Main Banner

‘नेपाली विशेषताको समाजवाद अनिबार्य’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले देशमा अग्रगामी , प्रगतिशील परिवर्तनका लागि नेपाली विशेषताको समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन। शुक्रबार जुम्लाको हाडुल्लेमा आयोजित स्याउ रोपण कार्यक्रमको उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकट समाधानको लागि बाम कम्युनिष्ट क्रान्तिकारीहरु ध्रुवीकरण हुन आवश्यक भएको बताउदै अग्रगामी, प्रगतिशील परिवर्तनका […]

२०८० फाल्गुन २६ गते, शनिबार

८ मार्च र महिला आन्दोलन

  कम्युनिस्ट आन्दोलनको नेता तथा महिला आन्दोलनको समेत नेता क्लारा जेटकिन (१८५७–१९३३ जर्मन) ले सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका एक सय प्रतिनिधिहरु संलग्न थिए । यसको प्रारम्भ भने अमेरिकाको न्युयोर्कबाट भएको हो । सन् १९०८ मा […]

२०८० फाल्गुन २४ गते, बिहीबार

‘ समाजवादी व्यवस्थाले मात्र राजनीतिक स्थिरता दिन सक्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका महासचिव विप्लव सीले देशमा राजनीतिक अस्थीरता बढ्दै गएको उल्लेख गर्दै नेपाली विशेषताको समाजवादले मात्र स्थिरता दिन सक्ने ठोकुवा गरेका छन । जुम्ला र कालिकोटमा स्याउ रोप्न जाने क्रममा बिहिबार दैलेखको राकममा आयोजना गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले नेपाली विशेषताको समाजवादले मात्र नेपाललाई स्थीरता तिर […]

२०८० फाल्गुन २४ गते, बिहीबार

कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सकरात्मक र प्रगतिशील

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी ले कम्युनिष्ट बामपन्थीहरुको गठबन्धन हुनु सापेक्षिक रुपमा सकरात्मक र प्रगतिशील भएको वताए । कालिकोट र जुम्लामा स्याउका बिरुवा रोप्न जाने क्रममा बुधबार साँझ सुर्खेत पुगेका महासचिव बिप्लव सीलाई नेकपा सुर्खेतले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।महासचिव बिप्लव सी ले नेपालमा अहिलेको […]

२०८० फाल्गुन २४ गते, बिहीबार

नेकपाका महासचिव बिप्लव सी स्याउको बिरुवा रोप्न जुम्ला प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सी स्याउको बिरुवा रोप्न जुम्ला प्रस्थान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय शिबगढ़ीवाट महासचिव बिप्लव सीसहितको टोली बुधबार जुम्ला प्रस्थान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अनुसार यही फागुन २५ र २६ गते जुम्लाको हिमा गाउपालिका वडा न ७ मा १ हजार स्याउका बिरुवा रोप्ने कार्यक्रम छ […]

२०८० फाल्गुन २३ गते, बुधबार

सत्ता गठबन्धनका चार दलबीच आठबुँदे सहमति

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । गए राति नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ ।सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको […]

२०८० फाल्गुन २२ गते, मंगलवार

जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सीले जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव बिप्लव सीले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष […]

२०८० फाल्गुन २१ गते, सोमबार

समाजवादका लागि जुटौं

गत असार ४ गते सोमबार सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक– आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने उद्देश्य लिएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए । योबीचमा समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश […]

२०८० फाल्गुन २० गते, आईतवार

समाजवादी मोर्चा सक्रिय :आगामी चैत ३ गते बृहत अन्तरक्रिया

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आगामी चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको बृहत अन्तरक्रिया गर्ने भएको छ । उक्त अन्तरक्रियामा समाजवादी मोर्चा नेपालका शीर्षस्थ नेतालगायत बुद्धिजीवी, वामपन्थीलगायतको सहभागिता रहने बताइएको छ । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा मोर्चाको सचिवालय सदस्य […]

२०८० फाल्गुन २० गते, आईतवार

देशको स्वाधीनता र निकासका लागि राजनीतिक सहकार्य गरौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले देशको स्वाधीनता र निकासका लागि राजनीतिक सहकार्य गर्न आवश्यक भएको बताएका छन। आज चितवनमा आयोजित ‘आर्थिक राजनीतिक संकट र त्यसको आम सञ्चारमा प्रभाव’ बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।नेता अनिल सीले देश अहिले निकै संकटमा रहेको, राजनीति […]

२०८० फाल्गुन १९ गते, शनिबार