Main Banner

नेकपाका प्रवक्ता प्रकाण्ड सी र जसपाका अध्यक्ष यादबबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै राजनीतिक भेटलाई तिब्रता दिएको छ । यसैक्रममा बिहिबार बिहान नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ । जनता समाजवादी पार्टीको केन्द्रिय कार्यालय बालकुमारीमा भएको उक्त भेटवार्तामा पछिल्लो समय सरकारी गठबन्धनमा भएको परिवर्तन र […]

२०८१ असार २२ गते, शनिबार

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्‍ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने जानकारी सचिवालयमा पठाएका हुन्।पत्रमा उक्त दिनको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ।कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको […]

२०८१ असार २१ गते, शुक्रबार

राजनीतिक अस्थिरता दलाल संसदीय व्यवस्थाको उपज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिमा देखिएको अस्थिरता दलाल संसदीय व्यवस्था चरित्र र त्यसको उपज भएको बताएका छन् । उनले जबसम्म संसदीय व्यवस्था रहन्छ तबसम्म अस्थिरता आइरहने ठोकुवा गरे।प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिमा देखिएको अस्थिरताको समाधान नेपाली विशेषताको समाजवादवाट मात्र हुने बताउदै यसको निम्ति देशका आमक्रान्तिकारी , प्रगतिशील , सच्चालोकतन्त्रवादीलागायत सबै […]

२०८१ असार १८ गते, मंगलवार

सत्ता स्वार्थका कारण अस्थिरता बढ्‌यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सत्ता स्वार्थमा राजनीतिक दलहर केन्द्रित भएको कारण राजनीतिक अस्थिरता झन् बढेर गएको बताएका छन् । उनले राजनीतिक अस्थिरताको केन्द्रमा भू–राजनीतिक शक्ति संघर्ष र सत्ता स्वार्थ केन्द्रीत राजनीतिको परिणाम अर्को कारण भएको बताए ।महासचिव विप्लव सीले राजनीतिक अस्थिरताको कारण जनसेवा र विकासको मुद्धा ओझेलमा पर्ने र राष्ट्रियतामाथि चुनौती […]

२०८१ असार १८ गते, मंगलवार

नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्ने सहमति

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठनका लागि सहमति भएको छ । सोमबार मध्यरातमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबीच सहमति भएको हो । सरकार बनाउने सहमतिका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा […]

२०८१ असार १८ गते, मंगलवार

‘नेपालको स्रोत साधन कब्जा गर्ने होडबाजी चलिरहेको छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको स्रोत साधन कब्जा गर्ने होडबाजी चलिरहेको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा हुन्। महासचिव विप्लव सीले नेपाल पेचिलो परिस्थितिमा रहेको बताउदै नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा […]

२०८१ असार १६ गते, आईतवार

संकटको मुख्य कारक संघीय लोकतान्त्रिक गणतन्त्र

देश दिन प्रतिदिन संकटग्रस्त बन्दै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका कारण राजनीतिक दल र नेता, कर्मचारी, प्रहरी–प्रशासन, न्यायालयलगायत देशका सम्पूर्ण क्षेत्र संकटग्रस्त बन्दै गएको हो । यतिबेला राजनीतिक दल र नेता, कर्मचारी, प्रहरी– प्रशासन, न्यायालयसम्बद्ध व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि देश र जनतालाई दाउमा लगाई रहेका छन् । भ्रष्टाचारले कति उग्र रुप लिएको छ […]

२०८१ असार १६ गते, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड सी श्रममा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीको उपस्थितिमा पोल्टी फार्म निर्माण गरिएको छ । नेकपा केन्द्रिय कार्यालय तथा बागमती प्रदेशको आयोजनामा पार्टीको आर्थिक नीति अनुसार कृषि र उत्पादनलाई जोड दिदै शनिबार काठमाडौँको काभ्रेस्थलीमा प्रवक्ता प्रकाण्ड सीको प्रमुख उपस्थितिमा पोल्टी फार्म निर्माण गरिएको हो ।नेकपा बागमती प्रदेशले जग्गा भाडामा लिएर […]

२०८१ असार १६ गते, आईतवार

पुष्पलाल श्रेष्ठ नेपालको राजनीतिक विभूति

काठमाडौँ, १५ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठले सामन्तवादविरुद्ध र साम्राज्यवादी शक्तिका विरुद्धको सङ्घर्षमा जीवन व्यतीत गरेको बताउदै पुष्पलाल नेपालको राजनीतिक विभूति भएको बताएका छन। शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले मार्क्स र पुष्पलालको भेट भएपछि […]

२०८१ असार १५ गते, शनिबार

वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि आत्मनिर्भर हुनु जरूरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि आत्मनिर्भर हुनु जरूरी भएको बताएका छन् । सो पार्टीनिकट जनश्रम कृषि सहकारी संस्था लिमिटेडको चितवन माडी-४, खैरहनीस्थित उत्पादन इकाईद्वारा शनिबार आयोजित धान दिवस तथा रोपाईं महोत्सवको उदघाटन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता […]

२०८१ असार १५ गते, शनिबार