अर्थ

११ किलो सालकको खपटासहित पक्राउ

काठमाडौं, ३० असार । इलाका प्रहरी कार्यालय पाँचथर अमरपुरको गस्ती टोलीले ११ किलो सालकको खपटासहित हिलिहाङ गाउँपालिका–३ का ५३ वर्षीय फुपुठी शेर्पालाई पक्राउ गरेको छ ।उनका साथबाट दुईथान मोबाइल, चाँदीका केही गरगहना र नगद १२ हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । उनलाई हिलिहाङ गाउँपालिका–२ स्थित […]

२०७५ असार ३० गते, शनिबार

चीन सरकारलाई ‘भद्र’ र ‘रुपसी’ प्रदान

काठमाडौं, २८ असार । नेपाल सरकारले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन् । दुबै गैडा हिजो चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको थियो । २०७३ […]

२०७५ असार २८ गते, बिहीबार

मौद्रिक नीतिले महंगी बढाउने चिन्ता, व्यापार घाटा पनि बढ्ने

काठमाडौँ, २८ असार । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिका प्रावधानहरूले मूल्यवृद्धि हुन सक्ने व्यवसायी र बैंकका प्रबन्धकहरूले चेतावनी दिएका छन्। सरकारले सार्वजनिक गर्ने आर्थिक नीतिहरुमध्ये बजेटपछिको सबैभन्दा महत्वपूर्ण मानिने यस नीतिमा आफूहरुले दिएका कतिपय सुझाव नसमेटिएको उनीहरुको गुनासो छ। उक्त मौद्रिक नीतिले खासगरी तरलता अर्थात् लगानीयोग्य नगदको आपूर्तिमा सहजता र ब्याजदर घटाउने […]

२०७५ असार २८ गते, बिहीबार

नारायणगढ–मुग्लिन सडक भाँसियो

काठमाडौं, २७ असार । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताए । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै […]

२०७५ असार २७ गते, बुधबार

छोरीलाई वार्षिक १० हजार भत्ता

काठमाडौं, २६ असार । कलैया प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ। गाउँपालिकाको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र […]

२०७५ असार २६ गते, मंगलवार

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं, २५ असार । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड […]

२०७५ असार २५ गते, सोमबार

बैंकबाटै नक्कली नोट प्रवाह !

काठमाडौँ, २५ असार । राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगर शाखाबाट झिकेर एनसीसी बैंकमा जम्मा गर्न लगिएको ५ लाख रुपैयाँमध्ये एक हजार रुपैयाँको एउटा नोट नक्कली फेला परेको छ । चन्द्रसिंह पेलाको नाममा रहेको खाताबाट देवसिंह पेलाले आइतबार निकालेको ५ लाख रुपैयाँमध्ये एनसीसी बैंक महेन्द्रनगर शाखामा जम्मा गर्दा एक हजारको एउटा नक्कली नोट फेला परेको हो । […]

२०७५ असार २५ गते, सोमबार

घुस्याहा इन्जिनियर पक्राउ

काठमाडौं ,२४ असार । जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजयकुमार ठाकुर घुस सहित पक्राउ परेका छन् । विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चाच अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने प्रायोजनको लागि सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई […]

२०७५ असार २४ गते, आईतवार

बीस कम्पनीलाई साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौं ,२३ असार । नेपाल धितोपत्र बोर्डले चालु आवको हालसम्म कूल २० कम्पनीलाई रु आठ अर्ब १० करोड २० लाख ९९ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । यस्तै यसवर्ष अधिकाशं जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गरेका छन् । अनुमति दिएकामध्ये १३ वटा त जलविद्युत् कम्पनी नै रहेका छन् । यस्तै विभिन्न […]

२०७५ असार २३ गते, शनिबार

सिभिल होम्सको ठगि धन्दा

काठमाडौं, २१ असार । सिभिल होम्स प्रालीले उपत्यकाका विभिन्न ठाउँमा आवासीय भवन (हाउजिङ) निर्माण गर्दा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसार कहिँकतै पनि काम नगरेको भेटिएको छ । उपत्यकाका विभिन्न ठाउँमा फरक–फरक चरणमा (फेज १ देखि फेज ९ सम्म) निर्माण गरिएका र निर्माणको क्रममा रहेका हाउजिङहरु निर्माण गर्दा काठमाडौं उपत्यका नगर विकास कार्यान्वयन समिति, काठमाडौं […]

२०७५ असार २१ गते, बिहीबार