ट्राफिक नियम उल्लंघन गर्ने १८ सयभन्दा बढी कारबाहीमा
काठमाडौं, २१ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ५ गतेदेखि लागू भएको चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत् सवारीचालकमाथि थप निगरानी बढाएको छ । यसक्रममा यात्रीहरुसँग बढी भाडा लिने ३१४ जना, क्षमताभन्दा बढी यात्री राखेर सवारी चलाउने ४० जना चालक, लामो दूरीको सवारी–साधनमा अनिवार्य दुईजना चालक राख्ने नियम पालना नगर्ने २६ जनालाई कारबाही गरिएको छ । […]
२०७६ आश्विन २१ गते, मंगलवार