स्वास्थ्य / शिक्षा

सिंहदरबार वैद्यखानाद्वारा चार महिनापछि औषधि उत्पादन सुरु

काठमाडौं । चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ। धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको सो विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन […]

२०७९ असार २० गते, सोमबार

सि.उ.मा.वि. धमालीमा निःशुल्क अतिरिक्त कक्षा

काठमाडौँ । अछामस्थित तुर्माखाँद गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष निरकबहादुर शाहीले कक्षा ७ देखि १० सम्म निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्ने उद्घोष गरेका छन । आईतबार सिद्धेश्वरी माध्यमिक विद्यालयमा वडा कार्यालयको आयोजनामा भएको आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा माध्यामिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रको प्रमुख अतिथिको आसनबाट उक्त घोषणा गरेका हुन् […]

२०७९ असार २० गते, सोमबार

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गरे । उनका […]

२०७९ असार १९ गते, आईतवार

माओवादीकेन्द्रनिकट बिद्यार्थी संगठन फुटयो

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो । ‘अध्यक्षको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु […]

२०७९ असार १८ गते, शनिबार

जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई कालोमोसो !

काठमाडौं । अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा लाई कालोमोसो दलेर कारबाही गरेको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले प्रबन्ध निर्देशक झा लाई सरकारी बिघ्यालयहरुमा पाठ्यपुस्तकको चरम कृतिम अभाव र भ्रष्टाचारको आरोपमा कारबाही गरेको जनाएको छ।अखिल(क्रान्तिकारी) केन्द्रीय समितीले प्रबन्ध निर्देशक झा लाई कारबाही गर्नुको कारण सहितको पर्चा जारी गरेको छ।क्रान्तिकारीद्वारा […]

२०७९ असार १७ गते, शुक्रबार

काठमाडौं उपत्यकाको खानेपानीमा हैजाको जीवाणु

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको खानेपानीमा हैजाको जीवाणु भेटिएको छ । ट्यांकर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयूकेएल’ले वितरण गर्दै आएको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको हो । पानीको जार पुनः प्रयोग हुँदा राम्ररी सफा नगरिएका कारण त्यसमा पनि जीवाणु फेला परेको छ ।जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, […]

२०७९ असार १७ गते, शुक्रबार

काठमाडौंका सडकमा खानेकुरा बेच्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (असार १४ गते) देखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले काठमाडौं महानगरले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागिएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने […]

२०७९ असार १५ गते, बुधबार

हैजासम्बन्धी समस्या वा लक्षण देखिए ११८० मा फोन गर्नुस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौविसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ । नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताइएको छ । […]

२०७९ असार १४ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्वारा शिक्षा र स्वास्थ्यमा गरिएको व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने उदघोष

काठमाडौं । अखिल (क्रान्तिकारी)ले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको चौथो पूर्ण बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । सो संगठनको चौथो पूर्ण बैठकले समान, निःशुल्क, वैज्ञानिक र अनिवार्य शिक्षाको […]

२०७९ असार १४ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्धारा लुम्बिनी इन्जिनियरिङ कलेजमा तालाबन्दी

काठमाडौं । अखिल (क्रान्तिकारी) लुम्बिनी इन्जिनियरिङ कलेज इकाई समितिले कलेज प्रशासनमा तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले यसअघि कलेजभित्र विद्यार्थीका विभिन्न समस्याहरु रहेको भन्दै कलेज प्रशासनलाई ध्यानाकर्षण पत्र दिएको थिए । कलेजले विद्यार्थीहरुको समस्या समाधान गर्न बेवास्ता गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको संगठन कलेज इन्चार्ज गोपाल रोकले बताए । अखिल (क्रान्तिकारी)ले […]

२०७९ असार १३ गते, सोमबार