चालक अनुमतिपत्र पाउन कार्यालयमै बास
काठमाडौँ, १२ असार । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको मुख्य भवनको प्रवेशद्वारमा ताल्चा लगाइएको छ । प्रवेशद्वारको सामुन्ने बसेर एक युवक टिफिन बक्समा ल्याएको रोटी र तरकारी खाँदै हुनुहुन्थ्यो । बिहीबार राति ९ बजेको दृश्य हो यो । शुक्रबार बिहान कार्यालय खुलेपछि मोटरसाइकलको सवारीचालक अनुमतिपत्रको फाराम बुझाउनका लागि टोकन लिन उहाँले अघिल्लो दिनबाटै पालो कुरिरहनुभएको हो […]
२०७३ असार १२ गते, आईतवार