अर्थ

नेकपा उदयपुरद्वारा तुलसी बहुउद्देश्यीय सहकारीलाई शेयरधनिको रकम फिर्ता गर्न चेतावनी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले जिल्लाको तुलसी बहुउद्देश्यीय संस्था लिमिटेडबाट हजारौं सर्वसाधारण मानिसहरु पीडित भएकोले तत्काल शेयरधनिहरुको रकम फिर्ता गर्न चेतावनी दिएको छ। सोमबार जिल्ला सचीव जीत बहादुर सी र इन्चार्ज अमृत सीले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन।बिज्ञप्तीमा जिल्लामा रहेका विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणलाई अपमान गर्ने, धम्क्याउने र दवाव तथा […]

२०७९ चैत्र ७ गते, मंगलवार

नेपाल सबैभन्दा कम बचत गर्ने मुलुक !

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामुलक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको […]

२०७९ चैत्र ६ गते, सोमबार

क्रेडिट स्विस बैंक गम्भीर संकटमा

काठमाडौं । स्विट्जरल्याण्डको सबैभन्दा ठूलो बैंक युबीएसले संकटग्रस्त प्रतिद्वन्द्वी बैंक क्रेडिट स्विसको सम्पूर्ण वा केही अंश किन्न वार्ताको अन्तिम चरणमा रहेको बताइएको छ। पछिल्लो समय क्रेडिट स्विस बैंकको सेयरमा भारी गिरावट आएको छ । बैंकले आफ्नो आर्थिक अवस्थाबारे जानकारी दिँदै आफ्नो वित्तीय खातामा ‘गम्भीर त्रुटि’ भएको थाहा पाएको बताएको थियो ।स्वीस नेशनल बैंकले क्रेडिट स्विलाई […]

२०७९ चैत्र ५ गते, आईतवार

नेपाल विश्वकै छैटौंं सस्तो देश !

काठमाडौं । नम्बियो डटकमले सार्वजनिक गरेको कस्ट अफ लिभिङ सूचकांकका अनुसार नेपाल विश्वका सस्ता सहरहरुको सूचीमा छैटौं नम्बरमा परेको छ । यो सूचकांकका लागि १४० देशहरुका तथ्यांकहरु समावेश गरी विश्लेषण गरिएका छन् ।नेपाल विश्वकै सबैभन्दा सस्ता देशहरुको सूचीमा परे पनि नेपाली उपभोक्ताका लागि नेपाली बजार महंगो महसुस हुनुको कारण हाम्रो नेपाली मुद्राको अवमूल्यन हो । […]

२०७९ चैत्र ५ गते, आईतवार

सुन तोलाको १ लाख १० हजार रुपैयाँ !

काठमाडौँ। आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । शुक्रबार प्रति तोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ९ सयले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ […]

२०७९ चैत्र ५ गते, आईतवार

उद्योग-वाणिज्य महासंघको संयोजकमा योगेश बुढाथोकी

काठमाडौ । नेपाल राष्ट्रिय उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेलाले योगेश बुढाथोकीको संयोजकत्वमा ३२ सदस्यीय तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । शुक्रबार काठमाडौमा भएको उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेलालाई नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले सम्बोधन गर्दै दलाल पुँजीवादको उदय सुगौली सन्धिदेखि भएको र आज सत्तारूढ भएकोले यसको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना […]

२०७९ चैत्र ४ गते, शनिबार

अमेरिकी डलरको भाउ बढ्यो !

काठमाडौँ । आज फेरी अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ। बिहिबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको थियो। यस्तै, युरोपियन युरोको […]

२०७९ चैत्र ३ गते, शुक्रबार

राष्ट्र बैंकलाई सुपरिवेक्षकीय सूचना प्रणाली हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली Supervisory Information System(SIS)’ विधिवत् रूपमा बैंकलाई हस्तान्तरण गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेकी हुन्। बेलायती […]

२०७९ चैत्र ३ गते, शुक्रबार

‘जनतालाई दुख दिने लघुबित्तलाई पत्तासाफ पारिन्छ’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी इलामका इन्चार्ज मौसमले सीले जनतालाई दुख दिने लघुबित्तलाई पत्तासाफ पार्ने चेतावनी दिएका छन। सोमबार इलामको चोक बजारमा लघुबित्त पिंडित जनताहरुको सहभागितामा नेकपा इलामले गरेको प्रदर्शनलाई संबोधन गर्दै नेता मौसमले सो चेतावनी दिएका हुन । उनले गाउँ गाउँ पसेर गरिब जनतालाई ऋण अशुलिको नाममा दुख दिंदै आएका लघुबित्त संस्थाहरुले जनतालाई दुख […]

२०७९ चैत्र १ गते, बुधबार

रासायनिक मल अनुदानमा कटौती : कृषक पेशाबाटै पलायन हुन सक्ने !

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार सरकारले रासायनिक मलमा यसअघि ७०.८२ प्रतिशत अनुदान दिदैआएकोमा अब भने ५९.०४ प्रतिशत कायम गरेको छ । अनुदान कटौतीपछि अब युरिया प्रतिकेजी २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ मूल्य कायम भएको छ । यसअघि युरिया १४, डीएपी ४३, पोटास ३१ रुपैयाँ प्रतिकेजीका उपलब्ध हुँदै आएको थियो ।सरकारले […]

२०७९ चैत्र १ गते, बुधबार