अर्थ

आयल निगमलाई तीन अर्ब नाफा

काठमाडौं , १४ साउन । नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको छ । ईन्धन कारोबारमा एकाधिकार प्राप्त निगमले आ .ब. २०७४/७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको […]

२०७५ श्रावण १४ गते, सोमबार

सुनको मूल्य घट्यो

काठमाडौं ,१२ साउन । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा समेत केही कमी आएपनि नेपालमा पनि त्यसको प्रभाव परेको हो । बिहीबार ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्डको मूल्य शुक्रबार प्रति तोला २ सय रुपैयाँले घटेर ५६ हजार ५ सय रुपैयाँमा कारोबार […]

२०७५ श्रावण १२ गते, शनिबार

निर्माणाधीन पुल भत्कियो

काठमाडौं ,११ साउन । करिव १६ करोड रुपैंयाको लागतमा निर्माण भइरहेको डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका जोड्ने निर्माणाधीन पुल भत्किएको छ । गुणस्तरहीन सामग्रीको प्रयोग र गलत डिजाइनका कारण पुल भत्किएको स्थानीयले आरोप लगाएका छन् । पुल भत्किएपछि स्थानीय चिन्तित बनेका छन् । स्थानीय जनप्रतिनिधिहरुले निर्माण कार्यमा संलग्न ठेकेदार र प्राविधिकहरुलाई कारबाही हुनुपर्ने माग […]

२०७५ श्रावण ११ गते, शुक्रबार

सिटिजन्स बैंकले एफपीओ निष्काशन गर्ने

काठमाण्डौं, १० साउन । सिटिजन्स बैंक इन्टरनेशनलले यही साउन १५ गतेबाट (फर्दर पब्लिक अफिरेन्स) एफपीओ निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँमा एक सय रुपैयाँ प्रिमियम थप गरी प्र्रतिकित्ता दुुई सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी चार लाख ६३ हजार आठ सय २६ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैंकका अनुसार सर्वसाधारणले न्यूनतम ५० […]

२०७५ श्रावण १० गते, बिहीबार

सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने

काठमाडौं, १० साउन । नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वयं सरकारलाई समेत छैन । सरकारसँग भएको कुल सम्पत्तिको अहिलेसम्म मुल्यांकन पनि भएको छैन । समाचारका अनुसार यो जिज्ञासाको समाधान गर्न अब सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने भएको छ । सोही प्रयोजनका लागि मापदण्ड बनाउन महालेखा नियन्त्रक कार्यालयले एक कार्यदल गठन […]

२०७५ श्रावण १० गते, बिहीबार

फरार अभियुक्तलाई मन्त्रिपरिषदबाट रकम निकाशा

काठमाण्डौ, ९ साउन । राज्यको ढुकुटी दोहन गरेर कार्यकर्ता पोस्न र मन्त्री तथा कर्मचारी विदेश भ्रमणमा सरकारले १ वर्षको अवधिमा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको छ । राज्यको ढुकुटीबाट कार्यकर्तालाई रकम बाँड्न, मन्त्री, संस्थान तथा आयोगका पदाधिकारी र कर्मचारीको विदेश भ्रमण तथा द्वन्द्वपीडित भनिएका कार्यकर्तालाई रकम बाँड्न सरकारले १२ महिनामा २ अर्ब […]

२०७५ श्रावण ९ गते, बुधबार

मध्यभोटेशी जलविद्युत आयोजनामा ताला

काठमाडौं, ६ साउन । मध्यभोटेशी जलविद्युत आयोजनाविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन् । निर्माणधीन १०२ मेगावाट क्षमताको सो आयोजनाले उपेक्षा गरेको भन्दै स्थानीयले आज बाह्रविसेस्थित साइट कार्यालयमा ताला लगाएका हुन् । आयोजनाको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले साइट कार्यालयमा तालाबन्दी गरेका हुन् । निर्माण कार्य सुरु हुने बेला आयोजनाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेकाले तालाबन्दी गर्न […]

२०७५ श्रावण ६ गते, आईतवार

शेयर बजार घाटामा

काठमाडौं, ६ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)काे तथ्यांकले अार्थिक वर्षकाे अन्तिम महिना असारमा मात्रै १९ अर्ब रूपैयाँले शेयर बजार घाटामा गएकाे देखाएको छ । शेयर बजारमा सकारात्मक गति बन्न नसक्दा लगानीकर्ताले गत अार्थिक वर्ष २०७४/०७५ मा साढे तीन खर्ब रुपैयाँ गुमाएका छन् । गत एक वर्षमा लगानीकर्ताकाे सम्पत्ति ३ खर्ब ४४ अर्ब रूपैयाँले घटेकाे […]

२०७५ श्रावण ६ गते, आईतवार

नक्कली सुन देखाएर ठगी गर्ने पक्राउ

काठमाडौं, ४ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंले एक किलोग्राम नक्कली सुन देखाइ ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।परिसरको टोलीले चाबहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एकथान बेरुवा औंठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका प्रमुख […]

२०७५ श्रावण ४ गते, शुक्रबार

घुस्याहा प्रमुख अख्तियारको फन्दामा

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री आधुनिक कृषि परियोजना कैलालीका प्रमुख रामानन्दन यादव पक्राउ परेका छन् । उनले कैलालीमा संचालित परियोजनाको डकुमेन्ट्री निर्माणमा ५० प्रतिशत घुस मागेका थिए । कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैयाँ घुससहित यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो । डकुमेन्ट्री निर्माण बापतको ५० हजार रुपैयाँबाट २५ […]

२०७५ श्रावण ३ गते, बिहीबार