Main Banner

दुबईमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज दुबई विमानस्थलमा अलपत्र नेपाललीलाई लिन त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।संस्कृति, पर्यटन […]

२०७७ भाद्र ७ गते, आईतवार

रूसद्वारा अर्को कोरोना भ्याक्सिन तयार

काठमाडौं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ । उक्त भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार […]

२०७७ भाद्र ७ गते, आईतवार

निषेधाज्ञा उल्लंघन गर्ने १४७ सवारी साधन कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विहान निषेधाज्ञा अवज्ञा गर्ने एक सय ४७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महाशाखाले निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे एक सय छत्तिस र चारपाङ्ग्रे एघार वटा गाडीलाई होल्ड गरिएको जनाएको छ ।हिजो पनि प्रहरीले ७ सय ३५ सवारी साधनलाई दिनभर होल्ड गरेर साँझ छाडेको. थियो । निषेधाज्ञा उग्लघन […]

२०७७ भाद्र ७ गते, आईतवार

आज काठमाडौं उपत्यकामा २१६सहित ६३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा काठमाडौं उपत्यकामा २१६सहित ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।काठमाडौं उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० […]

२०७७ भाद्र ६ गते, शनिबार

नेकपाले मर्मत सम्भार गरेको पुल नेपाली सेनाले भत्काएपछि पुन: मर्मत सम्भार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले मर्मत सम्भार गरेको कालीकोटको रास्कोट नगरपालिका ९ फुगाडमको पुल नेपाली सेनाले भत्काएपछि नेकपाका कार्यकर्ताले पुन: मर्मत सम्भार गरेका छन् । गत साउन १३ गतेको बाढीले फुगाडको बेलिब्रिजसहित झोलुङ्गे पुल बगाएपछि नेकपाका नेता–कार्यकर्ताहरूले जनश्रमदान गरी पुल मर्मतसम्भार गरेका थिए । पुल र बेलिब्रिज बाढीले बगाएपछि पचाल झरना, पलाँता गाउँपालिका, बाजुरा, मुगु […]

२०७७ भाद्र ५ गते, शुक्रबार

काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । काठमाडौं जिल्लाका एक सय ७४, ललितपुरका १८ र भक्तपुरका आठजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि […]

२०७७ भाद्र ४ गते, बिहीबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा : अटेर गरे जरिवाना र कैद !

काठमाडौँ । काठमाडौं उपत्यकामा गए मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसंगै प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा कडाई गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएकाे छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल […]

२०७७ भाद्र ४ गते, बिहीबार

‘सहिद रामवृक्ष तानाशाही राज्यव्यवस्थाका लागि आतङ्क र आम–श्रमिक जनसमुदायका निम्ति प्रेरणास्रोत’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सहिद रामवृक्ष यादव तानाशाही राज्यव्यवस्थाका लागि आतङ्क र आम–श्रमिक जनसमुदायका निम्ति प्रेरणास्रोत रहेको बताएको छ । यादवको २७ औँ स्मृति दिवसका अवसरमा सो पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले विज्ञप्तिमा पञ्चायती र बहुदलीय कालमा समेत अनेकौँपटक गिरफ्तारी, जेल र यातनाहरूले उहाँलाई गलाउन […]

२०७७ भाद्र ३ गते, बुधबार

काठमाडौ उपत्यकामा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निधेषाज्ञा

काठमाडौं । काठमाडौ उपत्यकामा बुधबार बेलुका १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी हुने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि एक साताका लागि निषेधाज्ञा लागू गर्न लागिएको हो । आज काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना रोकथाम समितिका बैठकले काठमाडौँ उपत्यकाका तीनै जिल्ला( काठमाडौँ, भक्तपुर र ललितपुर)मा भदौ ३ गते रातिदेखि भदौ १० […]

२०७७ भाद्र २ गते, मंगलवार

आज काठमाडौं उपत्यकामा २०५ सहित देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना सहित देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुर ५० संक्रमित थपिएका […]

२०७७ भाद्र २ गते, मंगलवार