Main Banner

माक्र्सवादी एकता अभियान गठन : राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा गर्न माग

काठमाडौं । वामपन्थि बुद्धिजीवि तथा सामाजिक अभियन्ताहरुले ‘माक्र्सवादी एकता अभियान नेपाल’ नाम गरेको संगठन निर्माण गरेका छन् । सरकारले राजनैतिक दलमाथि प्रतिबन्ध थोपर्ने र गैर-लोकतान्त्रिक थुनछेक गरेर मानव अधिकारको धज्जी उड़ाउने र गैर-न्यायिक राजनीतिक हत्याहरु समेत हुन् थालेपछि सो अभियानको थालनी गरिएको बताइएको छ । संयोजक डा. शम्भु कट्टेल रहेको सो अभियानमा सह—संयोजक प्रा.डा. रमेश […]

२०७७ भाद्र ३० गते, मंगलवार

एमसिसिविरुद्ध ५ विध्यार्थि संगठन संघर्षमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित ५ विध्यार्थि संगठनले सम्पुर्ण देशभक्त युवा र आम जनतालाई एमसिसिविरुद्ध एकजुट हुन अपिल गरेका छन । अखिल( क्रान्तिकारी )का अध्यक्ष चिरञ्जिवि ढकाल, अखिल्(क्रान्तिकारी )का अध्यक्ष आलोक रायमाझि , अखिल ( छैठौँ)का अध्यक्ष बिमल पोखेरल, अखिल(पाचौँ) का अध्यक्ष घनश्याम मिश्र र अखिल नेपाल विध्यार्थि युनियन का सचिवालय सदस्य मनिष […]

२०७७ भाद्र २९ गते, सोमबार

पार्टीबाट निष्कासितले गलत कार्य नरोके भौतिक कारबाही !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले ४ वर्षअगाडि नै पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेका योगेन्द्र चौहानले पार्टीको नाम लिएर चन्दा उठाएको भन्दै कुनै पनि भ्रममा नपर्न सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ ।जिल्ला सेक्रेटरी माहुरीले आइतबार प्रेस वक्तव्य जारी गर्दै निज चौहानले पार्टीको नाम लिएर विभिन्न व्यवसायी, सङ्घसंस्था एवम् सरकारी कार्यालयहरूबाट जबर्जस्ती अर्थ सङ्कलन […]

२०७७ भाद्र २९ गते, सोमबार

अखिल (क्रान्तिकारी)द्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) उपत्यका विशेष समन्वय समितिको आयोजनामा काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वव्यापी कोरोना संकटको सन्दर्भमा रगतको अभाब भै रहेको समय नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रिय अध्यक्ष , महासचिब , कोषाध्यक्ष र उपत्यका विशेष समन्वय समितिका संयोजकलगायत १५ जना ले रक्तदान गरेका हुन् । सो अबसरमा उनीहरुले ब्लड बैंकमा रगतको […]

२०७७ भाद्र २८ गते, आईतवार

नेकपाद्वारा क्रान्तिकारीहरुप्रति गरिएको धरपकड तत्काल बन्द नगरे उचित जवाफ दिइने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सत्ता टिकाउनका लागि क्रान्तिकारीहरुलाई गरिएको धरपकडप्रति खेद जनाउदै यस किसिमको कदम तत्काल बन्द नगरे उचित समयमा जवाफ दिने र त्यसको जिम्मेवारी स्वयं सरकार हुने चेतावनी दिएको छ । सो पार्टीको मेची -कोशी ब्यूरोका इञ्चार्ज प्रतापले आज एक बिज्ञप्ति जारी गर्दै सो चितावानी दिएका हुन्। इञ्चार्ज प्रतापद्वारा जारी बिज्ञप्तिमा भनिएको […]

२०७७ भाद्र २७ गते, शनिबार

सत्ताधारी नेकपाको बैठक ‘फुस्सा ‘ साबित !

काठमाडौँ । गत असार १० गते सुरु भएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा यसअघि पार्टीद्वारा गठन गरिएको कार्यदलले तयार पारेको प्रतिवेदनलाई दुई अध्यक्षको सहमतिपछि बैठकमा प्रस्तुत गरिएको थियो । देश र जनता कोरोनाबाट आक्रान्त भइरहेको समयमा भएको सत्ताधारी नेकपाको बैठक पार्टीको आन्तरिक झगडा मिलाउन मै सीमित भएको पाइएको छ […]

२०७७ भाद्र २७ गते, शनिबार

सर्वोच्चको आदेश लत्याउँदै नेता वीरजङ्ग अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न सर्वोच्च अदालतले दिएको आदेश लत्याउँदै प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेता वीरजङ्गलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि गिरफ्तार गरेर सुनसरी पुर्याएको हो । सङ्खुवासभा हिरासतमा रहेका नेता वीरजङ्गलाई सर्वोच्च अदालतको आदेशमा रिहा गरेलगत्तै शुक्रबार साँझ अदालत […]

२०७७ भाद्र २७ गते, शनिबार

नेकपाको चेतावनीपछि रद्द भएको रेलमार्गको ठेक्का ब्युँताउन ठेकदारहरु सलबलाउदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कडा चेतावनीपछि सरकारले रद्द गरेको रेलमार्गको ठेक्का ब्युँताउन ठेकदारहरु सलबलाउदै गरेको पाइएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले कथित पूर्वपश्चिम रेलमार्गको परियोजनाको नाममा काकडभिट्टा–इनरुवा खण्डमा माटो भर्ने योजना सरकारको यातायात मन्त्रालय अन्तर्गतको रेल विभागले ३३ अर्ब माथिको ठेक्का मुआब्जा वितरण नगरी, प्राविधिक एवं आर्थिक मूल्याङ्कन बिनै, आफ्नै राज्यको कानुन […]

२०७७ भाद्र २५ गते, बिहीबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा सरल बनाउने नयाँ आदेश जारी […]

२०७७ भाद्र २४ गते, बुधबार

नेपाल कम्युनिष्ट पार्टीको कडा चेतावनीपछि रेलमार्गको ठेक्का रद्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कडा चेतावनीपछि रेल विभागले इनरुवा–काँकडभिट्टा सडकखण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले गत शनिबार एक बिज्ञप्ति जारी गर्दै रेलमार्गको निर्माणको नाममा अर्बौं रकमको भ्रष्टाचारको खेल गर्ने रेल विभागका महानिर्देशक र ठेकेदार गिरोहलाई सरकारले तुरुन्तै कारबाही नगर्ने […]

२०७७ भाद्र २३ गते, मंगलवार