Main Banner

नेकपाद्वारा नेपाली विशेषताको समाजवादको लागि अभियान सञ्चालन गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकले महासचिव विप्लव सीद्वारा प्रस्तुत ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढता पुर्वक मोर्चा खडा गरौंैं ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं ! चौतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ गरौं !!’ प्रतिवेदन सर्वसम्मतरुपले पारित गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीको ९ […]

२०८१ पुष ६ गते, शनिबार

नेकपा केन्द्रीय प्रतिनिधि समिति बैठक : महासचिव विप्लवद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतले पारित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा नेकपा महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित भएकाे छ । केन्द्रीय प्रतिनिधि समितिकाे छैठौं पूर्ण बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत `साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध दृढतापुर्वक मोर्चा खडा गरौं, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं´ शीर्षकको दस्तावेज सर्वसम्मत रूपमा पारित भएकाे हाे ।कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय […]

२०८१ पुष ६ गते, शनिबार

नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठकमा समूहगत धारणा राख्ने क्रम सकियाे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे जारी केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा समूहगत धारणा राख्ने क्रम सकिएकाे छ । बैठकमा महासचिव विप्लव सी द्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलबाट आएका सुझावसहित १४ वटा समूहका नेताहरूले धारणा राखेका थिए । बैठकमा महासचिव विप्लवद्वारा प्रस्तुत प्रतिवेदनमाथि पूर्वी लम्बिनीबाट विरेन्द्र सी, गण्डकीबाट काजी सी, पूर्वबाट हुकुम सी, जवस माेर्चाबाट विश्लेषण सी, […]

२०८१ पुष ५ गते, शुक्रबार

नेकपा केन्द्रीय प्रतिनिधि समिति बैठक : महासचिवद्वारा प्रस्तुत प्रस्तावमाथि धारणा राख्नेक्रम सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । बैठकमा १२ वटा समुह विभाजन गरिएकाे थियाे । १२ वटै समूहकाे छलफल सकिएकाे छ ।छलफल सकिएसँगै समुहका नेताले रिपोर्ट राख्नेक्रम सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति बैठक सम्पन्न भएपछि बिहीबारदेखि केन्द्रीय प्रतिनिधि समिति […]

२०८१ पुष ५ गते, शुक्रबार

एमालेका नेता सुर्य थापा पुगे नेकपाको केन्द्रीय कार्यालय

काठमाडौँ । नेकपा (एमाले) का पाेलिट ब्युरो सदस्य तथा प्युठानका सांसद सुर्य थापा नेकपाकाे केन्द्रीय कार्यालय शिवगढीमा पुगेका छन् । बिहीबार अपरान्ह थापालाई केन्द्रीय कार्यालयमा नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभागका इन्चार्ज अनिल सीले स्वागत गरेका हुन् । एमाले पार्टीका प्रकाशन तथा प्रचार विभागको नेतृत्वसमेत गरेका थापा, नेकपा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, स्थायी समिति […]

२०८१ पुष ५ गते, शुक्रबार

महासचिव विप्लव सीद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतरुपमा पारित(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको छैठौं केन्द्रीय समिति बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत “राजनीतिक, सांगठनिक र आगामी योजनाको” प्रस्ताव सर्वसम्मत पारित भएको छ। गत बिहीबारदेखि सुरु भएको उक्त केन्द्रीय समितिको बैठकले सोमबार महासचिव विप्लव सीद्वारा प्रस्तुत “राजनीतिक, सांगठनिक र आगामी योजनाको” प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेको हो।यसैगरी, सो पार्टीले केन्द्रीय समितिका निर्णय काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक […]

२०८१ पुष २ गते, मंगलवार

नेपाली विशेषताको समाजवाद: देशको आर्थिक राजनीतिक संकटको निकास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवाद देशको आर्थिक राजनीतिक संकटको निकास भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। उक्त बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले नेपालमा संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयलाई नेपाल कम्युनिस्ट […]

२०८१ पुष २ गते, मंगलवार

देशको स्वाधीनताको रक्षा गर्न नयाँ मोर्चा अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षा गर्न देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन्।उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देशमा अमेरिकी साम्राज्यवादको […]

२०८१ पुष १ गते, सोमबार

त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक भएको जनाएको छ । अखिल (समाजवादी) का अध्यक्ष नरेन्द्र सी ले सोमबार एक बिज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालयमा भएको दलिय भागभण्डा खेदजनक भएको जनाएका हुन् ।अध्यक्ष नरेन्द्र सी ले बिज्ञप्तिमार्फ़त् त्रिभुवन विश्वविद्यालयमा दलाल पार्टीहरुको दलिय भागभण्डामा भएका नियुक्तिहरु तत्काल खारेज गर्न […]

२०८१ पुष १ गते, सोमबार

नेकपा केन्द्रीय समितिको बैठकलाई महासचिव विप्लव सीले सम्बोधन गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सकिएको छ । गत मङ्सिर २७ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा पोलिट ब्युरो सदस्य हुँदै केन्द्रिय सदस्यहरुले महासचिव विप्लवद्वारा प्रस्तुत `साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध दृढतापुर्वक मोर्चा खडा गरौं,_ समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं´ शीर्षकको दस्तावेजमाथि धारणा राखिसकेपछि आज स्थायी […]

२०८१ पुष १ गते, सोमबार