विविध

७ करोड वर्ष पुरानो डाइनोसरको अण्डा भेटियो !

काठमाडौँ । अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टहरूले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अण्डा फेला पारेका छन् । करिब ७ करोड वर्ष पुरानो मानिएको यो अण्डा बोनापार्टेनीकस नामक सानो मांसाहारी डाइनोसरको हो । यो खोजलाई वैज्ञानिक जगतमा एउटा चमत्कार मानिएको छ, किनभने मांसाहारी डाइनोसरका अण्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला र कमजोर हुन्छन् […]

२०८२ फाल्गुन ९ गते, शनिबार

  १५००  रुपैयाँ किनेको  एआई डोमेन ९ अर्ब  रुपैयाँभन्दा बढीमा बिक्री !

काठमाडौँ । सन् १९९३ मा १० वर्षका एक मलेसियाली बालकले करिब १५०० नेपाली रुपैयाँ किनेको  एआई डोमेन ७० मिलियन अमेरिकी डलर अर्थात् ९ अर्ब नेपाली रुपैयाँभन्दा बढी मूल्यमा मा बिक्री भएको छ    । अहिले सम्मको इतिहासमा यो डोमेन इन्टरनेट इतिहासकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको छ । समाचार अनुसार इस्माइलले सन् १९९३ मा करिब १५ […]

२०८२ फाल्गुन ४ गते, सोमबार

आगामी १० वर्षभित्र चन्द्रमामा सेल्फ ग्रोइङ सिटी !

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगल ग्रहभन्दा अगाडि चन्द्रमामा बस्ती बसाल्ने भएका छन् । उनले आगामी १० वर्षभित्रमा चन्द्रमामा एउटा शहर स्थापना गर्ने योजना सार्वजनिक गरेका छन् । मस्कको अवधारणाको त्यो शहर कुनै सामान्य शहर हुनेछैन । त्यो हाम्रो अहिलेको कल्पना भन्दा बाहिरको शहर हुनेछ।अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका संस्थापक समेत रहेका एलन […]

२०८२ माघ २९ गते, बिहीबार

७.२२ मिटर लामो अजिंगर फेला पर्यो !

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको ७.२२ मिटर लामो अजिंगर फेला परेको छ। उक्त अजिंगरले विश्वको सबैभन्दा लामो जंगली सर्पको रूपमा गिनिज बुकमा नाम लेखाएको छ।इन्डोनेसियाको सुलावेसी टापुमा हालै फेला परेको एउटा भीमकाय अजिंगरले विश्वभरका वन्यजन्तु विज्ञलाई चकित बनाएको छ। जनवरीको अन्तिम साता मारोस क्षेत्रमा फेला परेको उक्त रेटिकुलेटेड जातको अजिंगरले विश्वको सबैभन्दा लामो […]

२०८२ माघ २९ गते, बिहीबार

मान्छेले जस्तै व्यवहार देखाउने रोबोट सार्वजनिक

काठमाडौँ । चीनले मान्छेले जस्तै व्यवहार देखाउने रोबोट सार्वजनिक गरेको छ । मोया नामक यो रोबोट केवल हिँडडुल गर्नसक्ने मात्रै होइन मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार देखाउने छ । झ्वाट्ट हेर्दा यो रोबोट कुनै मेसिनभन्दा मानिसकै स्वरुपजस्तो लाग्छ । आँखा झिम्काउने कला, टाउको हल्लाउने शैली र हल्का मुस्कानजस्ता संकेतहरूले यसलाई अन्य आम रोबोटहरूभन्दा फरक […]

२०८२ माघ २९ गते, बिहीबार

बुढ्यौलीमा स्मरणशक्ति किन कमजोर हुन्छ ?

काठमाडौँ । उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । हजारौँ स्वस्थ वयस्कका एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ऊतक खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने […]

२०८२ माघ १७ गते, शनिबार

कुकुरको दिसा सोहोरेर बार्षिक ४५ लाख आम्दानी !

काठमाडौँ । बेलायतका एक युवाले कुकुरको दिसा उठाउने काम गरेर बार्षिक ४५ लाख रुपैयाँ भन्दा धेरै कमाइरहेका छन्। न्युयोर्क पोस्टका अनुसार ३९ वर्षीय काइल न्युभी नामक व्यक्ति कुकुरको दिसा उठाउने काम गरेर मालामाल बनिरहेका छन् । बेलायतको साउथ वेस्ट न्यूज सर्भिससँग कुरा गर्दै न्युभीले धेरैलाई असामान्य लाग्ने आफ्नो उक्त पेशाबारे बताएका छन् । डर्बीशायरका बासिन्दा […]

२०८२ माघ १३ गते, मंगलवार

छिटो कार्यालय जाँदा जागिर चट् !

काठमाडौँ । कार्यालय समय सुरु हुनुभन्दा छिटो कार्यालय आउँदा एक महिलाले जागिर गुमाउनु परेको छ । स्पेनमा तोकिएको समय भन्दा अगाडि धेरै पटक कार्यालय पुग्ने गर्दा ति महिलाले जागिर गुमाउनु परेको हो ।स्पेनको स्थानीय अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गर्दै ति महिलालाई बर्खास्त गर्ने निर्णय सदर गरेको छ। स्पेनको अलिकान्तेमा एक डेलिभरी कम्पनीमा […]

२०८२ पुष १६ गते, बुधबार

भ्यागुताको पेटमा क्यान्सरको औषधि !

काठमाडौँ । जापानका वैज्ञानिकहरूले भ्यागुताको पेटमा क्यान्सरको औषधि भेटिएको बताएका छन्। शोधकर्ताका अनुसार जापानी ट्री फ्रगको पेटमा पाइने ब्याक्टेरियाले मुसामा क्यान्सरका ट्युमर पूर्ण रूपमा नष्ट गरेको छ । शोधले देखाएको छ कि उक्त ब्याक्टेरियाले ट्युमरमाथि सिधै आक्रमण गरी र शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ।मानिसमा परीक्षण गर्न अझ अध्ययन आवश्यक छ र क्लिनिकल ट्रायलमा सावधानी अपनाउनुपर्ने […]

२०८२ पुष १४ गते, सोमबार

अभियुक्तलाई ८० हजार मानिसको अगाडी गोली हानेर मारियो !

काठमाडौँ । अफगानिस्तानको खोस्ट प्रान्तको एक रंगशालामा ८० हजार मानिसहरूको अगाडि एक अपराधीलाई गोली हानी मारिएको छ । अमु न्यूजका अनुसार, गोली प्रहार १३ वर्षीय बालकले गरेका थिए । मारिने व्यक्तिले गोली चलाउने बालकका परिवारका १३ सदस्यहरूको हत्या गरेको आरोप लगाइएको थियो । मृत्युदण्ड दिनुअघि, तालिबान अधिकारीहरूले १३ वर्षीय बालकलाई अभियुक्तलाई माफी दिन चाहने बारेमा […]

२०८२ मंसिर १८ गते, बिहीबार