Main Banner

बजेट : ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै !

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै रहेको बताएका छन् । सांसद केसीले प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सो कुरा बताएका हुन् ।सांसद केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको भन्दै बजेटले स्वदेशमै रोजगारीको सम्भावना देखाउन नसकेको बताए […]

२०८२ असार २ गते, सोमबार

धवल शम्शेर काठमाडौं जिल्ला अदालतमा हाजिर

काठमाडौँ । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । पक्राउ पुर्जी जारी हुने भनिएपछि उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् । अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं […]

२०८२ असार २ गते, सोमबार

‘वैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्रकावैकल्पिक शक्तिसँग सहकार्य गरेर अघि बढ्नुको बिकल्प नभएको आव्हान गरेका छन। सो पार्टीद्वारा १०औँ पार्टी स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको अर्जुनदृष्टिःराजनीतिक पुनःसरचना, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।अध्यक्ष भट्टराईले नयाँ शक्तिलाई समेटेर वैकल्पिक […]

२०८२ जेष्ठ ३२ गते, शनिबार

इजरायलमा रहेका नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान दिन आग्रह

काठमाडौँ । इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षा प्रोटोकलबारे जानकार रहन र पालना गर्न आग्रह गरेको छ। दूतावासले सूचना जारी गर्दै आफ्नो सुरक्षामा विशेष ध्यान दिन भनेको हो।दूतावासको सूचनामा भनिएको छ – ‘यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएकाले नेपाली दाजुभाई तथा […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

काठमाडौँ । दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौँको तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका सात जनालाई डिल्लीबजार कारागार लगिएको हो । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो। राति […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि निवेदन आह्वान गरेको छ । आयोगले उनीहरुलाई जग्गा वितरणका लागि बिहिबार पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक […]

२०८२ जेष्ठ ३० गते, बिहीबार

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ गते सुनाइने

काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी बुधबार दिउँसो छलफलमा जुटेका थिए। तर यसबारे छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको हो। अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने […]

२०८२ जेष्ठ २९ गते, बुधबार

समाचार हटाउने आदेश नेपालको संविधान २०७२ को मर्म विपरीत

काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय रहेको भन्दै काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ का व्यवस्था र मर्म विपरीत भएको ठहर गरेको छ। महासंघले जिल्ला अदालत […]

२०८२ जेष्ठ २९ गते, बुधबार

५२ संवैधानिक पदाधिकारीबारे फैसला आज

काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज निर्णय सुनाउँदैछ।प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो ।सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार […]

२०८२ जेष्ठ २९ गते, बुधबार

‘जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सचेत रहौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्ण पार्टीपंक्ति, जनसमुदायमा सचेत रहन आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अपचलन, विचारहीन गुटबन्दी, संगठन विरोधी गतिविधि […]

२०८२ जेष्ठ २९ गते, बुधबार