दसैँको टिकट बुकिङ शुक्रबारबाट
काठमाडौँ, असोज ४ गते । दसैँ, तिहार र छठलाई लक्षित गरी राजधानीबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन बसको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारले नारायणघाट–मुग्लिन सडकखण्ड विस्तारका क्रममा जामको समस्या बढेपछि यस वर्ष अग्रिम टिकट बुकिङ सेवा ढिलो गरी सञ्चालन गरेको बताउनुभयो । […]
२०७३ आश्विन ४ गते, मंगलवार