स्वास्थ्य / शिक्षा

बिर्सने रोगको समस्या बढ्दो

काठमाडौं, १९ फागुन । नेपालमा पछिल्लो समय डिमेन्सिया अर्थात् बिर्सनेरोगको समस्या बढ्दो मात्रामा देखिएको छ । कुनै समयमा उमेरजन्य समस्याकारुपमा हेरिने यो रोग पछिल्लो समयमा युवाहरुमा पनि उत्तिकै देखिन थालेपछि भएको अध्ययनमा अल्कोहलको अधिक सेवन नै यसको कारण रहेको पाइएको छ । एक हप्तामा ३०० एमएलभन्दा बढी अल्कोहल सेवन गर्नुहुन्छ भने विचार पु¥याउनुहोस्, तपाईँलाई डिमेन्सिया […]

२०७४ फाल्गुन १९ गते, शनिबार

काठमाडौंको हावामा क्यान्सर निम्त्याउने कण

काठमाडौँ,१८ फागुन । वायु प्रदूषणबारे वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार काठमाडौँ उपत्यकामा क्यान्सर निम्त्याउने कणको मात्र धेरै रहेको पाइएको छ । सन् १९९७ तिर विश्व बैंकको एउटा प्रतिवेदनमा काठमाडौंमा वायु प्रदूषण बढेको उल्लेख थियो । सन् २००१-२ तिर सरकारले उपत्यकामा ६ वटा प्रदूषण मापन केन्द्र सञ्चालनमा ल्याएको थियो । सन् २००८ सम्म ती केन्द्र सञ्चालनमै रहे […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार

कानून अध्ययनमा कोटा, विद्यार्थीद्वारा विरोध

काठमाडौं, १७ फागुन । अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन् । कानून संकाय डिनको कार्यालयले यो शैक्षिकसत्रदेखि कानून विषय पढाइ हुने क्याम्पसमा निश्चित कोटा तोकी भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । […]

२०७४ फाल्गुन १७ गते, बिहीबार

कक्षा १ पढ्न ५ लाख !

काठमाडौँ, १५ फागुन । ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आईसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत […]

२०७४ फाल्गुन १५ गते, मंगलवार

सार्वजनिक यातायातका चालक र सहचालकको आँखा परीक्षण

काठमाडौं, १४ फागुन । बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने मुख्य उद्देश्यका साथ आइतबार पोखरामा आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण गरियो । हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको रजत महोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सय वर्ष पुगेको अवसरमा आयोजना गरिएको आँखा परीक्षण शिविरबाट २० जनालाई […]

२०७४ फाल्गुन १४ गते, सोमबार

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

काठमाडौं, १३ फागुन । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ । नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए । विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण […]

२०७४ फाल्गुन १३ गते, आईतवार

नर्भिक अस्पतालको चरम लापर्वाही, देब्रे घुँडाको सट्टा दाहिने घुँडाको अपरेशन

काठमाडौं , १२ फागुन । नर्भिक अन्तराष्ट्रिय अस्पतालका डाक्टरले देब्रो खुट्टा अपरेशन गर्न भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गरिदिएको छ । चितवनकी ३८ वर्षीया पौडेल लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर नर्भिक अस्पताल आइपुगेका थिए । रिपोर्ट हेरेपछि डा. […]

२०७४ फाल्गुन १२ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध अभियान

काठमाडौँ, १२ फागुन । सरकारले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान आजदेखि सुरु गरेको छ । २४ जिल्लामा शुरु गरिएको औषधि खुवाउने अभियान ३ दिनसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ र उदयपुरमा अभियान शुरु भएको छ । लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, […]

२०७४ फाल्गुन १२ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा नेपालगन्ज मेडिकल कलेजविरुद्ध प्रदर्शन

काठमाडौँ, ११ फागुन । नेकपा निकट अखिल (क्रान्तिकारी)ले नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी र आम जनताको हित विपरीतका गतिविधि गरेको भन्दै कलेज घेराउ तथा विरोध प्रदर्शन गरेको छ । बिहीबार कजेल परिसरमा अखिल (क्रान्तिकारी) भेरीब्युरोद्वारा आयोजना गरिएको विरोधसभालाई संगठनका केन्द्रीय सदस्य धर्म बडुवालले सम्बोधन गरेका थिए । उक्त मेडिकल कलेजले विश्वविद्यालयले तोकेको शुल्क भन्दा विद्यार्थीहरुबाट बढि […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन शुरु

काठमाडौं, ४ फागुन । प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको योजनामा अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा शुरु भएको छ । सम्मेलनमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रका विज्ञ, सेवाग्राही र सरोकारवालाको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा मानसिक स्वास्थ्य सम्बन्धी ९५ ओटा कार्यपत्र पेश गरिनेछ । सम्मेलनमा नेपाल, भारत, अष्टे«लिया, नर्वेलगायत देशका विज्ञले मानसिक स्वास्थ्य […]

२०७४ फाल्गुन ४ गते, शुक्रबार