अर्थ

लार्चामा बेलीब्रिज बन्दै

काठमाडौं, १९ साउन । गत साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ । सडक विभागद्वारा जडान गरिने सो पुलको सबै सामान योजना स्थलमा पुगिसकेकाले अबको २०÷२५ दिनमा बेलिब्रिज जडान भइसक्ने कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए । साबिकको […]

२०७४ श्रावण १९ गते, बिहीबार

पेन्सन खुवाउनै कठिन

काठमाडौ, १९ साउन । सरकारी कर्मचारीले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै छ । ६ वर्षमा झन्डै साढे ३० अर्बले पेन्सनको भार बढेको छ । कुल बजेटको ठूलो हिस्सा कर्मचारीको तलब–भत्तामै खर्च भइरहेको अवस्थामा पेन्सनको भार पनि डरलाग्दो ढंगले बढ्दै छ । सरकारी कार्यदलकै अध्ययन प्रतिवेदनअनुसार अहिलेकै अनुपातमा पेन्सन पाउने कर्मचारीको […]

२०७४ श्रावण १९ गते, बिहीबार

एलपी ग्यासको मूल्य घट्यो

काठमाडौं , १८ साउन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । आयल निगमले गए रातिदेखि लागु हुने गरी एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको जनाएको छ । अब ग्यास प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ पर्नेछ । ग्यासको भाउ घटाए पनि अरु पेट्रोलियम पदार्थको भाउ भने नघटेको निगमले जनाएको छ […]

२०७४ श्रावण १८ गते, बुधबार

दशैं खर्च जुटाउन भारत जानेको लर्को

काठमाडौ, १७ साउन । सुदूरपश्चिमका किसान रोपाइँ सकेर खाली समयमा पैसा कमाउन रोजगारीका लागि भारत जान थालेका छन् । दशैं तिहारजस्ता पर्वका लागि खर्च जुटाउन उनीहरु रोपाइँ सकिने बित्तिकै भारत जान लागेका हुन् । गड्डाचौकी र गौरीफण्टा नाकामा पटके रोजगारीका लागि भारत जानेहरुको लामो लर्काे देखिन्छ । खेतीपातीको काम सकिएपछि भारतका विभिन्न शहरमा गएर साउन […]

२०७४ श्रावण १७ गते, मंगलवार

टेलिकमको इन्टरनेटमा भारी छुट

काठमाडौं , १६ साउन । नेपाल टेलिकमले अाजबाट लागु हुने गरी जीएसएम-सीडीएमए तथा एडीएसएल-एफटीटीएच सेवाको मूल्य घटाएको छ । प्रमोसनल अफर अन्तरगत घटाइएको मूल्य ९० दिनसम्म उपलब्ध हुनेछ। जसअन्तर्गत ग्राहकले एक एमबीपीएस गतिको एडीएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाउने छन्। यसअघि मासिक एक हजार १७ रुपैयाँमा दुई ५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध हुँदै आएको […]

२०७४ श्रावण १६ गते, सोमबार

वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब ५० करोड कर छली

काठमाडौं, १३ साउन | आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ कर तिरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार सोही वर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पावरमार्फत गएका छन्। एक व्यक्तिलाई विदेश उडाएबापत ५० […]

२०७४ श्रावण १३ गते, शुक्रबार

सुन तोलाको ५४ हजार ५ सय

काठमाडौं, १२ साउन । आज सुनको भाउ बढेर तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा […]

२०७४ श्रावण १२ गते, बिहीबार

बुढीगन्डकी गेजुवालाई दिने निर्णयप्रति आपत्ति

काठमाडौं, ११साउन । व्यवस्थापिका–संसदअन्तर्गतको लेखा समितिको बैठकमा विज्ञहरुले बूढीगन्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनिहरुले नेपालको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साहित बनाउन र वैदेशिक लगानी भित्र्याउनसमेत बूढीगन्डकी जलविद्युत् आयोजना नेपाल आफैंले बनाउनुपर्ने बताए । जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बूढीगन्डकी आयोजना नेपाल आफैंले बनाउनुपर्ने भन्दै जलविद्युत् आयोजनामा […]

२०७४ श्रावण ११ गते, बुधबार

मोबाइलमा दैनिक १८ करोड खर्च !

काठमाडौं, ११ साउन । झन्डै एक चौथाइ नागरिक गरिबीको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैंयाँ मोबाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकमा दुई ठूला मोबाइल सेवा प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका मोबाइल ग्राहकले एक दिनमा नौं करोड रुपैंयाँ खर्च गरेको देखिएको छ । टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा […]

२०७४ श्रावण ११ गते, बुधबार

कोरियन भाषा परीक्षाको नतिजा भोलि प्रकाशित हुने

काठमाडौं , १० साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले कोरियन भाषा परीक्षाको नतिजा बुधबार प्रकाशित हुने बताएका छन । नतिजा भोलि विहान १० बजे सार्वजनिक हुनेछ । नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटमा ईपीएसको हेर्न सकिने छ । यो वर्ष […]

२०७४ श्रावण १० गते, मंगलवार