अर्थ

पटाका बरामद

काठमाडौं , १६ असोज । गए राति प्रहरीको गस्ती टोलीले सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय औरहीको टोलीले करीब रु ६० हजार […]

२०७५ आश्विन १६ गते, मंगलवार

साझाको टिकट बुकिङ असोज २१ गतेदेखि

काठमाडौं, १५ असोज । साझा यातायातले दशैंका असोज २१ गते देखि टिकट बुकिङ खुल्ला गर्ने भएको छ । साझासँग हाल ४ वटा डिलक्स बसहरु रहेका छन् । दुई बस काठमाडौंबाट बाहिरिँदा, दुई बस फर्किन्छन्, यसबाट दशैंका यात्रुहरुलाई केही राहत मिल्ने साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेको विश्वास छ । बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ […]

२०७५ आश्विन १५ गते, सोमबार

शेयर बजार दोहोरो अङ्कले गिरावट

काठमाडौं, १४ असोज । नेपाल स्टक एक्सचेञ्चका अनुसार आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । […]

२०७५ आश्विन १४ गते, आईतवार

आजदेखि सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ, १२ असोज । आजदेखि उपत्यकासहित देशका विभिन्न ठाउँमा ४७ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म सञ्चालनमा ल्याइने जनाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल […]

२०७५ आश्विन १२ गते, शुक्रबार

सुनको मूल्य घट्यो

काठमाडौं, ११ असोज । सुन तोलामा तीन सय रुपैयाँ झर्दै ५८ हजार एक सय रुपैयाँ कायम भएको छ । सुन हिजो प्रतितोला ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने आज यथावत नै छ । आज पनि चाँदी प्रतितोला सातसय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी […]

२०७५ आश्विन ११ गते, बिहीबार

यातायातको टिकट बुकिङ खुला

काठमाडौं , ९ असोज । नेपाल यातायात व्यवसायी महासंघले दशैं मान्न राजधानी छाड्नेहरुका लागि आजदेखि टिकट बुकिङ खुला गर्दैछ । सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि नै टिकट बुकिङ खुला गर्ने सहमति भए पनि इन्धनको मूल्य बढेसँगै व्यवसायीले बुकिङ खोल्न आनाकानी गरिरहेका थिए । सरकार र व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भए भएपछि महासंघको […]

२०७५ आश्विन ९ गते, मंगलवार

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्याे

काठमाडौं , ७ असोज । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय गरेकाे छ । दशैँजस्ता ठूला चाँडबाँडकाे मुखैमा अाइपुग्दा शनिबार सरकार र यातायात व्यवसायीबीच भाडा बढाउन सहमति भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको हो । मन्त्रालयका सचिव मधुसुदन अधिकारीका अनुसार नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, […]

२०७५ आश्विन ७ गते, आईतवार

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौ, २८ भदौ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आज शेयर कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । […]

२०७५ भाद्र २८ गते, बिहीबार

जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृतसहित ९ जना समातिए

काठमाडौं,२७ भदौ । प्रहरीले बूढानीलकन्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई मंगलबार पक्राउ गरेको छ । जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जनाकारी दिए […]

२०७५ भाद्र २७ गते, बुधबार

चिया कारखानाका मजदुर आन्दोलनमा

काठमाडौं , २४ भदौ । सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै धनकुटामा चिया मजदुर आन्दोलित भएका छन् । उनीहरु निस्कासित मजदुरको पुनर्वहाली, श्रम ऐन कार्यान्वयन तथा सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । चिया बगानमा ठेक्का प्रणालीबाट चिया टिप्ने कामको जिम्मेवारी दिएपछि टि स्टेट संचालकले ७० मजदूर कटौति गरेको थियो […]

२०७५ भाद्र २४ गते, आईतवार