अर्थ

रसुवागढी नाका खुल्यो

काठमाडौ, २८ असोज । रसुवागढी नाका आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइने भएको छ । लामो समयदेखि बन्द रहेको चीनसँग जोडिएको यो नाका नेपाल र चिनियाँ उच्च पदस्थ सरकारी अधिकारीको संयुक्त सहभागितामा आज ९ बजेपछि खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । भूकम्पबाट क्षति पुगेको नेपाल र चीन दुबैतर्फको सडक सफा गरी सकिएकाले नाका […]

२०७२ आश्विन २८ गते, बिहीबार

इन्धन आयात सुचारु हुदै

काठमाडौं, २७ असोज । भन्सार बिभागले वीरगन्जबाहेक देशका प्रमुख नाकाहरुमा अवरोध हटेर आयात सामान्यतर्फ उन्मुख बनेको जनाएको छ । विभागका महानिर्देशक सुशील ढुंगानाले वीरगन्ज–रक्सौलको अवरोध पनि केही दिनमा खुलाउने पहल भइरहेको जानकारी दिए । भारतीय पक्षले भन्सार जाँचपास सहज बनाएसँगै देशका मुख्य नाकाबाट इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । पूर्वका दुवै नाकाबाट इन्धन र […]

२०७२ आश्विन २७ गते, बुधबार

इन्धन भित्रिदैं

काठमाडौं, २६ असोज । भारतले नाकाबन्दी खुकुलो पार्दै लगेको छ । वीरगन्ज र विराटनगरको रानी भन्सार नाकाबाहेक आज(मंगलबार) सबै नाका भएर मालसामानका कन्टेनर र पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरिरहेका छन् । रुपन्देहीको बेलहिया नाका भएर सोमबार रातीसम्म १ सय ५४ वटा मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् । यो नाकाबाट दुई वटा पेट्रोल, २ वटा […]

२०७२ आश्विन २६ गते, मंगलवार

आजदेखि निजी सवारीले ईन्धन पाउने

काठमाण्डौ, २६ असोज । नेपाल आयल निगमले उपत्यकामा आज एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल डिजेल वितरण गर्ने तयारी गरेको छ । उपत्यकामा रहेका बरिब १२५ पम्पले आज दिउँसो १२ बजेबाट निजी सावारी साधनमध्ये मोटरसाईकललाई ५ लिटर र चार पाङग्रे कार , जीप , भ्यान लगायतलाई १५ लिटरका दरले ईन्धन उपलबध गराउन […]

२०७२ आश्विन २६ गते, मंगलवार

भोलि ३ बजेबाट पेट्रोल पाइने

काठमाडौं, २५ असोज । उपत्यकामा मंगलबार दिउँसो ३ बजेबाट सबै पम्पबाट पेट्रोल–डिजेल वितरण हुने भएको छ । उपत्यकामा रहेका करिब एक सय २५ पम्पले दिउँसो तीन बजेबाट निजी सवरीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपांग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउनेछन् । भारतले नाकाबन्दीको गरेको साता दिनदेखि नै आयल निगमले निजी सवारीलाई इन्धन वितरण […]

२०७२ आश्विन २५ गते, सोमबार

भारतले नाकावन्दी खुकुलो बनाउदै

काठमाडौं, २५ असोज । भारतीय ओयल निगमले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै भारतको अघोषित नाकावन्दी केही खुकुलो भएको छ । प्रमुख दुई नाकामा भारतले रोक लगाएपनि अरु नाकाबाट भने मालसामानका कन्टेनर र केही मात्रामा पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रने क्रम जारी छ । बिराटनगरको रानी भन्सारमा आइतबार मधेशी मोर्चाको अवरोध पुर्‍याए पनि आज(सोमबार) भने नाका सामान्य […]

२०७२ आश्विन २५ गते, सोमबार

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौ, २४ असोज । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व बडा दसैं र दीपावलीका अवसरमा आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । बैंकले पोहारेको तुलनामा यो वर्ष १८ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई […]

२०७२ आश्विन २४ गते, आईतवार

सिमा सुरक्षा बैठक रद्ध

काठमाडौं,२३ असोज । आज नेपाल र चीनबीच बस्ने भनिएको सिमा सुरक्षा बैठक रद्ध भएको छ । बैठक रद्ध हुनुले भारतले अघोषित नाकाबन्दी लगाइरहेका बेला उत्तरी छिमेकी चिनले समेत अवरुद्ध नाका खोल्न अनिच्छुक देखिएको संकेत मिलेको छ । चिनीया पक्षले तातोपानी नाका सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गर्न तय गरिएको शनिबारको सिमा सुरक्षा बैठक एकाएक रद्ध […]

२०७२ आश्विन २३ गते, शनिबार

घटस्थापनादेखि दसैं विदा दिने प्रस्ताव मन्त्रिपरिषद्द्वारा अस्वीकृत

काठमाडौं ,२२ असोज । आजको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव अस्वीकृत गरेको छ । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्को बैठकले देशको असहज परिस्थितिबारे मित्र राष्ट्रलाई जानकारी गराउँदै स्थिति सहज बनाउन सहयोगको लागि आग्रह गर्ने निर्णय गरेको छ । […]

२०७२ आश्विन २२ गते, शुक्रबार

भारतको घुर्की, चीनबाट सामान ल्याए हुन्छ

काठमाडौं, २२ असोज । भारतले घुर्की देखाउदै ‘चीनबाट सामान ल्याउन नेपाल स्वतन्त्र रहेको’ जनाएको छ । भारतले दुई सातादेखि अघोषित नाकाबन्दी गर्दै नेपालतर्फ इन्धन तथा अन्य आवश्यक बस्तु लोड गरिएका ट्यांकर, कन्टेनर तथा ट्रक पठाउन रोक्दै आएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपालबारे यस्तो धारणा राखेका हुन् । […]

२०७२ आश्विन २२ गते, शुक्रबार