स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले कोरोना महबमारीले देश आक्रान्त भएको कारण व्यक्तिगत दूरी कायम गर्दै महामारीविरुद्धको अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ ।सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरले सम्पूर्ण मानवजीवन सङ्कटपूर्ण बनाएको र यो विषम परिस्थितिमा सुरक्षा र उपचार सहज तरिकाले नहुने भएकाले सङ्गठनको राष्ट्रिय सम्मेलन स्थगित […]

२०७८ बैशाख २५ गते, शनिबार

जनस्वास्थ्यकर्मी महासङ्घ चितवनद्वारा सहायता डेस्क स्थापना

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले कोरोना महामारीको असरलाई ध्यान दिँदै भरतपुर अस्पतालमा सहायता डेक्स स्थापना गरेको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै अस्पताल आउने बिरामीलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसको असर र बच्ने तरिकाबारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरिएको जानकारी […]

२०७८ बैशाख २५ गते, शनिबार

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज बेइजिङ जाँदै

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।वाइड बडी जहाजले चीनबाट ४०० […]

२०७८ बैशाख २५ गते, शनिबार

६८० पत्रकारलाई कोरोना संक्रमण !

काठमाडौं । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्। प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान […]

२०७८ बैशाख २५ गते, शनिबार

‘बालिकामाथि अमानवीय र आपराधिक कार्य गर्नेलाई कडा कारबाही गर’

काठमाडाैं । अखिल (क्रान्तिकारी) कास्कीले बिहे हेर्न आएकी एक बालिकामाथि तीनजनाको समूहले पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो अमानवीय र आपराधिक कार्य गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । सो सङ्गठनकी उपाध्यक्ष कमला परियारले विज्ञप्ति जारी गर्दै वैशाख २० गते बाजुराको त्रिवेणी नगरपालिका ९ मलाल गाउँमा […]

२०७८ बैशाख २१ गते, मंगलवार

अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्षमा अमृत मास्के

काठमाडौँ । अखिल (क्रान्तिकारी) पर्वतको प्रथम जिल्ला सम्मेलनले अमृत मास्केको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी पर्वत जिल्ला इन्चार्ज अनन्त, अतिथिहरूमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव उषा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो […]

२०७८ बैशाख १७ गते, शुक्रबार

कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण गर्न का लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले […]

२०७८ बैशाख १६ गते, बिहीबार

अखिल (क्रान्तिकारी) र सीटीईभीटीबीच ७ बुँदे सहमति

काठमाडौँ । अखिल (क्रान्तिकारी) सीटीईभीटी क्षेत्रीय समन्वय समितिले २०७७ माघ १९ गते बुझाएको १२ बुँदे मागपत्रमा सीटीईभीटी र अखिल (क्रान्तिकारी) बीच ७ बुँदे सहमति भएको छ । सहमतिमा सीटीईभीटी अन्तर्गतका आङ्गिक, सामुदायिक, साझेदारी र प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न कार्यक्रममा लिइँदै आएको शुल्कमा भूगोल र सञ्चालित कार्यक्रमअनुसार एकरुपता कायम गर्ने, निजी शिक्षालायहरूमा तोकिएको शुल्क कडाइपूर्वक लागू गर्ने, […]

२०७८ बैशाख १४ गते, मंगलवार

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई सोमबार पत्र लेख्दै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. समीरकुमार अधिकारीले भारतमा […]

२०७८ बैशाख १३ गते, सोमबार

अखिल (क्रान्तिकारी) काभ्रेको अध्यक्षमा सुरज लामिछाने

काठमाडौं । अखिल (क्रान्तिकारी) काभ्रेले २० औँ जिल्ला सम्मेलनले अध्यक्षमा सुरज लामिछानेलाई चयन गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनद्वारा शुक्रबार बनेपा पोलिटेक्निकमा आयोजित भेलामा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको उपस्थिति रहेको थियो । उक्त भेलाबाट पुर्व अध्यक्ष महेन्द्र ओलीलाई बिदाई र नवनियुक्त अध्यक्ष सुरज लामिछानेलाई स्वागत गरिएको थियो । अध्यक्षमा नियुक्ति हुँदै […]

२०७८ बैशाख १३ गते, सोमबार