मुख्य समाचार

प्रदेश राजधानी माग गर्दै आमहडताल

काठमाडौं, ३ माघ । प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहड्ताल गरिएको छ । धनकुटाबासीले केही दिनदेखि मत्थर बनाउँदै लगेको आन्दोलनलाई आजदेखि कडा बनाएका छन् । विभिन्न राजनीति दलका स्थानीय नेताको अगुवाइमा धनकुटाबासीले आमहड्ताललाई प्रभावकारी बनाउने निर्णय गरेका हुन् । उनीहरु आज ठाउँगाउँमा प्रदर्शन गर्दै प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउनुपर्ने माग […]

२०७४ माघ ३ गते, बुधबार

दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय

काठमाडौँ, २ माघ । सर्वोच्च अदालतले दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई कर्तब्य ज्यान मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद […]

२०७४ माघ २ गते, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) गठन

काठमाडौँ, २ माघ । कम्युनिस्ट आन्दोनलका नेता निर्मल लामाकी पत्नी सुकन्या वाइवाले क्रान्तिकारी पार्टी निर्माणलाई अगाडि बढाएकी छन् । कम्युनिस्ट नेता लामाको जन्मजयन्तीको अबसरमा क्रान्तिकारी पूरा गर्ने उद्देश्य राखेर नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) गठन गरिएको छ । नेपालमा राजनीतिक परिवर्तन नभएको बताउँदै लामाको सपना पूरा गर्ने पार्टीको उद्देश्य रहेको छ । त्यसैगरी लामाले अगाडि सारेको […]

२०७४ माघ २ गते, मंगलवार

‘प्रचण्डसहितका नेताहरुको निधारमा थुक्ने दिन नआओस् ‘

काठमाडौं , १ माघ । अाङकाजी शेर्पालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुको निधारमा थुक्नु पर्ने बेला आउने सम्भावना ब्यक्त गर्दै पृथ्वी नारायण शाहको मात्र होइन प्रचण्डको निधारमा थुक्ने दिन नआओस् भन्ने टिप्पणी गरेका छन । शेर्पाले अाफू कुनै जाती विरोधी नभएर उत्पीडित वर्ग र समुदायको पक्षमा उभिएको बताए । उनले अाफू उत्पिडनमा परेका बाहुनहरुको नभएर […]

२०७४ माघ १ गते, सोमबार

प्रचण्डविरुद्ध अनसन बस्ने उदघोष

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । घर्तिमगरले आज काठमाडौंका पत्रकार सम्मेलनको अायोजना गरेर सो चेतावनी दिएका हुन् । घर्तिमगरले एक महिनाभित्र द्वन्द्व पीडितहरुले अाफूहरुले न्याय नपाए सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा […]

२०७४ माघ १ गते, सोमबार

पुनः सत्याग्रहमा उत्रने चेतावनी दिदै केसीले अनसन तोडे

काठमाडौं, २९ पुस । डा. गोविन्द केसीले छ दिने लामो आमरण अनसन तोडेका छन् । सरकारी टोलीसँग पाँच बुँदे सहमति भएपछि उनले आमरण अनसन तोडेका हुन् । स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको सरकारी टोलीसँगको वार्ता सहमतिमा टुंगिएपछि डा. केसीले आज अनसन तोडेका हुन् । उनले शिक्षण अस्पताल महाराजगन्जको गेटमा जुत्ता सिलाएर जिविकोपार्जन गरिरहेका सिरहाका नथुनिया […]

२०७४ पुष २९ गते, शनिबार

नेपाल बार प्रधानन्यायाधीशबारे धारणा सार्वजनिक गर्दै

काठमाडौं,२८ पुस । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । बारका अध्यक्ष शेरबहादुर केसीले सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने जानकारी दिए । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाईका क्रममा सर्वोच्च अदालतले […]

२०७४ पुष २८ गते, शुक्रबार

मोहनबिक्रम सिंह प्रचण्ड निवासमा

काठमाडौं , २७ पुस । ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंह एकाबिहानै ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन । सिंह आज बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार पुगेको बताइएको छ । भेटमा दुई नेताबीच बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो । भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि […]

२०७४ पुष २७ गते, बिहीबार

‘प्रधानन्यायाधीश पराजुली माफिया नै हुन्’

काठमाडौं , २६ पुस । .डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट भएको बताएका छन् । सर्वोच्च अदालतको इजलासमै डा.केसीले पराजुलीमाथि लगाउँदै अाएको अारोप पुनः दोहोर्‍याउँदै माफिया भएको बताएका हुन् । हिजो दिएको बयनमाथि सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर […]

२०७४ पुष २६ गते, बुधबार

मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्’

काठमाडौं, २५ पुस । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा.डा.गोविन्द केसीसँग मंगलबार बयान लिएको छ । अवहेलना मुद्दामा पक्राउ गरी मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उनलाई उपस्थित गराइएको हो । बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा […]

२०७४ पुष २५ गते, मंगलवार