स्वास्थ्य / शिक्षा

घरमा लगाइने रङमा प्रयोग हुने सिसाबाट स्वास्थ्यमा हानी

काठमाडौँ, ८ कात्तिक । के तपाईंले आफ्नो घरलाई चिटिक्क पार्न रङको प्रयोग गर्ने सोचाइ राख्नुभएको छ ? यदि यस्तो सोचाइमा हुनुहुन्छ भने आजदेखि नै यो सोचाइलाई परित्याग गर्नुहोस् । विज्ञका अनुसार घर, अफिस, विद्यालय तथा ठूल्ठूला भवनमा प्रयोग हुँदै आएका रङमा सिसा(लिड)को प्रयोग गरिएका हुन्छन्, जुन मानव स्वास्थ्यका लागि निक्कै घातक छन् । नेपाल सरकार […]

२०७३ कार्तिक ८ गते, सोमबार

बुढेसकालमा कखरा सिक्दै

काठमाडौ, ६ कात्तिक । उमेरले ६० वर्ष पुग्नुभएकी कुविजा देवकोटा यतिबेला कखरा सिक्दै हुनुहुन्छ । अशिक्षाले गाँजेको हाम्रो समाजमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने पुरानो मान्यताले पढ्ने रहर हुँदाहुँदै पनि उहाँले पढ्न पाउनुभएन । नातिनातिनाको हजुरआमा बन्नुभएकी देवकोटाले बुढेसकालमा आएर सानैदेखिको पढ्ने इच्छा पूरा गर्दै हुनुहुन्छ । अमेरिकन संस्था युएसआइडीको आर्थिक सहयोगमा किसान परियोजना पाल्पाले जिल्लाका […]

२०७३ कार्तिक ६ गते, शनिबार

कक्षा १० मा एसईसी १२ मा एसएलसी

काठमाडौँ, ६ कात्तिक । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो । बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन सर्टिफिकेट) अर्थात् […]

२०७३ कार्तिक ६ गते, शनिबार

अस्थायी शिक्षकसँग वार्ता गर्न माग

काठमाडौँ, ५ कात्तिक । नेपाल शिक्षक महासङ्घले आन्दोलनरत अस्थायी शिक्षकको समस्या समाधानका लागि वार्ता गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुँवरले आज जारी गर्नुभएको विज्ञप्तिमा वार्ता र संवादबाट समस्याको समाधान गर्न शिक्षा मन्त्रालयसँग माग गरिएको हो । आफूहरुलाई सीमित प्रतियोगिताबाट स्थायी गरिनुपर्ने वा उचित सुविधासहित बिदाई गर्नुपर्ने मागसहित […]

२०७३ कार्तिक ५ गते, शुक्रबार

शिक्षकलाई चार श्रेणीमा व्यवस्थापन गरिने

काठमाडौँ, ५ कात्तिक । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली संशोधनको मस्यौदामा शिक्षक व्यवस्थापन गर्न आधारभूत तहमा चार श्रेणीको प्रस्ताव अगाडि सारिएको छ । मस्यौदामा शिक्षकलाई आधारभूत तह (कक्षा १–८)मा विशिष्ट, प्रथम, द्वितीय र तृतीय गरी चार श्रेणीमा विभाजन गर्ने प्रस्ताव गरिएको छ । माध्यमिक तह (कक्षा ९–१२)मा भने प्रथम, द्वितीय र तृतीय श्रेणीमा विभाजन […]

२०७३ कार्तिक ५ गते, शुक्रबार

कृषि विश्वविद्यालयको वेथिति रोक्न माग

काठमाण्डौ, ४ कात्तिक । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले कृषि विश्वविद्यालय भित्रको वेथिति तत्काल रोक्न माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लाल वहादुर तामाङले कृषि विश्वविद्यालयका उपकुलपति आइपी ढकाललाई ११ बुदे माग सहितको ज्ञापनपत्र पेश गर्दै कृषि तथा बन विज्ञान विश्वविधालय शैक्षिक माफियाको योजनामा अघि वढेको ठोकुवा गरे । उनले विभिन्न निजि कलेजहरुलाई […]

२०७३ कार्तिक ४ गते, बिहीबार

स्क्रब टाइफसबाट ६ महिनामा नौजनाको मृत्यु

काठमाडौँ, ३ कात्तिक । देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ । महाशाखाअन्तर्गतको इपिडिमियोलोजी […]

२०७३ कार्तिक ३ गते, बुधबार

भिटामिन ए र जुकाको औषधि खुवाईंदै

काठमाडौ, २ कात्तिक । आज र भोलि देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाईंदैछ । भिटामिन खुवाउने कार्यक्रम बिहानैबाट स्वास्थ्य सेवा केन्द्र र सामुदायिक अस्पतालहरुमा सुरु हुँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत कात्तिक २ र ३ गते देशभरका ७५ जिल्लाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औसधी खुवाउने गरीन्छ […]

२०७३ कार्तिक २ गते, मंगलवार

आयुर्वेदिक महत्वको रुद्राक्षको माग बढ्दो

काठमाडौ, १ कात्तिक । हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ । धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको छ तर, औषधिका रुपमा पनि यसको प्रयोग हुन्छ भन्ने […]

२०७३ कार्तिक १ गते, सोमबार

पाठ्यपुस्तक छपाईसम्बन्धी निर्णय गर्न ढिलाइ

काठमाडौं, ३० असोज । शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तक छपाइसम्बन्धी निर्णय गर्न ढिलाई गरेको छ । आउँदो शैक्षिक सत्रदेखि आधारभुत तहको तल्लो तहमा रंगीन पाठ्यपुस्तक छपाउन सरकारले बजेट बिनियोजन गरेको छ । तर, कति कक्षासम्म र मुलुकभरका विद्यार्थीलाई उपलब्ध गराउने कि पाइलट प्रोजेक्टका रुपमा निश्चित जिल्लामा पुर्‍याउने भन्ने निर्णय हुन सकेको छैन । रंगीन पुस्तक […]

२०७३ आश्विन ३० गते, आईतवार