स्वास्थ्य / शिक्षा

निजी विद्यालयमा तालाबन्दी

काठमाडौं, २६ वैशाख। नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले देशैभरका डेढ सयभन्दा बढी निजी विद्यालयको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेको छ ।सर्वोच्च अदालतको आदेश विपरित निजी विद्यालयको छाता संगठन प्याबसनले शुल्क बृद्धि गरेकाले निजी विद्यालयका प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले जानकारी दिए । शुल्क बृद्धि फिर्ता लिनुपर्ने, संस्थागत विद्यालयका लागि […]

२०७१ बैशाख २६ गते, शुक्रबार

मापदण्ड नपुगेका अस्पताल नवीकरण नहुने

काठमाडौ, वैशाख २६ – स्वास्थ्य मन्त्रालयले मापदण्ड पूरा नगर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको नवीकरण नगर्ने बताएको छ ।दुई महिना अनुगमन गर्दा धेरै स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेकाले सुधारको लागि मौका दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक जिडी ठाकुरका अनुसार सरकारी अस्पतालमा व्यवस्थापनको समस्या बढी देखिएको छ । धेरै निजी अस्पताल […]

२०७१ बैशाख २६ गते, शुक्रबार

अस्थायी शिक्षक र शिक्षामन्त्रीबीच बार्ता हुने

काठमाडौ, २५ वैशाख ।आन्दोलनरत अस्थायी शिक्षक सङ्घर्ष समितिले अब शिक्षामन्त्रीसँग वार्ता गर्ने भएको छ । मन्त्रालयका सहसचिव खगराज बराल तथा समितिका अध्यक्ष रामचन्द्र अधिकारी नेतृत्वको टीलीबीच बुधबार भएको वार्ता निष्कर्षविहीन भएपछि सिधै मन्त्रीसाग वार्ता गरिने भएको हो । वार्तामा आन्दोलनरत पक्षले विगतमा भएको सम्झौता पालना गरेर ऐन संशोधन गरी सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी […]

२०७१ बैशाख २५ गते, बिहीबार

अस्थायी शिक्षकद्वारा सामुदायिक विद्यालय बन्द

काठमाडौ,२३ वैशाख। अस्थायी शिक्षकहरुले आज सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भएका छन् । सरकारले माग पूरा नगरेको र शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले आज विद्यालयमा नपढाउने घोषणा गरेका हुन् । यसै बीच आज अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगमा धर्ना दिने कार्यक्रम रहेको छ । अस्थायी शिक्षकहरुले अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने, […]

२०७१ बैशाख २३ गते, मंगलवार

देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौँ, २२ बैशाख । अस्थायी शिक्षक संघर्ष समिति नेपालले आज देशभरका सामुदायिक विद्यालयहरुमा पठनपाठन बन्द गरेका छन् ।सरकारसँग राखेका ६ सुत्रीयमाग पुरा नभएको विरोधमा आन्दोलन गर्दै आएको शिक्षक संघर्ष समितिको केन्द्रीय कार्यक्रम अनुसार १ दिनका लागि सम्पूर्ण सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । संघर्ष समितिले सरकारसंग सम्पूर्ण अस्थायी शिक्षकहरुलाइ आन्तरिक प्रक्रियामार्फता स्थायी गर्नुपर्ने, संवैधानिक […]

२०७१ बैशाख २२ गते, सोमबार

अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आन्दोलनको उदघोस

काठमाडौं ,२० बैशाख।अखिल नेपाल शिक्षक सङ्गठनले पेशागत र शैक्षिक एजेण्डाका सम्बन्धमा शिक्षा मन्त्रालयसँग पटक-पटक भएका सहमति कार्यान्वयन नभए पछि आन्दोलनको थालनी गर्ने भएको छ ।संगठनले २०७१ बैशाख २२ गते ७५ वटै जिल्ला शिक्षा कार्यलयमा २ घण्टा धर्ना दिने र २३-२७ सम्म पेशागत र शैक्षिक मागका विषयमा स्थानीय स्तरमा अन्तक्रियात्मक भेटघाट र केन्द्रमा सम्बन्धित निकायमा माग […]

२०७१ बैशाख २० गते, शनिबार

कक्षा १२ को परीक्षा सुरु

काठमाडौ, १९ वैशाख । उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ ।यही वैशाख ३० गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा आज बिहान ७ बजेबाट देशभर शान्तिपूर्णरुपमा सुरु भइरहेको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षामा देशभरबाट […]

२०७१ बैशाख १९ गते, शुक्रबार

सुरक्षित मातृत्व अभियान सुरुहुदै

काठमाडौ, १६ वैशाख ।सरकारले आजदेखि ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ नाराका साथ एक महिने सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सञ्चालन गर्ने अभियान अन्तर्गत महिनाभर महिलाको गर्भावस्था, सुत्केरी हुँदा र भइसकेपछिको स्वास्थ्य सुरक्षा सम्बन्धमा जनचेतना जगाउने गरी प्रचारप्रसार गर्ने, र्‍याली, छलफल लगायतका कार्यक्रम गरिनेछ । यस्तै गर्भावस्थामा चार […]

२०७१ बैशाख १६ गते, मंगलवार

एस.एल.सि. रिजल्ट रोक्छौं

काठमाडौं ,१६ बैसाख । प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षणको कामलाई रोकेर पारिश्रमिकको लागि आन्दोलनमा उत्रेका शिक्षकहरुले आफ्ना माग पूरा नभए देशभरीका सबै परिक्षा केन्द्रमा ताला बन्दी गरी रिजल्ट नै रोक्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षक समिति काठमाडौंका संयोजक जेपी […]

२०७१ बैशाख १६ गते, मंगलवार

उच्च माध्यामिक शिक्षा परिषदको चरम लापरवाही , परीक्षा केन्द्र नै गोप्य

काठमाडौं, १४ वैशाख ।उच्च माध्यामिक शिक्षा परिषदले सबै विद्यार्थी र विद्यालयलाई जानकारी दिनुपर्ने परीक्षा केन्द्र सधैं गोप्य राख्ने गरेको छ ।एक महिनाअघि केन्द्रको नाम सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि परीक्षा आउन ५ दिन बाँकी हुँदासमेत परिषदले आफ्नै वेब साइटमा पनि नराखिकन गोप्य राखेको छ ।कम विद्यार्थी भएका केही विद्यालयमा परीक्षा केन्द्र कायम गर्नु, केही जिल्लामा […]

२०७१ बैशाख १४ गते, आईतवार