मुख्य समाचार

अखिल (क्रान्तिकारी) द्वारा कालिकोटको माल्कोटमा कोरोना नियन्त्रण शिविर : आमजनता हर्षित

काठमाडौँ । कोरोना महामारीवाट आतंकित जनताको सेवाको लागि कालिकोट पुगेको अखिल (क्रान्तिकारी) केन्द्रिय समितको टोलीले माल्कोटमा कोरोना नियन्त्रण शिविर आयोजना गरेपछि आम जनताले खुशी व्यक्त गरेका छन । सरकार र संसदवादी दल र नेताहरु जनसेवा भन्दा पद र पैसाको खेलोमा लागेको समयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले दुर्गम क्षेत्र पुगेर कोरोना महामारीवाट आतंकित जनताको सेवाको […]

२०७८ जेष्ठ २९ गते, शनिबार

जनमत संग्रह अनिबार्य

काठमाडौँ । देशमा दिनप्रतिदिन राजनीतिक संकट गहिरिँदै गएको छ । संसद्वादी दलहरु १० बर्षे जनयुद्ध र १९ दिने जनाअन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्नुको सट्टा निरंकुश राजतन्त्रलाई समेत माथ गर्ने राष्ट्रघात र जनघात गर्न तल्लिन भएपछि संसदीय व्यवस्था धराशयी हुन पुगेको छ । संसद्वादी दलहरुको हर्कतका कारण संविधान र राज्यका अंगहरु पूर्णतः निस्क्रिय बनिसकेका […]

२०७८ जेष्ठ २३ गते, आईतवार

१४ राजनीतिक पार्टीबीच कार्यगत एकता : संसदीय व्यवस्थाको विकल्प खोज्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीलगायत १४ राजनीतिक पार्टीबीच विद्यमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद र जनगणतन्त्र स्थापना गर्ने लक्ष्यसहित कार्यगत एकता भएको छ । उक्त कार्यगत एकतामा सम्मिलित १४ राजनीतिक सङ्गठनहरूमा किरण, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला प्रतिनिधि नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी, आहुति, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सीपी […]

२०७८ जेष्ठ १५ गते, शनिबार

‘नागरिकता अध्यादेशले देशलाई फिजीकरणको बाटोमा धकेल्यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एबम अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ले देशलाई अनिष्ठताको ठूलो भूमरीमा धकेलेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) द्वारा शुक्रबार आयोजित ‘राष्ट्रियता र नागरिकता’ विषयक अन्तरक्रिया […]

२०७८ जेष्ठ १५ गते, शनिबार

ने.क. पा.द्वारा सरकारलाई राष्ट्रहितविपरीत कार्य नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई राष्ट्रहितविपरीत कार्य नगर्न चेतावनी दिएको छ । सो पार्टीका महासचिव विप्लवले सोमबार प्रेस वक्तव्य जारी गर्दै जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ खारेज गर्न माग गर्दै राष्ट्रहितविरुद्ध काम नगर्न चेतावनी दिएका हुन् ।महासचिव विप्लवले यो […]

२०७८ जेष्ठ १० गते, सोमबार

‘संसदीय निर्वाचनमा होइन, जनमतसङ्ग्रहमा जाऊँ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुनसक्छ भन्ने आफ्नो पार्टीको विचार सही साबित भएको ठोकुवा गर्दै पार्टीको सो मत, जनताको माग र चाहनासँग जोडिएको बताएको छ । शुक्रबार राती १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर कात्तिक […]

२०७८ जेष्ठ ८ गते, शनिबार

संसदीय व्यवस्था व्यवहारमै असफल एवम् औचित्यहीन : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नेपालमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमै असफल एवम् औचित्यहीन भएको ठोकुवा गर्दै चुनावमै जाने हो भने पुँजीवाद/दलाल पुँजीवाद वा वैज्ञानिक समाजवाद भन्ने जनमतसङ्ग्रहमा गएर व्यवस्थाकै फैसला गर्नुपर्ने बताएको छ । सो पार्टीका महासचिव विप्लवले राज्यद्वारा बेपत्ता योद्धा दिवसको अबसरमा बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लवले […]

२०७८ जेष्ठ ७ गते, शुक्रबार

प्यालेस्टिनमाथि इजरायली आक्रमण निन्दनीय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले इजरायली साम्राज्यवाद र सरकारद्वारा व्यापक जनधनको क्षति हुने गरी प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमलाको विरोध र भत्र्सना गरेको छ । सो पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै कुनै पनि सभ्य मानिसलाई क्षुब्ध र आक्रोशित बनाउने गरी प्यालेस्टिनी जनतामाथि भएको इजरायली बर्बर आक्रमणको निन्दा गर्नुका साथै आफ्नो […]

२०७८ जेष्ठ ५ गते, बुधबार

विप्लवद्वारा जनस्वास्थ्य केन्द्रको शिलान्यास : एक महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ बानियाँभारमा निर्माण हुने सो केन्द्रको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताइएको छ । मङ्गलबार शिलान्यास गरिएको उक्त भवन शिवगढीका बासिन्दाको सक्रियता र नेपाल कम्युनिस्ट पार्टीको आफ्नै लगानीमा निर्माण हुनेछ । जनस्वास्थ्य केन्द्रको शिलान्यास कार्यक्रममा नेकपाका […]

२०७८ बैशाख २८ गते, मंगलवार

‘कोरोना संक्रमितको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्त बनाउ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाईरसबाट तिव्र रुपमा संक्रमित र आजित नेपाली जनताको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्त बनाउन सरकारको गम्भिर रुपमा ध्यानाक्रषर्ण गराएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार एक बिज्ञप्तिमार्फत सो ध्यानाक्रषर्ण गराउदै नत्र नेपाली जनताले पहल लिनु पर्ने वाध्यात्मक अवस्था सृजना हुने समेत बताएका छन ।प्रवक्ता प्रकाण्डले नेपाली जनताको आधारभूतआवश्यकता […]

२०७८ बैशाख २५ गते, शनिबार