मुख्य समाचार

एनसेलमाथि देशब्यापी आक्रमण

काठमाडौं, ३१ जेठ । गृहमन्त्री शक्ति बस्नेतले एनसेलमाथि आक्रमण गर्ने जाे काेहीलार्इ कारबाही गर्ने धम्की दिर्इ रहँदा नेकपा माअाेवादीका कार्यकर्ताले गएराति काठमाडौंको जहर सिंह पाैवा र बाैद्धमा रहेकाे एनसेलको टावर ध्वस्त पारेका छन । अाक्रमणबाट टावर पूर्णत क्षति भएकाे बताइएकाे छ । साे अाक्रमणमा स्थानीयहरूकाे समेत सहभागिता रहेको बताइएकाे छ । एनसेलले ३९ अर्ब रकम […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

माअाेवादीद्धारा ४ बिगाहा जमिन कब्जा

काठमाडौं, ३१ जेठ । नेकपा माअाेवादी सुनसरीले अमाइजेला ७ मा जमिन्दार लिलाबहादुर नेपालकाे ४ बिगाहा जमिन कब्जा गरेकाे छ । अाइतबार दिउसाे १ बजे माअाेवादीका कार्यकर्ता र स्थानीय जनताकाे सहभागितामा साे जग्गा कब्जा गरिएकाे हो । माअाेवादीकाे सुनसरी कार्यालयमा स्थानीय जनताले उजुरी परेपछि कारबाही गरिएकाे बताइएकाे छ । सर्वसाधारणकाे जमिन जालसाजी गरेर अाफ्नाे हातमा लिएकाे […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

एनसेलमाथि जनकारबाही तिब्र ,सयौ टावर ध्वस्त

काठमाडौं, २९ जेठ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेकपा माओवादीले एनसेलमाथि जनकारबाही तिब्र पारेको छ । जनकारबाही स्वरुप हालसम्म सयौ एनसेलको टावरमा आगजनी भै सकेको छ । यसैक्रममा माओवादीले बाँकेको शम्शेरगन्जमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ । शम्शेरगन्ज ७ हवलदारपुरमा रहेको टावरमा भएको आगजनी कारण टावर बक्स, अप्टीकल केबल लगायतमा क्षति पुगेको छ […]

२०७३ जेष्ठ ३० गते, आईतवार

वर्ड भिजनमाथि जनकारबाही

काठमाडौं, ३० जेठ । नेकपा माओवादीले गएराती नुवाकोटमा रहेको अन्तराष्र्टिय संस्था वर्ड भिजनको कार्यालयमा आगजनी गरेको छ । आगजनीबाट वर्ड भिजनको कार्यालयमा क्षति पुगेको छ भने एउटा गाडी जलेर नष्ट भएको छ । मध्यराती माओवादीका कार्याकर्ताहरुले विदुर–४ बट्टार बजारस्थित कार्यालय रहेको घरभित्र पसेर संस्थाको बा १३ च २४३६ नंबरको गाडीमा आगो लगाइदिएका हुन् । उक्त […]

२०७३ जेष्ठ ३० गते, आईतवार

एनसेलमाथि जनकारबाही सुरु

काठमाडौं, २९ जेठ । राज्यलाई कर तिर्न अटेर गर्दै आइरहेको नीजि क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलमाथि जनकारबाही सुरु भएको छ । यसै क्रममा गोरखाको अश्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावर र मोरङको याङसिला, धनकुटाको उत्तरी क्षेत्रमा रहेका टावरमा आगजनी गरी ध्वस्त पारिएको छ । उपभोक्तासँग लुट मच्चाएर राज्यलाई कर नतिरेको भन्दै एनसेलको […]

२०७३ जेष्ठ २९ गते, शनिबार

माओवादीले सडक संघर्ष चर्काउने

काठमाडौं, २९ जेठ । नेकपा माओवादीले आगामी असार ७ गते देश भरिका जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने र १६ गते सिंहदरवार घेराउ गर्ने भएको छ । देशमा पछिल्लो समय विकराल रुपमा बढ्दै गएको भ्रष्टाचार, महंगी र कालोबजारीको विरुद्दमा माओवादीले देश भरिका जिल्ला प्रशासन कार्यलय र सिंहदरवार घेराउको कार्यक्रम राखेको उसले बताएको छ । जेठ २७ […]

२०७३ जेष्ठ २९ गते, शनिबार

देउवा र महराको एकै स्वर

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले एकै मञ्चबाट एकै बोली बोलेका छन । उनीहरुले एकै स्वरमा सरकारको आलोचना गरेका छन् ।देउवा र महराले एकै मञ्चबाट गोलीभन्दा बोली शक्तिशाली रहेको अनुभवसमेत बाँडेका छन । कांग्रेस सभापति देउवाले गोलीभन्दा बोली शक्तिशाली भएकाले माओवादीहरु दश बर्षे हिंसात्मक बाटो […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

राष्ट्रिय सहमति चाहियो : प्रचण्ड

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन र मधेस समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । राजनीतिक सहमतिबाट मधेसी, आदिवासी, जनजाति र थारुको माग संविधान संशोधन गरी समाधान गर्नुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जसको नेतृत्वमा राष्ट्रिय सहमति […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

बन्द पूर्णरुपमा सफल : विप्लव (विज्ञप्ति सहित)

काठमाडौं २७ जेठ । नेकपा माओवादीका महासचिव विप्लवले आजको बन्द सान्दार तरिकाले सफल भएको बताएका छन् । विप्लवले अाेली सरकारले जनतामाथि दमन चलाएर दुश्साहस गरेकाे भन्दै त्यसले जनताकाे अान्दाेलनलार्इ झन् बल पुर्याउने बताएका छन् । अाजको नेपालबन्दपछि एक विज्ञेप्ती निकाल्दै महासचिव विप्लवले सत्ता र सरकारकाे दमनले उनै शासकहरूकाे अन्त्यकाे कारण बन्ने भन्न पुगेकाे बताएका छन् […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

राज्यको बन्दुक र दमनको भाषा बिरुद्ध आज नेपाल बन्द : प्रकाण्ड

काठमाडौं २७ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राज्यले बन्दुक र दमनको भाषा बोलिरहेकाले आज नेपाल बन्द गरिएको बताएका छन । सरकारले नियोजितरुपमा युद्ध थोपर्ने कोसिस गरिए आफुहरुपनि त्याही तरिकाले सोच्न बाद्य हुने उनले बताए । माओवादीले जनयुद्धकालिन मुद्धामा आफ्ना कार्यकर्ताहरु पक्राउ गरिएको विरोधमा आज नेपाल बन्द आह्वान गरेको छ । प्रवक्ता प्रकाण्डले विगतमा संगै […]

२०७३ जेष्ठ २७ गते, बिहीबार