अर्थ

विद्युत् खरिद सम्झौता ‘हेजिङ फन्ड’मार्फत्

काठमाडौं, २६ पुस । सरकारले जलविद्युत् आयोजनामा लगानी भित्र्याउन चाहने विदेशी लगानीकर्तालाई लक्षित गरेर अमेरिकी डलरमासमेत विद्युत् खरिद सम्झौता गर्नसकिने बताएको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्थापना गरिने ‘हेजिङ फन्ड’मा लगानीकर्तालेसमेत निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान अगाडि सारेको छ । अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसबाट पर्नसक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न त्यसखालको […]

२०७३ पुष २६ गते, मंगलवार

टेलिकमले सापटी ब्यालेन्स दिने

काठमाडौं, २५ पुस । नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ । टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ । यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकलाई […]

२०७३ पुष २५ गते, सोमबार

विद्युत् खरिद बिक्री दर सार्वजनिक

काठमाडौँ, २५ पुस । ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिले आज पत्रकार सम्मेलन गरि जलाशय र अर्धजलाशय जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री (पिपिए) दर सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको प्रकृति हेरी सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकिएको जानकारी दिए ।जलाशय आयोजनालाई मङ्सिर १६ देखि […]

२०७३ पुष २५ गते, सोमबार

मेट्रो रेल सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौँ, २४ पुस । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न समिति गठन गरेको हो । […]

२०७३ पुष २४ गते, आईतवार

‘न्युनतम पारिश्रमिक नदिए संसदमा लड्छौं ‘

काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका यूवा नेता एवम् पूर्व सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको कानुनको कान्तिपुरले पालना गर्नैपर्ने बताएका छन् । यदि कानुनको पालना हुन्न भने प्रतिपक्षको हैसियतले संसदमा गम्भीर रुपले उठाउने राईको धारणा थियो । ‘सञ्चारमन्त्री र कान्तिपुर पब्लिकेशन्स तपाईहरू सम्वेदनशिल हुनुस्, यदि हाम्रो पार्टीले यस बिषयमा संसदमा आवाज […]

२०७३ पुष २४ गते, आईतवार

बागमतीमा फोहर फाल्नेलाई बीस हजार जरिवाना

काठमाडौं, २३ पुस । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले […]

२०७३ पुष २३ गते, शनिबार

३३ किलो सुनको मालिक अझै पत्ता लागेनन्

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बरामद साँढे ३३ किलो सुनको मालिक अझै पत्ता लगाउन सकिएको छैन । सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगाउन नसकिएको ब्यूरोकी एसपी मीरा चौधरीले स्वीकारेका छन् […]

२०७३ पुष २३ गते, शनिबार

काठमाडौंका चारवटै नाकामा सुरुङमार्ग

काठमाडौं, २२ पुस । सरकारले काठमाडौंका सडक विस्तार गरी उपत्यकालाई बाहिरी जिल्लासँग सहज पहुँच बनाउने कार्यलार्ई प्राथमिकताका साथ अघि बढाएको छ । यसका लागि सुरुङमार्ग निर्माणमा विशेष जोड दिइएको छ । सडक विभागले काठमाडौंलाई छिमेकी जिल्लासँग सहज पहुँच विस्तार गर्न चारवटा सुरुङ मार्ग निर्माण गर्ने भएको छ । विभागका अनुसार नुवाकोट जोड्ने टोखा-छहरे र पाँचखाल […]

२०७३ पुष २२ गते, शुक्रबार

जनक शिक्षामा दुई अर्ब घाटा

काठमाडौं । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ? शिक्षा मन्त्रालय र केन्द्रका मात्र होइन निजी प्रकाशक र मुद्रकले पनि यो प्रश्न उठाउन थालेका छन् । एकातिर विद्यार्थीले समयमा विद्यालय तहका पाठ्यपुस्तक नपाउने अर्कोतिर सोही तहका पाठ्यपुस्तक बिक्री गरेर […]

२०७३ पुष २१ गते, बिहीबार

विद्युत् चोर पक्राउ

काठमाडौँ, २१ पुस । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन् । विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई […]

२०७३ पुष २१ गते, बिहीबार