अर्थ

आन्तरिक हवाई भाडा घट्यो

काठमाडौँ, २० असार । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले राससलाई जानकारी दिनुभयो । निगमले हवाई […]

२०७४ असार २० गते, मंगलवार

राति डेढ महिना मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गर्न निर्देशन

काठमाडौँ, २० असार । व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म (करिब डेढ महिना) राति सवारी आवागमन निषेध गर्न, […]

२०७४ असार २० गते, मंगलवार

नौ खर्बको आयात, निर्यात ६८ अर्ब

काठमाडौं, १८ असार । चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँका सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको थियो । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आयात र निर्यातको तथ्यांकअनुसार आर्थिक […]

२०७४ असार १८ गते, आईतवार

आज राष्ट्रिय धान दिवस

काठमाडौं, १५ असार । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । देशभर १४ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । २०६१ साल मंसिर […]

२०७४ असार १५ गते, बिहीबार

चामल ढुवानी खर्च प्रतिकिलो ३३० रुपैयाँ !

काठमाडौं, १३ असार । सडक सञ्जाल नपुगेको हिमाली जिल्ला हुम्लामा प्रतिकेजी चामल ढुवानी गर्नमात्र ३ सय ३० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । खाद्यान्न ढुवानीको जिम्मेवारी पाएको नेपाल खाद्य संस्थानले समयमै काम नगर्दा यति महँगोमा चामल ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । सडक नपुगेको हुम्लामा बर्सेनि हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भए पनि […]

२०७४ असार १३ गते, मंगलवार

दू्रतमार्ग निर्माणका लागि कार्यविधि तयार

काठमाडौ, ८ असार। आज बसेको मन्त्रीपरिषद बैठकलेले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ । बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो । दू्रतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । स्वदेशी लगानीमै सम्पन्न गर्नेगरी सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण गर्ने जिम्मेवारी […]

२०७४ असार ८ गते, बिहीबार

ढाका कपडा देश विदेशमा चर्चित

काठमाडौं, ८ असार । तेह्रथुममा परम्परागत हाते मेसिनबाट तयार गरिँदै आएको ढाका कपडाको बजार प्रवद्र्धनका लागि महिलालाई शीपमूलक तालिम दिइएको छ । यहाँका महिलाले हाते मेसिनबाट बुनेको ढाका कपडा देश विदेशमा चर्चित छ । तर बजारीकरणका लागि विचौलियाको भर पर्दा उद्यमीले न्यून मूल्य मात्रै पाउने गरेका छन् । गरिबी निवारण कोषले उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा रुचाइएको […]

२०७४ असार ८ गते, बिहीबार

भूकम्प पीडितलाई ट्याक्सी वितरण हुदै

काठमाडौ, ७ असार । यातायात व्यवस्था विभागले १४ जिल्लाका एक हजार पाँच सय भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ। विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधरणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिनसम्म नम्बर वितरण गर्न लागेको हो। विभागले ट्याक्सी नम्बर प्लेट वितरण तीनदिन वितरण गर्ने कार्यतालिका बनाएको छ। विभागका प्रवक्ता टोकराज पाण्डेले पहिलो […]

२०७४ असार ७ गते, बुधबार

यती कार्पेट उद्योगमा भीषण आगलागी

काठमाडौँ , ४ असार । यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ । भक्तपुरको सल्लाघारीस्थित सो उद्योगमा शुक्रबार राति साढे ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरबाट गएका ८ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा प्रयास भइरहेको हो । आगलागीबाट उद्योग जलेर ध्वस्त भएको छ । आगलागीको […]

२०७४ असार ४ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, ३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर रु १.५० घटाइएको बताए । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय बनाइएको छ । […]

२०७४ असार ३ गते, शनिबार