अर्थ

४४० थान मोबाइल सेट बरामद

काठमाडौं, २२ जेठ । प्रहरीको टोलीले आइतबार राति सिरहाको बरियारपट्टि गाउँपालिका–३ बाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको बरियारपट्टि गाउँपालिका–३ बाट रु सात लाख चार हजार मूल्य बराबरको जेन कम्पनीको ‘पी ६१’ मोडलका ४४० थान मोबाइल सेट बरामद भएको जिल्ला […]

२०७४ जेष्ठ २२ गते, सोमबार

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

काठमाडौं, २१ जेठ । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी […]

२०७४ जेष्ठ २१ गते, आईतवार

भारतीय अवरोधका कारण नारायणीमा तटबन्ध आयोजना अलपत्र

काठमाडौं, २० जेठ । सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ । भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका […]

२०७४ जेष्ठ २० गते, शनिबार

प्राधिकरण र सिउरी न्यादीबीच विद्युत् खरिद सम्झौता

काठमाडौं, २० जेठ । नेपाल विद्युत् प्राधिकरण र सुपर न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक सिउरी न्यादी पावर प्रालिबीच शुक्रबार विद्युत् खरिद सम्झौता भएको छ । लमजुङ, भुलभुलेमा अवस्थित ४०.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ । प्राधिकरणमा आयोजित विद्युत् खरिद सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पावरका प्रमुख शैलेन्द्र गुरागाइँबीच हस्ताक्षर भएको छ […]

२०७४ जेष्ठ २० गते, शनिबार

आन्तरिक राजश्व विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

काठमाडौं, १९ जेठ । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । कर निर्धारणका विषयमा छलफल गर्न आयोगले शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले रासससँग कुरा गर्दै भने–‘शर्मालाई आयोगले […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

मन्त्रीद्वारा सरकारी गाडीको दुरुपयोग

काठमाडौं, १९ जेठ । मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीनवटा सरकारी गाडी प्रयोग गरिरहेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कार्पियो […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

जथाभावी बाटो काटे २ सय रुपैयाँ जरिवाना

काठमाडौ, १६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने पैदल यात्रुमाथि कार्वाही सुरु गरेको छ । आकाशेपुल र जेब्राक्रसबाट मात्रै बाटो काट्न डेढ महिनायता जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको महानगरीय ट्राफिक महाशाखाले आजदेखि जथाभावी बाटो काटने पैदल यात्रुमाथि कारबाही सुरु गरेको हो । जथाभावी बाटो काटने पैदलयात्रुलाई २ सय जरिवानसहितको कार्वाही हुनेछ । […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

अब सबैलाई स्थायी लेखा नम्बर

काठमाडौँ, १६ जेठ । सरकारले सङ्घीय वित्त संरचनालाई सुदृढ र सबल बनाउँदै समृद्ध अर्थतन्त्र निर्माणका लागि सङ्घीय राजस्व नीति तर्जुमा गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४÷०७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सङ्घीय वित्त सुदृढीकरणका लागि सङ्घीय राजस्व नीति तर्जुमा गर्ने घोषणा गर्नुभएको हो । […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

बजेट सार्वजनिक गरिँदै

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गर्दै छ । आज अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ […]

२०७४ जेष्ठ १५ गते, सोमबार

अवैध भारुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, ८ जेठ । भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले भारु […]

२०७४ जेष्ठ ८ गते, सोमबार