Main Banner

दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

काठमाडौँ । दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौँको तीनकुने घटनामा पुर्पक्षका लागि कारागार चलान भएका सात जनालाई डिल्लीबजार कारागार लगिएको हो । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश दिएको थियो। राति […]

२०८२ जेष्ठ ३१ गते, शुक्रबार

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि निवेदन आह्वान गरेको छ । आयोगले उनीहरुलाई जग्गा वितरणका लागि बिहिबार पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक […]

२०८२ जेष्ठ ३० गते, बिहीबार

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ गते सुनाइने

काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी बुधबार दिउँसो छलफलमा जुटेका थिए। तर यसबारे छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको हो। अब सर्वोच्चले यसबारे असार १८ गते निर्णय सुनाउने […]

२०८२ जेष्ठ २९ गते, बुधबार

समाचार हटाउने आदेश नेपालको संविधान २०७२ को मर्म विपरीत

काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझेको अवस्थामा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारको विषय रहेको भन्दै काउन्सिलको क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै अदालतबाट भएको आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान २०७२ का व्यवस्था र मर्म विपरीत भएको ठहर गरेको छ। महासंघले जिल्ला अदालत […]

२०८२ जेष्ठ २९ गते, बुधबार

५२ संवैधानिक पदाधिकारीबारे फैसला आज

काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज निर्णय सुनाउँदैछ।प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो ।सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार […]

२०८२ जेष्ठ २९ गते, बुधबार

‘जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सचेत रहौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्ण पार्टीपंक्ति, जनसमुदायमा सचेत रहन आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अपचलन, विचारहीन गुटबन्दी, संगठन विरोधी गतिविधि […]

२०८२ जेष्ठ २९ गते, बुधबार

समाजवादलाई दुनियाँको कुनै पनि ताकतले रोक्न सक्दैन

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका लागि आन्दोलनका सबै ढोका खोल्ने कुरा पनि गरिरहनु भएको छ, त्यो भनेको के हो ? अथवा क्रान्तिको वर्तमान चरणबारे संक्षिप्तमा बताई दिनुहोस् न । –             नेपालको ७६ वर्षको कम्युनिस्ट आन्दोलनमा तत् समयमा आन्दोलनका आम र […]

२०८२ जेष्ठ २८ गते, मंगलवार

केही राजीतिक जिज्ञासाका विषयहरु

१. माओवादी एकता बारे ःयति बेला पूर्व माओवादी घटकहरु बीच माओवादी एकताको चर्चा चलेको छ । अलिअलि नेकपा (एस), एमाले, काँग्रेस निकटका नेता, कार्यकर्तामा पनि जिज्ञासाहरु छन् । यस बारे माकेभित्रका कार्यकर्तामा पनि ठूलो संख्यामा पार्टी एकता प्रक्रिया कहाँ पुग्यो, छिटो गर्नु प¥यो, भन्नेहरु छ्न् । हाम्रो पार्टीमा पनि पार्टीसंग प्रत्यक्ष कटेका केही कार्यकर्ता र […]

२०८२ जेष्ठ २७ गते, सोमबार

‘नेपालमा समाजवाद अनिवार्य भइ सकेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेपालमा समाजवाद अनिवार्य भइ सकेको र यसलाई दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने ठोकुवा गरेका छन् । के नेपालमा क्रान्ति सम्भव छ भन्ने प्रश्नको जवाफ दिंदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवाद विरुद्ध नयाँ ध्रूवको […]

२०८२ जेष्ठ २६ गते, आईतवार

यातायात सिन्डिकेट अनुचित

संघीय सरकारले हस्तक्षेप गरेपछि गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित भएको छ ।   ३३ वर्ष पुरानो ऐनका आधारमा सार्वजनिक यातायात नियमन गरिरहेको संघीय सरकारले गण्डकी प्रदेश सरकारको अधिकारमाथि ठाडै हस्तक्षेप गरेपछि  राइडसेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित भएको हो ।  संघीय सरकारले गरेको यातायात व्यावसायीसँग […]

२०८२ जेष्ठ २६ गते, आईतवार