मुख्य समाचार

‘दमन र गिरफ्तारी तत्काल बन्द गर ‘

काठमाडौं , २३ बैशाख । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले राजनीतिक आस्थाकै आधारमा क्रान्तिकारी नेपाली जनताहरुलाई गिरफ्तार गरी झुठा मुद्दा लगाई गैरकानुनी रुपमा अनावश्यक म्याद थप्दै हिरासतमा राखिरहेको भन्दै आपत्ति तथा घोर भत्र्सना गरेको छ । ब्युरो इन्चार्ज आस्थाले आज विज्ञप्ति जारी गर्दै आफ्नो नेता तथा कार्यकर्ताहरुको दमन र गिरफ्तारी तत्काल बन्द गर्न केपी–पिके सरकारलाई […]

२०७६ बैशाख २३ गते, सोमबार

‘२३ गते नेपाल बन्द होइन ‘

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले बैशाख २३ गते नेपाल बन्द नराखेको बताएको छ । उसले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख २३ गते नेपाल बन्द गर्न लागेको भन्दै सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको केन्द्रीय कार्यालयले जनाएको छ […]

२०७६ बैशाख २२ गते, आईतवार

ने.क.पा. गोर्खाका इन्चार्ज र सेक्रेटरी गिरफ्तार

काठमाडौं, २३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका गोर्खाका इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट गिरफ्तार भएका छन । पालुङटार नगरपालिका वडा नं. ७ को खोलाघाटबाट आइतबार साँझ ६ बजे इन्चार्ज कुमाल र सेक्रेटरी भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिएका छन् । प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको […]

२०७६ बैशाख २३ गते, सोमबार

ने.क.पा. नेता जीवन्तको रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’को रिहाईको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ । धादिङ गाउँपालिका निवासी नेता जीवन्तलाई सरकारले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै पत्नी मनमाया कार्कीले रिट निवेदन दर्ता गरेकी हुन् । यो रिट निवेदन यो पछिल्लो पटकको […]

२०७६ बैशाख २१ गते, शनिबार

‘ प्रधानमन्त्री कि दमकको मेयर ?’

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगलाई आफू निर्वाचित भएको क्षेत्रको विकासका लागि भन्दै विभिन्न योजना पार्न सिफारिस गरेपछि यो विषय विवादमा तानिएको छ । मुलुककै प्रधानमन्त्रीले आफू निर्वाचित भएको क्षेत्रको विकासका लागिमात्र केन्द्रित रही दर्जनौं विकासे योजना सिफारिस गरेको भन्दै आलोचना भएको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको […]

२०७६ बैशाख २० गते, शुक्रबार

‘कारबाही परेका पत्रकारहरु पार्टीबिरुद्ध परिचालन भए’

काठमाडौ, १९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य एवं पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले पार्टीले कारवाही गरेका पत्रकारलाई प्रयाेग गरेर प्रचार युद्ध चलाईरहेकाे ठोकुवा गरेका छन् । पार्टीको मुखपत्र राताेखबरमा लेख लेख्दै नेकपाले केही समयअगाडि व्यक्तिवादी, महत्वाकाङ्क्षी, शङ्कास्पद, भ्रष्ट र केही अलमलमा परेका पार्टी निकट सञ्चारकर्मीहरूलाई कारबाही गरेको थियो । तिनै विभीषणहरूलाई सरकारी […]

२०७६ बैशाख १९ गते, बिहीबार

विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित

काठमाडौ, १९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको ठोकुवा गरेका छन । उनले विप्लव नेतृत्वको पार्टीले राज्यविरुद्ध सशस्त्र संघर्ष होइन भन्दा–भन्दै सरकारले अनावश्यकरुपमा हाइलाइट गरिरहेको बताए । दाङको टरिगाउँ विमानस्थलमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा वैद्यले भने , ‘विप्लवजी आफैले स्वयं सशस्त्र […]

२०७६ बैशाख १९ गते, बिहीबार

पत्रकार महर्जनलाई अभिनन्दन्

काठमाडौ, १८ बैशाख । नेपाल पत्रकार महासंघले जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई अभिनन्दन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित ऐक्यवद्धता र्यालिपछि कोणसभामा महर्जनलाई महासंघले अभिनन्दन गरेको हो । उनी सर्वाेच्च अदालतको आदेशमा बैशाख १७ गते रिहा भएका थिए । अभिनन्दनपछि बोल्दै रिहाइकालागि पहल गर्ने नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल […]

२०७६ बैशाख १८ गते, बुधबार

ने.क.पा.का नेताद्वारा धराैटी बुझाउन अस्वीकार, पाँचै जना कारागार चलान

काठमाडौं, १७ बैशाख । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’सहित पाँच जना कारागार चलान भएका छन् ।जिल्ला अदातल सुनसरीमा मंगलवार भएको थुनछेकको बहसपछि न्यायाधीश ध्रुबकुमार सुवेदीको एकल ईजलासले पुस्करसहित कोशी व्युरो सदस्य माधव गौतम ‘आकाश’, मोरङ ईन्चार्ज कृष्ण कुमार श्रेष्ठ ‘प्रज्वल’ र जिल्ला सदस्य रमेश खड्कालाई धरौटिमा रिहा […]

२०७६ बैशाख १८ गते, बुधबार

५ पत्रकार संघ-संगठन एकजुट , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आन्दोलन चर्काउने

काठमाडौं, १७ बैशाख । पछिल्लो समयमा सरकार पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गराउने खेल चलिरहेको भन्दै ५ पत्रकार संघ संगठनहरु एकजुट भई दबाबमूलक अान्दोलन गर्ने भएका छन् । काठमाडौंमा अाज भएको पत्रकार सम्बद्ध ५ संघसंगठनहरु महत्त्वपूर्ण बैठकले पछिल्लो समय सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अनुदार हुदै गएको निष्कर्ष सहित दबाबमूलक अभियान सञ्चालन गर्ने […]

२०७६ बैशाख १७ गते, मंगलवार