Main Banner

कोरोना रिपोर्ट : संक्रमण भए ४५ र नभएको भए ३० मिनेटमै आउने

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले द्रुत गतिमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन जडान गरेको छ । अन्य दिर्घरोगीहरुलाई कोरोना संक्रमण भए ज्यान जाने जोखिम भएको हुनाले उनीहरुलाई लक्षित गरेर कोरोना भाइरसको रिपोर्ट चाडै दिने उदेश्यले मेसिन जडान गरिएको अस्पताल प्रसाशनले जनाएको छ ।एचआइभी संक्रमित, क्षयरोग र अस्पतालमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएका गम्भीर अवस्थामा […]

२०७७ श्रावण ३१ गते, शनिबार

आज काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन। यो संगै देशभर कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ संक्रमित थपिएका मध्ये काठमााडौंमा मात्र ८३ , ललितपुर […]

२०७७ श्रावण ३० गते, शुक्रबार

अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने सर्वोच्चको फैसलाप्रति आपत्ति

काठमाडौँ । ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ले पछिल्लोपटक सवारी साधनमा अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने फैसलाको आपत्ति जनाएको छ । नेपाली भाषामाथि हुँदै आएको अतिक्रमण र भ्रष्टीकरणका विरुद्ध आन्दोलनरत सो सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि सरकारी र अन्य निकायबाट षड्यन्त्रपूर्ण ढङ्गले मानक नेपाली भाषालाई ध्वस्त पार्न […]

२०७७ श्रावण ३० गते, शुक्रबार

सवारीसाधन किन्न ६ अर्ब, भेन्टिलेटर किन्ने बजेट छैन् !

काठमाडौं । गत वर्ष सवारीसाधनमा साढे पाँच अर्ब खर्च गरेको सरकारले यस वर्ष सवा ६ अर्ब खर्च गर्ने तयारी गरेको छ । तर, कोरोना महामारीमा संक्रमितको उपचारका लागि भेन्टिलेटर किन्न भने कुनै चासो देखाएको छैन । त्यसका लागि दाताहरूसँग हात थाप्ने काम गरिरहेको छ । सात महिनामा विभिन्न अस्पतालमा ८० भेन्टिलेटर थपिएका छन् । तर, ती सरकारले किनेका होइनन्, […]

२०७७ श्रावण ३० गते, शुक्रबार

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ ।भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । […]

२०७७ श्रावण ३० गते, शुक्रबार

वडा सदस्यको घर पहिरोले पुर्यो : ६ जनाको मृृत्यु

काठमाडौं । गएराति आएको पहिरोले कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३का वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ […]

२०७७ श्रावण ३० गते, शुक्रबार

सिन्धुपाल्चोकमा भीषण पहिरो : १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदीमा आज बिहान भीषण पहिरो गएको छ । पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता […]

२०७७ श्रावण ३० गते, शुक्रबार

आज काठमाडौं उपत्यकामा १२७ सहित ५२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १२७ सहित ५२५ जना कोरोना संक्रमित थपिएका छन । मन्त्रालयले ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको बताएको छ । मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा […]

२०७७ श्रावण २९ गते, बिहीबार

टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल : दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालको दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पताल प्रशासनकाे अनुसार आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको छ ।त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि […]

२०७७ श्रावण २९ गते, बिहीबार

आजदेखि सवारी पास वितरण बन्द

काठमाडौं । गृह मन्त्रालयले आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको सवारी पास वितरण नगर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै आज बिहीबारदेखि लागू हुनेगरी जिल्ला प्रशासनले दिदैं आएको पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।गृह मन्त्रालयले ७७ […]

२०७७ श्रावण २९ गते, बिहीबार