मुख्य समाचार

‘ दलाललाई कालोमोसो मात्र हैन, जुत्ताको माला लगाएर जनताको कठघरामा ल्याउनु पर्छ ‘

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले दलाल र तस्करहरुलाई कालोमोसो दल्ने मात्र हैन अब जुत्ताको माला लगाएर जनताको कठघरामा ल्याउने बेला आएको बताएका छन । पार्टीको अन्तराष्ट्रिय विभागले आज प्रज्ञा भवनमा आयोजना गरेको अक्टोबर क्रान्ति सय वर्ष पुगेको सन्दर्भको अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले देशमा दलाल तस्करहरुले ठुलो ब्रम्हलुट मच्चाईरहेको भन्दै […]

२०७३ पुष ११ गते, सोमबार

‘प्रचण्ड बाबुराम कुहिएका सुन्तला’

काठमाण्डौ ,११ पुस । ईतिहासविद् डा. सुरेन्द्र केसीले प्रचण्ड र बाबुराम बोटबाट भुईमा झरेर कुईएको सुन्तला जस्तै औचित्यहिन बनेको टिप्पणी गरेका छन । नेकपा ( माओवादी)को अन्तराष्ट्रिय विभागले आज राजधानीको पज्ञा भवनमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा केसीले सो कुरा बताएका हुन । उनले समाजबाद र साम्यवादका लागी नेपाली माटोमा क्रान्ति थाल्नु सरहानीय भएपनि त्यसको […]

२०७३ पुष ११ गते, सोमबार

१२४ औं माओ दिवस मनाइदै

काठमाडौँ , ११ पुस । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्म दिवस संसारभरका कम्युनिष्ट पार्टीहरुले मनाई रहेका छन । यसैक्रममा नेपालमा रहेका विभिन्न कम्युनिष्ट घटकले माओ–त्सेतुङको जन्म दिवस को पूर्ब सन्ध्यामा अाइतबार १ सय २४ औं माओ दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको […]

२०७३ पुष ११ गते, सोमबार

पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभएसम्म संघर्ष

काठमाडौं, ९ पुस । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टी निकट जनवर्गीय संगठनहरुले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारभन्दा धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि घटेको भन्दै […]

२०७३ पुष १० गते, आईतवार

‘पार्टीको पुर्वयोजना अनुसार कार्कीलाई कालोमोसो दलिएको हो’

काठमाडौं, ९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने एक युवाले पार्टीको पूर्व योजना अनुसार कार्कीलाई आफूहरुले कालोमोसो दलेको बताएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा कुराकानी गर्दै माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाहीले भने, ‘भ्रष्टाचारीहरुलाई कारबाही गर्ने क्रममा उहाँ निसानामा पर्नुभएको हो। पार्टीको […]

२०७३ पुष ९ गते, शनिबार

‘लोकमान नामुद भ्रष्ट र दलाल भएकाले कारवाही’

काठमाडौँ, ८ पुस । अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की नामुद भ्रष्ट र दालाल भएका कारण कारवाही स्वरुप कालोमोसो लगाएको बताएका छन् । बिहीबार दिउँसाे सर्वाेच्च परिसरमा लगाइएकाे कालाेमाेसाे घटनाकाे जिम्मा लिँदै सिंहले भने, ‘राष्ट्रियता, जनतन्त्र र जनजिबीकाको पक्षमा र भ्रष्टाचार, कालोबजारी, महंगी र दलालतन्त्रविरुद्ध संघर्ष गर्दै आएको संगठन हो, कार्की […]

२०७३ पुष ८ गते, शुक्रबार

माओवादीद्वारा लोकमानसिंहलाई अदालत भित्रै कालोमोसो

काठमाडौं, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमोसो दलिएको छ । आफूविरुद्धको मुद्दामा बयानको लागि सर्वोच्च अदालत पुगेका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट दुइजनाले कालोमोसो दलेका थिए । मोसो दलेपछि उनीहरुले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नारा लगाएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७३ पुष ७ गते, बिहीबार

माओवादीका दर्जनौ कार्यकर्ता पक्राउ

काठमाडौं, ७ पुस । नेकपा (माओवादी ) ले आज उपत्यका बन्द गरेको छ । उपत्यका बन्दको क्रममा माओवादीका दर्जनों कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुलाई राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजे नै पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जनालगायत उपत्यकाका बिभिन्न […]

२०७३ पुष ७ गते, बिहीबार

पेट्राेलियम पदार्थकाे मुल्यबृद्धि विरुद्ध उपत्यका बन्द

काठमाडौं, ६ पुस । नेकपा (माअाेवादी)ले भोली उपत्यका बन्दको घोषणा गरेको छ । सरकारले पेट्राेलियम पदार्थमा गरेको चर्को मूल्य बृद्धिविरुद्ध भोली उपत्यका बन्द गर्न लागेको माअाेवादीले बताएको छ । यसैबीच माअाेवादी निकट भातृ संगठन विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । अखिल क्रान्तिकारी,राष्ट्रिय युवा जनस्वयसेवक, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै पेट्राेलियम […]

२०७३ पुष ६ गते, बुधबार

तीन वामद्वारा राष्ट्रिय स्वाधीनताको विषयमा संयुक्त संघर्षको घोषणा

काठमाडौं, ६ पुस । नेकपा (माओवादी) , नेकपा क्रान्तिकारी माओवादी र नेकपा मसालले राष्ट्रिय स्वाधीनताको विषयमा संयुक्त संघर्षका लागि कार्यगत एकता गरेका छन् । मसालको कार्यालय बागबजारमा बसेको तीन दलीय कार्यदलको बैठकले सो कार्यक्रमको घोषणा गरेको हो । बैठकमा सहभागी कार्यदलका सदस्य तथा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले जानकारी दिएअनुसार माथिल्लो कर्णाली, अरुण तेस्रो, […]

२०७३ पुष ६ गते, बुधबार