस्तो चेतावनी दिएको हो । यातायात व्यवसायीहरुले चक्काजामकोक्रममा […]

२०७३ जेष्ठ १२ गते, बुधबार

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने

काठमाडौं, १२ जेठ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउन सकिने जनाएको छ । उक्त परियोजनाबाट काठमाडौं उपत्यकामा पानी आउन सुरु भएपछि यहाँको बढ्दै गएको पानीको मागलाई पूरा गर्न सकिनेछ । अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि आठ करोड लिटर मात्र आपूर्ति हुने गरेको […]

२०७३ जेष्ठ १२ गते, बुधबार