अर्थ

केरुङमा पाँचसय कन्टेनर अलपत्र

काठमाडौं, ११ चैत । चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र […]

२०७३ चैत्र ११ गते, शुक्रबार

बोल्दा बोल्दै अचानक फोन काटिए क्षतिपूर्ति

काठमाडौं, १० चैत । आवाज प्रस्ट नबुझिने, नेटवर्क आउनेजाने भइरहनेजस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वर्षौंदेखिका गुनासा अझै छन् । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली […]

२०७३ चैत्र १० गते, बिहीबार

त्रिशुलीमा बोलेरो खस्दा चालकको मृत्यु

काठमाडौँ, ९ चैत । चितवनको दारेचोकस्थित कुरिनघाट नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ […]

२०७३ चैत्र ९ गते, बुधबार

कोरिया भाषा परीक्षाको फारम खुल्यो

काठमाडौं, ९ चैत । वैदेशिक रोजगारको लागि सबैभन्दा आकर्षक मानिएको दक्षिण कोरिया जानेको लागि भाषा परीक्षाको फारम खुलेको छ । सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदारको लागि फारम आवेदन आजबाट सुरु भएको हो । यो पटक सबैले लाइनमा बस्नु नपर्ने भएको छ । कम्प्युटर चलाउन जान्ने वा […]

२०७३ चैत्र ९ गते, बुधबार

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं, ८ चैत । नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माण कार्यलाई तिव्रता दिन दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएको सडकखण्डमा यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवतजावत रोकिने भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार अब दैनिक बिहान […]

२०७३ चैत्र ८ गते, मंगलवार

कार्यकर्ता रिझाउन प्रधानमन्त्री दाहाल धमाधम बजेट बाँड्दै

काठमाडौं, ६ चैत । आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पमकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन् । प्रधानमन्त्रीको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जनौँ खुद्रे तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो । स्थानीय […]

२०७३ चैत्र ६ गते, आईतवार

न्यूजिल्याण्डद्वारा रोजगारीको लागि आकर्षक प्रस्ताव

काठमाडौं, ४ चैत । न्यूजिल्याण्डमा विदेशी नागरिकहरुका लागि हवाइ टिकट, खान–बस्न र घुम्ने सुविधासहित दरखास्त आह्वान गरिएको छ । खासगरी प्राविधिक कामदारका लागि आवेदन माग गरिएको हो । तत्कालका लागि वेलिङ्टनमा एक सयको संख्यामा विभिन्न विषयका दक्ष कामदार माग गरिएको छ । आवेदनकर्ताको वायोडाटा सन्तोषजनक पाइएको अवस्थामा अन्तरवार्ता तथा अन्य छनौट प्रक्रियाका लागि हवाई टिकट, […]

२०७३ चैत्र ४ गते, शुक्रबार

चप्पल कारखनामा आगलागी

काठमाडौ, ४ चैत्र । विराटनगर टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । आज बिहान करिब पाँच बजेतिर लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेपनि सफल हुन सकेको छैन । आगो नियन्त्रणमा लिन वारुण यन्त्र, प्रहरी र स्थानीय लागि परेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ ।

२०७३ चैत्र ४ गते, शुक्रबार

अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

काठमाडौं, ३ चैत । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला आजबाट शुरु भएको छ । महासंघले काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेको सो मेलामा स्वदेशी व्यवसायीका साथै भारत, चीन, बंगलादेश, पाकिस्तान, थाईल्याण्ड लगायतका देशका व्यवसायी सहभागी छन् । व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासमा नीजि क्षेत्रको योगदान उल्लेखनीय रहँदै आएको […]

२०७३ चैत्र ३ गते, बिहीबार

चानुवा – लेगुवा जोड्ने सडक निर्माणमा ढिलाई

काठमाडौं , ३ चैत । धनकुटाको मारेकटाहारेबाट चानुवा हुँदै लेगुवा जोड्ने सडक निर्माणमा ढिलाई भएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण सो सडक निर्माणमा ढिलाई भएको हो । डेनमार्क सरकारको उन्नति परियोजनाअन्तर्गत करिव १९ करोड ५२ लाख रुपैयाँको लागतमा बन्न लागेको ३१ किलोमिटर ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई भएको छ । आयोजनाको पहिलो खण्डअन्तर्गत […]

२०७३ चैत्र ३ गते, बिहीबार