अर्थ

बैंक खाताबाटै हरायो साढे १६ करोड रुपैंयाँ !

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै १६ करोड रुपैंयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा(मार्गस्थ र नगद ३ लाख रुपैंयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैंयाँ बैंक मौज्दात देखिएको थियो । सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार मौज्दात छ । बैंकमा […]

२०७७ श्रावण ५ गते, सोमबार

शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढ्यो !

काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि पूरै दिनका लागि कारोबार बन्द गरिएको छ। कारोबार सुरु भएको ७ मिनेट नहुँदै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेबित्तकै १ मिनेटमै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लगाइएको थियो। दोस्रो सर्किट लागेको ४० मिनेटपछि खुलेको […]

२०७७ श्रावण ४ गते, आईतवार

नेकपाद्वारा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई सहयोग

काठमाडौँ , २ साउन । नेपाल कम्युनिस्ट पार्टी बझाङले केदारस्यु गाउँपालिका ८ मल्लेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोकोमा परी २१ घर पुरिएर ज्यान गुमाउने ७ जनाको परिवारलाई ५२ हजार सहयोग गरेको छ । पहिरोमा परी ज्यान गुमाएकाहरूको १३ औँ दिनमा पीडित परिवारलाई सहयोग गरिएको नेकपाले जनाएको छ । नेकपाका जिल्ला इन्चार्ज विराट र सेक्रेटरी हरिलालले प्रेस […]

२०७७ श्रावण २ गते, शुक्रबार

सुन्दर यातायातद्वारा पुरानै भाडामा सवारी सञ्चालन !

काठमाडौं, ३० असार । सुन्दर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ । सो प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको उल्लेख छ । यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि […]

२०७७ असार ३० गते, मंगलवार

आयल निगमद्वारा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन हुने प्रक्षेपण

काठमाडौं , २९ असार । नेपाल आयल निगमले पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको जनाएको छ । कुल कारोबारमा भारतीय रुपैयाँको भुक्तानी, सरकारले उठाएको विभिन्न शीर्षकको कर, प्रशासनिक खर्च, ढुवानी र बिमा खर्च कटाएर सो बराबरको नाफा हुने निगमको […]

२०७७ असार २९ गते, सोमबार

वित्तीय संस्थाहरूलाई लगानी र ब्याज नउठाउन आग्रह

काठमाडौं, २८ असार । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोरोना महामारीबाट देश मुक्त नहुँदासम्म लगानी र ब्याज उठाउने काम बन्द गर्न वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ । नेकपा रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ ले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेशलाई लत्याएर वित्तीय संस्थाहरूले रोल्पाका गाउँगाउँमा गरिबहरूलाई प्रताडनाको सिकार बनाइरहेको भन्दै उक्त कार्य बन्द गर्न माग […]

२०७७ असार २८ गते, आईतवार

रुद्रमतीमा फोहर फाल्नेबाट रु २३ हजार जरिवाना

काठमाडौं , २७ असार । सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहर फाल्ने काममा […]

२०७७ असार २७ गते, शनिबार

सार्वजनिक यातायात व्यवसायीद्वारा अनुदान माग

काठमाडौं , २६ असार । सार्वजनिक यातायात केन्द्रिय महासंघले सरकारले पर्याप्त तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको बताएको छ । उनीहरुले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग समेत गरेका छन । आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप व्यवसायीको छ । महासंघले […]

२०७७ असार २६ गते, शुक्रबार

छोटो दूरीमा सार्वजनिक यातायात चलाउन पाईने !

काठमाडौं, २५ असार । सरकारले काठमाडौं उपत्यकाभित्र र बाहिर जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी यातायात सञ्चालन गर्न सक्ने बताएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने जानकारी दिएका हुन् । मन्त्री […]

२०७७ असार २५ गते, बिहीबार

१४ किमी सडक यात्राको आठ सय भाडा !

काठमाडौँ , २२ असार । जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीदेखि सदरमुकाम दुनैसम्म जम्मा १४ किमी मात्रै छ तर जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ । […]

२०७७ असार २२ गते, सोमबार