मुख्य समाचार

माओवादी केन्द्रको महाधिवेशन पुस २३ देखि

काठमाडौ, २३ असार । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन पुस २३ गते काठमाडौमा हुने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टी पोलिटव्यूरो बैठकले महाधिवेशनको मिति तय गरेको हो । रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायत दस कम्युनिष्ट घटकहरुबीच पार्टी एकता भएपछि महाधिवेशनमा जाने सहमति […]

२०७३ असार २३ गते, बिहीबार

मानव तस्करीमा सभासदहरुको संलग्नता !

काठमाडौं, २२ असार । मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस […]

२०७३ असार २२ गते, बुधबार

सुकुम्बासी वस्तीमा प्रहरी आक्रमण

काठमाडौँ, २१ असार । सर्लाहीको मूर्तियामा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । झडपमा ८ प्रहरीसहित ७ जना सुकुम्बासी घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सुकुम्बासीको जग्गामा लगाएको मकै प्रहरीले फाँड्न थालेपछि झडप भएको हो । सो क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।प्रहरीले करिब ८ हजार […]

२०७३ असार २१ गते, मंगलवार

आपूर्ति मन्त्रीमाथि आक्रमण

काठमाडौं, २१ असार । आपूर्ति मन्त्री गणेशमान पुन तरकारी व्यापारीको आक्रमणमा परेका छन । बल्खुको तरकारी बजार अनुगमन गर्न मन्त्री पुन सरकारी टोलीसहित तरकारी बजारमा पुगेका बेला तरकारी व्यापारीको एक हुलले मुला, लौका, बन्दकोपी प्रहार गरि आक्रमण गरेका हुन् । कालीमाटीको तरकारी बजारको अनुगमन सकेपछि बयोधा अस्पतालपछाडि रहेको तरकारी बजार पुगेका मन्त्री पुनसहितको टोलीले वस्तुको […]

२०७३ असार २१ गते, मंगलवार

विद्युत महसुल नबढाउन चेतावनी

काठमाडौं , २० असार । देशभक्त संघीय जनवादी मोर्चाले विद्युत महसुल नबढाउन आग्रह गर्दै उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीलाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाले आउँदो साउन १ गतेबाट विद्याुत महसुल बढाउने सरकारको निर्णयको विरोध गर्दै जबर्जस्त वृद्धि गरिए परिणाम राम्रो नहुने चेतावनी समेत दिएको छ । सरकारले जनताको विरुद्ध निर्णय र काम गर्दै […]

२०७३ असार २० गते, सोमबार

माओवादीद्वारा भक्तपुरमा जग्गा कब्जा

काठमाडौ, २० असार । नेकपा माओवादीसम्बद्ध अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले भक्तपुर चाँगुनारायण नगरपालिका– १३, दुवाकोटको १ सय ५० रोपनी जग्गा कब्जामा लिएको छ । अखिल नेपाल किसान संघ (क्रान्तिकारी) ले जग्गा व्यापारी कालु गुरुङले सार्वजनिक सम्पत्तिका रूपमा रहेको प्राकृतिप्रदत्त खहरेखोला क्षेत्र वरपरको सार्वजनिक जग्गा हडप्दै स्थानीयवासीलाई गम्भीर असर पुग्नेगरी मालपोत कार्यालयबाट अवैध रुपमा […]

२०७३ असार २० गते, सोमबार

दिल्ली पब्लिक स्कूलमाथि क्रान्तिकारीको आक्रमण

काठमाडौ, २० असार । नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले कानून उल्लंघन तथा भारतीय पाठ्यपुस्तक अध्यापन गराई राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै विराटनगरस्थित दिल्ली पब्लिक स्कूलमाथि आक्रमण गरेको छ । आक्रमणबाट स्कूलमा क्षति पुगेको र स्कूलका केही संख्यामा सवारी साधन समेत जलेर नष्ट भएको विद्यालयले जनाएको छ । आक्रमणको जिम्मेवारी अखिल क्रान्तिकारीले लिएको छ । दिल्ली पब्लिक स्कूलले […]

२०७३ असार २० गते, सोमबार

माओवादीद्वारा विद्युत महशुल बृद्धिबिरुद्ध बिरोध प्रदर्शनको आयोजना

काठमाडौं, १९ असार । नेकपा माओवादीले भोलि दिउसो ३ बजे काठमाडौंको शान्तिबाटिकामा विद्युत महशुल बृद्धि बिरुद्ध बृहत बिरोध प्रदर्शन गर्ने भएको छ । सरकारले साउन १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेकोले विद्युत महशुल बृद्धि बिरुद्ध बिरोध प्रदर्शन लागेको सो पार्टीका प्रवक्ता प्रकाण्डले […]

२०७३ असार १९ गते, आईतवार

विद्युत महशुल बृद्धि तत्काल फिर्ता गर : प्रकाण्ड

काठमाडौं, १८ असार । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले साउन १ गतेबाट लागु हुने गरी विधुत महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने निर्णयको बिरोध जनाउदै तत्काल फिर्ता लिन माग गरेका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेश विज्ञप्ति जारी गरि विद्युत घाटा र सेवा शुल्कको कारण देखाई गरिएको उक्त मूल्यवृद्धिमा तथ्य त्यो नभई निजी […]

२०७३ असार १८ गते, शनिबार

प्रचण्ड प्रधानमन्त्री बन्ने प्रपन्च रच्दै

काठमाडौं, १८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न कम्मर कसेर लागेका छन् । त्यसैले अचेल प्रचण्डले सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रिय सहमतीय सरकारको नारालाई जोड दिने गरेका छन् । काँग्रेस र एमालेले एकअर्काको नेतृत्व स्वीकार नगर्ने भएकाले आफ्नो पोल्टामा सरकारको नेतृत्व आउने प्रचण्डको विश्लेषण छ । बजेट पास भएलगत्तै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको […]

२०७३ असार १८ गते, शनिबार