अर्थ

इन्धनको मूल्य बढ्याे

काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ। गएराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र […]

२०७६ बैशाख २० गते, शुक्रबार

एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न माग

काठमाडौं, १९ वैशाख । प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले घरायसी र व्यापारिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक–फरक गर्न माग गरेका छन् । सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक प्रयोजनका लागि खाना पकाउने ग्यासमा भ्याटछुटको व्यवस्था रहेकाले घरायसी प्रयोगकर्तालाई सुलभ हुनेगरी व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य […]

२०७६ बैशाख १९ गते, बिहीबार

फनपार्क र टुकुचाको जग्गा सम्झौता खारेज

काठमाडौं, १७ बैशाख । समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । […]

२०७६ बैशाख १७ गते, मंगलवार

नेपालीको प्रतिव्यक्ति आय १ लाख १५ हजार पुग्याे

काठमाडौं, १४ बैशाख । राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर (ने.रू ११५५१८ )पुगेको छ। गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। यस वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ६.८१ प्रतिशतले हुने भएको छ । यो गत वर्षभन्दा ०.५१ प्रतिशत […]

२०७६ बैशाख १४ गते, शनिबार

सुन तोलाको ५९ हजार ८ सय

काठमाडौं, १३ बैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५९ हजार ८ सय रुपैयाँमा तोलामा कारोबार भइरहेको छ। आज तोलामा दुई सय रुपैयाँले बढे हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार ५ […]

२०७६ बैशाख १३ गते, शुक्रबार

ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट

काठमाडौं, १२ वैशाख । पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो । २०६९ सालपछि पनि सार्वजनिक सवारीको दुईपटक भाडा समायोजन भएको छ तर ट्याक्सी व्यवसायीले भने विगत […]

२०७६ बैशाख १२ गते, बिहीबार

तारा एयरकाे विमान दुर्घटना

काठमाडौं, ९ वैशाख । रामेछापकाे मन्थली विमानस्थलमा तारा एयरकाे विमान दुर्घटना भएकाे छ। लुक्लाबाट अाएको विमान अवतरणको क्रममा मन्थली विमानस्थलमा चिप्लिएको हो । तारा एयरको नाइन एन केके कल साइन भएको डोर्नियर विमान सोमबार बिहान हाइड्राेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हाे । विमान दुर्घटनामा परे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तत्कालका […]

२०७६ बैशाख ९ गते, सोमबार

आयल निगम आफ्नै नीतिविरुद्ध , मासिक नाफा ६० करोड

काठमाडौं, ८ वैशाख । आयल निगम उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध उभिएको छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन। माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियोभने आहिले निगमको मासिक नाफा ६० करोड पुगेको छ। निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो। उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय […]

२०७६ बैशाख ८ गते, आईतवार

यातायात ‘सिन्डिकेट’ ज्यूका त्यू

काठमाडौं , ६ वैशाख । सरकारले वर्ष दिन अघि यातायातमा रहँदै आएको सिन्डिकेट हटाउने उद्घोष गरे पनि ज्यूका त्यू रहेको छ । सरकारसँग पौठेजोरी गर्न खोजेको यातायात व्यवसायी अन्ततः सरकारकै निर्णयमा अघि बढ्न तयार पनि , एक वर्षको अन्तरालमा साढे तीन लाख यातायात कम्पनीमा दर्ता हुनुपर्नेमा पटकपटकको म्याद थप्दा पनि सात हजार मात्रै यातायात समिति […]

२०७६ बैशाख ६ गते, शुक्रबार

त्रिभुवन विश्वविद्यालयको बेरुजु २१ अर्बभन्दा बढी

काठमाडौँ, ४ वैशाख । देशमा शिक्षित नागरिक उत्पादन गर्ने मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आर्थिक अनुशासनहीनताले सीमा नाघेको छ । मुलुककै लागि प्रेरणादायी बन्नुपर्ने शिक्षित र वौद्धिक वर्गको नेतृत्व रहने निकायमा देखिएको बेरुजु अवस्था कहालीलाग्दो बन्दै गएको छ । हालसम्म त्रिविमा बेरुजु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार रुपैयाँ पुगेको छ […]

२०७६ बैशाख ४ गते, बुधबार