अर्थ

सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२ जारी

काठमाडौँ । सरकारले सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यले ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ल्याएको छ। सरकारले सार्वजनिक संस्थानलाई आवश्यक मार्गदर्शन गर्ने र दैनिक कार्य सञ्चालनमा कुनै पनि हस्तक्षेप नगर्नेगरी आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरेको हो।सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गर्ने सरकारको रणनीति छ। निजी क्षेत्रसँग प्रतिस्पर्धा […]

२०८२ कार्तिक १२ गते, मंगलवार

घरजग्गा कारोबार ह्वातै घट्यो

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार ह्वातै घटेको जानेको छ। विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनामा भन्दा असोजमा घरजग्गाको कारोबार घटेको देखिन्छ । असोजमा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३ सय ५३ लिखत पारित भएको छ । जबकि गत भदौमा २७ हजार ४ सय ९४ र गत वर्षको असोजमा ३० हजार […]

२०८२ कार्तिक ११ गते, सोमबार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार […]

२०८२ कार्तिक ११ गते, सोमबार

असोज मसान्तसम्म करिब ४ खर्बको व्यापार घाटा

काठमाडौँ । भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको जनाएको छ । विभागले हालै सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको […]

२०८२ कार्तिक ११ गते, सोमबार

प्रतिनिधिसभाको निर्वाचन गराउन साढे ७ अर्ब लाग्ने !

काठमाडौँ । निर्वाचन आयोगले यसपटकको प्रतिनिधिसभाको निर्वाचन गराउन साढे सात अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोगले विगतमा निर्वाचन गर्दा लागेको खर्चको समेत लेखाजोखा गर्दै सो रकम लाग्ने अनुमान गरेको हो । आयोगले आसन्न निर्वाचनको प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो, बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन । आयोगका सूचना अधिकारी सुमन […]

२०८२ कार्तिक ११ गते, सोमबार

सुनको भाउ ओरालो लाग्यो : प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ […]

२०८२ कार्तिक १० गते, आईतवार

अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि

काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । […]

२०८२ कार्तिक १० गते, आईतवार

प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगको विद्युत लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक करिडोरका दश उद्योगमा विद्युत लाइन काटेको छ । प्राधिकरणले शुक्रबार साँझदेखि ट्रंकलाइन महसुल नतिर्ने उद्योगको विद्युत लाइन काटेको हो ।प्राधिकरणले भलबारी स्वचालित चामल कारखाना, घराना फुड्स्,पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको हो ।डेडिकेटेड तथा […]

२०८२ कार्तिक ९ गते, शनिबार

असोज मसान्तसम्म १८ प्रतिशत बजेट खर्च

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब […]

२०८२ कार्तिक ९ गते, शनिबार

डलरको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४०.२५ रुपैयाँ र बिक्रीदर १४०.८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.३९ रुपैयाँ र बिक्रीदर १४०.९९ रुपैयाँ कायम थियो । यस्तै, आज एक यूरोको खरिददर १६२.५६ […]

२०८२ कार्तिक ८ गते, शुक्रबार