स्वास्थ्य / शिक्षा

शुल्कवृद्धि विरुद्ध अखिल क्रान्तिकारी

काठमाडौँ, २८ असार । भर्नाको मुखमा सिटिईभिटीले सबै कार्यक्रममा शूल्कवृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले घोर आपत्ति जनाएको छ । प्राविधिक शिक्षाको एउटै मात्र संस्थाको रुपमा रहेको सिटिईभिटीको शूल्य वृद्धि गरेर गरिबका छोराछोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने षड्यन्त्र गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले शूल्यवृद्धिका तयारी फिर्ता नलिए भर्ना नै रोक्ने चेतावनी दिएको छ […]

२०७५ असार २८ गते, बिहीबार

पुल बगाएपछि परीक्षा स्थगित

काठमाडौं, २७ असार । दार्चुला नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिए । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । […]

२०७५ असार २७ गते, बुधबार

अनसनरत डा.केसीको स्वास्थ्य बिग्रिँदै

काठमाडौं ,२४ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमै अनसनरत डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । आमसरण अनसन बसेको नवौ दिन पुग्दा डा.केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको […]

२०७५ असार २४ गते, आईतवार

विद्यालयमा राजनीति ! गाउँपालिका अध्यक्षद्वारा नेविसंघको झण्डावाल कपी र झोला बितरण

काठमाडौं, २४ असार । रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा अवस्थित जलेदवी मा.वि.मा नेपाली काङ्ग्रेसको राजनीतिको अखडा बनेको छ । काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिती खड्काले विद्यालयमा राजनीति गर्ने सुनुयोजित चालले संयुक्त रूपमा अभ्यास पुस्तिका र झोला वितरण गरेका छन् । असार १० गते विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गर्ने नाममा चौलागाईले आफूलाई समाजसेवी देखाउन […]

२०७५ असार २४ गते, आईतवार

स्नातकोत्तर तहमा ‘सार्वजनिक नीति ‘ पढाइ हुने

काठमाडौं, १९ असार । काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सार्वजनिक नीति विषयमा पढाइ शुरु गर्ने भएको छ । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । काठमाडाँै […]

२०७५ असार १९ गते, मंगलवार

अखिल क्रान्तिकारी सिटिइभिटीको अनुगमन गर्दै

काठमाडौं, १८ असार । अखिल क्रान्तिकारीले सिटिईभिटीमा तोकिएको शूल्क कार्यान्वयन, भौतिक पूर्वाधार, सम्बन्धनबारे अनुगमन सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सिटिईभिटी इन्चार्ज हर्क बिकको नेतृत्वमा महेन्द्रनगरबाट सुरु गरिएको छ । सिटिईभिटीका क्षेत्रिय कार्यालय र सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरुको अनुगमन गरिएको बताइएको छ । “तोकिएको शूल्कभन्दा बढी लिएको विद्यार्थी र अभिभावकले गुनोसो […]

२०७५ असार १८ गते, सोमबार

एसईईको नतिजा प्रकाशित

काठमाडौँ, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो । नतिजा सार्वजनिकको निर्णय लिन अपरान्ह ४ बजे बोर्डको वैठक डाकिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार […]

२०७५ असार १० गते, आईतवार

विषादी मापन प्रयोगशाला लथालिङ्ग

काठमाडौँ, ९ असार । झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा स्थापना गरिएको विषादी मापन प्रयोगशाला लथालिङ्ग अवस्थामा पुगेको छ । प्रयोगशालाका प्रमुख राजेन्द्र खरेलले सोचेअनुसारको काम गर्न नसकिएको बताए । एउटै कोठामा ल्याब, कार्यालय र सबै कर्मचारी राखेर काम गर्नुपर्ने बाध्यता छ । उनले कार्यालय सञ्चालनदेखि सबै काम एउटै कोठाबाट गर्नुपर्दा सेवाग्राहीलाई समेत समस्या आएको जानकारी […]

२०७५ असार ९ गते, शनिबार

एसईईको नतिजा प्रकाशित हुदै

काठमाडौँ, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले आज अपराह्न ४ बजे नतिजा सार्वजनिक हुने बताएका छन् । ‘सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइसकेको छ, नियन्त्रक रेग्मीले भने ’आज […]

२०७५ असार ९ गते, शनिबार

नेपाल शिक्षक महाँसघ रुपन्देहीमा समानन्तर कमिटी गठन

काठमाडौँ, ८ असार । नेपाल शिक्षक महाँसघ रुपन्देही समानन्तर कमिटि गठन भएको छ । अाज रुपन्देहीको भैरहवामा भएको ७ शिक्षक सगठँनका शिक्षकहरुको प्रथम भेलाले गिरि मरासिनीको अध्यक्षसगठँनका २६ सदस्यीय समानन्तर जिल्ला समिति चयन गरेको हो । समितिको सअअध्यक्ष गणेश प्रसाद माझि,उपाध्यक्षमा गिता पाण्डे र प्रेमनाथ त्रिपाठी,सचिव कनई प्रसाद यादब,अर्थ उपमहासचिव राम बहादुर थारु,सहसचिवमा शुशिला गैरे […]

२०७५ असार ९ गते, शनिबार