अर्थ

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द

काठमाडौं, १५ चैत । आजदेखि नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक ६ घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु भएको छ । यसअघि दैनिक ४ घण्टा सवारी रोकेर काम गरिँदै आएको भए पनि स्तरोन्नतिको काम चाँडो सक्न भन्दै आजदेखि ६ घण्टा सवारी रोकेर काम गर्न थालिएको हो । यसरी दैनिक ६ घण्टा यातायात रोकेर काम गर्न थालेपछि दैनिक […]

२०७३ चैत्र १५ गते, मंगलवार

विद्युत् चुहावटमा संलग्न २० जना पक्राउ

काठमाडौं, १४ चैत । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार उनीहरुलाई […]

२०७३ चैत्र १४ गते, सोमबार

द्वारी हाईड्रोको निर्माण सम्पन्न

काठमाडौं,१३ चैत । दैलेख नौमुलेको द्वारी हाईड्रोको निर्माण सम्पन्न भएको छ । जिल्लाकै पहिलो ठूलो हाईड्रोपावर योजनाको निर्माणमा तीन वर्षदेखि निरन्तर काम गरिरहेको भूगोल इनर्जी प्रालिले ३ दशमलव ७५ मेघावाटको विद्युत बाल्न सफल भएको हो । योसँगै ६० देखि ६५ करोडको लगानीमा निर्माण पूरा गरेको भूगोल इनर्जी प्रालि ६ नम्बर प्रदेशमा विद्युत उत्पादन गरेर नेपाल […]

२०७३ चैत्र १३ गते, आईतवार

करोडौं भिसा शुल्क मिनाहा तयारी

काठमाडौं, १३ चैत । गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) को संरक्षणमा रहेका ४४ जना अवैध आप्रवासीको प्रवेशाज्ञा (भिसा) र विलम्ब शुल्कबापतको करिब अढाई करोड (२ लाख ४८ हजार अमेरिकी डलर) रुपैयाँ मिनाहा गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले कंगोका एकजना र ४३ पाकिस्तानीको प्रवेशाज्ञा र विलम्ब शुल्क मिनाहा गर्ने प्रस्ताव […]

२०७३ चैत्र १३ गते, आईतवार

गौतमबुद्ध विमानस्थलको निर्माणकार्य अबरुद्ध

काठमाडौं, १२ चैत । बिगत ८ दिनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माणकार्य रोकिएको छ । ०२३ सालदेखि नियमित उडान भर्दै आएको विमानस्थलमा सन् २०१८ मा अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेगरी २०७१ साल माघ १ गतेका दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गरेका थिए । तर, पछिल्लो एक हप्तायता निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार चिनियाँ […]

२०७३ चैत्र १२ गते, शनिबार

प्राधिकरणको वेबसाइटमा गलत तथ्यांक

काठमाडौं, ११ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वेबसाइटमा भूकम्पपछि पुनःनिर्माण भएका घरको गलत तथ्यांक राखिएको छ । प्राधिकरणको वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट एनआरए डट जिओभी डट एनपीमा भूकम्पपछि पुनःनिर्माण भएका घरको संख्या ४१ हजार ३११ छ । यो संख्यामा घर पुनःनिर्माण नभएको सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ । प्राधिकरणको वेबसाइटमा ‘पुनःनिर्माण सम्पन्न […]

२०७३ चैत्र ११ गते, शुक्रबार

केरुङमा पाँचसय कन्टेनर अलपत्र

काठमाडौं, ११ चैत । चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र […]

२०७३ चैत्र ११ गते, शुक्रबार

बोल्दा बोल्दै अचानक फोन काटिए क्षतिपूर्ति

काठमाडौं, १० चैत । आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली […]

२०७३ चैत्र १० गते, बिहीबार

त्रिशुलीमा बोलेरो खस्दा चालकको मृत्यु

काठमाडौँ, ९ चैत । चितवनको दारेचोकस्थित कुरिनघाट नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ […]

२०७३ चैत्र ९ गते, बुधबार

कोरिया भाषा परीक्षाको फारम खुल्यो

काठमाडौं, ९ चैत । वैदेशिक रोजगारको लागि सबैभन्दा आकर्षक मानिएको दक्षिण कोरिया जानेको लागि भाषा परीक्षाको फारम खुलेको छ । सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदारको लागि फारम आवेदन आजबाट सुरु भएको हो । यो पटक सबैले लाइनमा बस्नु नपर्ने भएको छ । कम्प्युटर चलाउन जान्ने वा […]

२०७३ चैत्र ९ गते, बुधबार